Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्थानीय तहका जनप्रतिनिधिमा सवारी मोह
स्थानीय तहका जनप्रतिनिधिमा सवारी मोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ५, २०८१

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सवारी साधन मोह क्रमश बाहिरिन थालेको छ । जनप्रतिनिधिहरुको सवारी मोहका कारण जनताले तिरेको कर दुरुपयोग भइरहेको तर्क पनि सुनिन्छ । भने अर्कोतिर विकास निर्माण र जनताको सेवामा खटिनुपर्ने भएकाले जनप्रतिनिधिलाई सवारी आवश्यक भएकाले खरिद गरिनु उचित भएको मान्नेहरु पनि छन् ।

तर जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई स्थानीय जनताले तिरेको करबाट सवारी खरिद गरिरहँदा भौगोलिक अवस्था वा कामको अवस्थाले सवारी उपलब्ध गराउनु पर्नेमा विलासी सवारी साधनहरु खरिद गरी प्रयोग गर्ने गरिएको देखिन्छ । 

अहिले सवारी साधनको मोहमा  काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि मुछिएका छन् । महानगरले विभिन्न विषयगत समितिका संयोजकलाई भन्दै करीव ६० लाख पर्ने इलेक्ट्रिक सवारी खरिद गरिदिएको छ । महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा ती गाडी खरिद गरिएको महानगरको उच्च श्रोतले बताउँछ । 

Hardik health

६० लाख पर्ने ती गाडी महानगरका वडा अध्यक्ष जो विभिन्न समितिका संयोजक छन् उनीहरुलाई अत्यावश्यक हो त भन्ने प्रश्न उठिरहेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विभिन्न विवादमा मुछिन थालिएकाले वडा अध्यक्षहरु त्यसको विपक्षमा नउभिउन् भन्नका लागि संयोजकको नाममा विलासी सवारी उपलब्ध गराइएको अनुमान पनि गरिन थालिएको छ । 

जे होस् काठमाडौं महानगर देशकै सबैभन्दा ठूलो र आर्थिक रुपमा समेत सवल स्थानीय तह भएका कारण वडा अध्यक्षलाई सवारी सुविधा दियो होला ! तर, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बर्जित गरेका सुविधाहरु उपलब्ध गराउँदै अन्य नगरपालिका वा गाउँपालिकाले पनि त्यस्तै सिको गर्ने थाले भने ? 

काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र साह दलविहिन भएका कारण आफ्नो विरोध नहोस् र सवै वडा अध्यक्षहरुले आफ्नो समर्थनमा बोलुन् भन्नका लागि विलासी सवारी साधन सुविधा दिइएको हो भने त्यो विलकुल गलत हो । 

त्यसमा पनि महानगरपालिकाकाले आफैले बनाएको जनप्रतिनिधिको सुविधामा समेत उल्लेख नभएको सवारी सुविधाले स्थानीय तहमा विकृति ल्याउने संकेत देखिन्छ । महानगरपालिकाले वडा अध्यक्षहरुलाई विषयगत समितिका संयोजकका नाममा करोडौंको सवारी खरिद प्रयोग गर्नु राज्यको सम्पत्ति दोहन गरेको हो । 

स्थानीय तहमा यस्ता विलासी सामग्रीहरुको प्रयोगलाई रोक्न पनि महानगर आफैले सवारी फिर्ता गर्नु पर्दछ भने संघीय सरकारले पनि जनप्रतिनिधिहरुको सवारी मोह प्रति थोरै चासो दिनु आवश्यक छ ।  
 


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP