Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • खराब कर्जाले थलिएर धराशायी बन्दै निर्धन उत्थान लघुवित्त
खराब कर्जाले थलिएर धराशायी बन्दै निर्धन उत्थान लघुवित्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३, २०८१
  •  दुई अर्ब ३९ करोड २० लाख ७० हजार रुपैयाँ बराबर खराब कर्जा
  • गत वर्षको यो त्रैमासमा ३८ करोड ८० लाख रुपैयाँ ‘इम्पेरिमेन्ट चार्ज’ तिर्नु परेको थियो । बैंकले ऋणीलाई दिएको ऋण नउठेपछि त्यसबापत उनीहरूले आफ्नो कोषमा जम्मा गर्नुपर्ने रकम हो इम्पेरिमेन्ट चार्ज 

काठमाडौं– केही वर्षयता खराब कर्जाले थलिएको निर्धन उत्थान लघुवित्तमा निस्क्रिय कर्जा बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार यस संस्थाको खराब कर्जा १० प्रतिशतभन्दा बढी पुगिसकेको छ । यो बीचमा कम्पनीले २० अर्ब ३७ करोड ३५ लाख ७७ हजार रुपैयाँ मात्र निक्षेप संकलन गरेको देखिन्छ । जबकि कर्जा भने २३ अर्ब ५४ करोड ३९ लाख ९७ हजार रुपैयाँ लगानी गरेको तथ्यांक छ । यो भनेको दुई अर्ब ३९ करोड २० लाख ७० हजार रुपैयाँ बराबरको खराब अर्थात् निस्क्रिय कर्जा हो ।

यही अवधिमा गत आवमा कम्पनीको खराब कर्जा दुई अर्ब ९५ करोड ६० लाख ५० हजार रुपैयाँ बराबर थियो । अपरिस्कृत वित्तीय विवरणअनुसार संंस्थाले २० अर्ब १८ करोड ४६ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ९३ करोड ५६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १२.३५ प्रतिशत कर्जा खराब देखिएको थियो । जसकारण गत वर्ष यो कम्पनीलाई १४ करोड ३० लाख रुपैयाँ नोक्सानी पुगेको थियो । निस्क्रिय कर्जामा आएको भारी वृद्धिका कारण खुद ब्याज आम्दानीमा कमी आउँदा र इम्पेरिमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानीमा गएको तथ्यांकले देखाउँछ ।

अघिल्लो वर्ष यस्तो कर्जाको अवस्था ७.१४ प्रतिशतमात्र थियो । समयमै कर्जा नउठ्दा कम्पनीले सोबापत गर्नुपर्ने प्रोभिजन रकम (एम्पेरिमेन्ट चार्ज) बढी तिर्नुपर्छ । गत वर्षको यही त्रैमासमा यस संस्थाले ३८ करोड ८० लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज तिर्नु परेको थियो भने अघिल्लो वर्षको यो अवधिमा २६ करोड ९२ लाख इम्पेरिमेन्ट चार्ज तिरेको थियो । बैंकले ऋणीलाई दिएको ऋण नउठेपछि त्यसबापत उनीहरूले आफ्नो कोषमा जम्मा गर्नुपर्ने रकम हो, इम्पेरिमेन्ट चार्ज ।

Hardik health

केही आन्तरिक तथा केही बाह्य कारणले गर्दा कम्पनीमा निस्क्रिय कर्जा बढेको हो । यसैलाई आधार मानेर कम्पनी कमजोर भयो भन्नु, तर्कसंगत हुँदैन ।
Narayan-Bdr-1734498300.jpg
नारायणबहादुर कार्की
सहायक महाप्रबन्धक एवं कर्जा प्रमुख

हाल चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको छ । चार लाखको हाराहारीमा ग्राहक रहेको कम्पनीमा हाल कर्जावाला ग्राहक संख्या एक लाख ८२ हजार ६१४ रहेको छ । विगत केही वर्षअघिसम्म निकै नै राम्रो मानिएको निर्धन उत्थान लघुवित्त वित्तीय संंस्था पछिल्लो समय भने खराब कर्जा व्यवस्थापन गर्न नसक्दा धराशायी बन्दै गएको छ । निक्षेप तथा कर्जा दुवै संकुचित हुनु, नियमितरुपमा कर्जाको सावाँ ब्याज असुली गर्न नसक्नु, खराब कर्जा निरन्तर बढ्नुले पनि कम्पनी धराशायी बन्दै गएको हो । देशभर १८५ शाखा रहेको कम्पनीमा हाल एक हजार १११ जना कर्मचारी कार्यरत रहेका छन ।

यो अवस्थामा संंंस्थाले कार्यालय सञ्चालन तथा कर्मचारी व्यवस्थापन शीर्षकमा मात्र वार्षिकरुपमा एक अर्ब रुपैयाँको हाराहारीमा खर्च गर्ने गरेको छ । आर्थिक वर्ष २०७९÷८० को वार्षिक वित्तीय विवरणलाई आधार मान्दा संंस्थाले उक्त आर्थिक वर्षमा कर्मचारीको तलब, भत्तालगायतका विभिन्न शीर्षकमा ८४ करोड ७८ लाख ७९ हजार रुपैयाँ र कार्यालय सञ्चालन शीर्षकमा सात करोड ३९ लाख १८ हजार रुपैयाँसमेत गरी कूल ९२ करोड १७ लाख ९७ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकुचन आउँदा आम्दानी सीमित हुनु र खर्चको दायित्व बढ्नुले पनि कम्पनी पछिल्लो समय कमजोर बन्दै गएको हो ।  
तर कम्पनीका सहायक महाप्रबन्धक एवं कर्जा प्रमुख नारायणबहादुर कार्की भने संस्थालाई कमजोर मान्न तयार छैनन् । ‘केही आन्तरिक तथा केही बाह्य कारणले गर्दा कम्पनीमा निस्क्रिय कर्जा बढेको हो, तर यसलाई आधार मानेर कम्पनी कमजोर भयो भन्नु, तर्कसंगत हुँदैन,’ कार्की भन्छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनका कारण पनि लघुवित्तमा समस्या देखिएको उनको तर्क छ ।

‘विगतमा लघुवित्तपीडितको नाउँमा दुर्गा प्रसाईले जुन आन्दोलन गरे, त्यसले सबै लघुवित्त कम्पनीहरुमा केही समस्या देखियो, नागरिकहरुले पनि लघुवित्तहरुबा लिएको ऋण तिर्नै पर्दैन जस्तो गरे, यसकै असर अहिले लघुवित्त क्षेत्रमा देखिएको हो,’ कार्कीले भने ।  एकाध व्यक्तिहरु प्रसाईंको नजिककै भएको र कर्जा नतिरेका बताइएको छ । जसमध्ये एक हजार बढीलाई कालोसूचीमा राखेको कार्कीले बताए । ‘हालसम्म ११ सय ५० जनालाई कर्जा नतिरेकै आधारमा कालोसूचीमा राखेका छौं । त्यसमध्ये पनि पछिल्लो समय ३५ जनाले कर्जा चुक्ता गरिसक्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म हामीले कर्जा चुक्ता गर्न आउनका लागि भन्दै छ हजार ३०० जना ऋणीको नाम सार्वजनिक गरिसकेका छौं ।’ दोस्रो बजारमा हाल यस संस्थाको सेयर प्रतिकित्ता ६९० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP