Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिक हस्तक्षेप ‘अ’मूक्त त्रिवि
राजनीतिक हस्तक्षेप ‘अ’मूक्त त्रिवि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १, २०८१

शिक्षा क्षेत्रमा राजनीति व्याप्त हुँदा न त शिक्षाको गुणस्तर सुध्रियो न त क्यालेण्डरअनुसार विश्वविद्यालय चल्यो । विद्यालयदेखि विश्वविद्यालय राजनीतिले अछूत रहेन । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्तिदेखि डिन नियुक्तिसम्मै दलीय भागबण्डा गर्न दबाब कायमै छ । बेलाबेला केही मन्त्रीहरु शिक्षा क्षेत्रमा राजनीतिक नियुक्त अन्त्यको दाबी गर्दै आफ्नै दलनिकटलाई पद थमाउन पछि पर्दैनन् ।

यसपटक पनि सत्तामा रहेको दल नेपाली कांग्रेस र नेकपा एमालेले यो धङधङी प्रकट गरेका छन् । नेपाली कांग्रेसले यो प्रक्रियामा आफूलाई सार्वजनिकरुपमा नदेखाए पनि एमाले सतहमै उत्रिएको छ । त्यो पनि प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली हस्तक्षेपमै उत्रेर । दलीय भागबण्डाको यो घिन चिसो मौसममा हुस्सु फैलिएझैं फैलिएको छ ।

मेरिटोक्रेसी अर्थात् योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी, डिन, क्याम्पस प्रमुख नियुक्त हुनुपर्छ भन्ने गफ बेलाबेला हुरीबतासझैं चल्छ । केही समयको उत्पात बहावपछि फेरि यो बहस शीतल भएर जान्छ । जब नियुक्तिको चरणमा आउँछ यो शीतलतामा लु चलेझैं गरी राजनीतिक दलको भागबण्डा चल्छ ।
यसपटक एकैसाथ यसरी नै आठ डिन नियुक्त भए भने तीन निर्देशक । आफ्नो दलको निकट डिन नपर्ने भएपछि प्रधानमन्त्रीको दल एमालेले कर्मचारीलाई आन्दोलन गर्न लगाए, विद्यार्थीलाई चर्को स्वरमा बोल्न लगाए । अनि चर्को स्वरमा थर्काएर ‘लौ त एमालेलाई नगर त’ शैलीमा त्रिवि कार्यकारी परिषद्का पदाधिकारीलाई थर्काए । परिषद्का पदाधिकारी पनि के कम ? जागिर जोगाउनै पर्यो ।

Hardik health

चिसोले थुरुरु कामेभन्दा बढी कामेर भाग लगाइदिए दलहरुलाई । जसअनुसार कांग्रेसको भागमा एक निर्देशकसहित चार, एमालेको भागमा एक निर्देशकसहित तीन, माओवादी केन्द्रको भागमा पनि एक निर्देशकसहित तीन डिन पर्यो । मेरिटोक्रेसीको मापदण्डलाई डस्टबिनमा फालेर सरकार, त्रिवि कार्यकारी परिषद्ले बनाएका डिनले कस्तो काम गर्ला ? यो दिनको सुरुवात बिहानले गर्ला भनेझैं छर्लंग छ ।

सरकार फेरिएपिच्छे फेरिने नियुक्तिको मापदण्डका कारण पनि यो विषय विवादमा आइरहन्छ । त्रिविजस्तो विज्ञहरुको थलोमा छनोट मापदण्ड केरमेट हुनु र क्षणक्षणमा फेरिनु पनि बौद्धिकताको मजाक नै हो । के अब त्रिवि र विद्यालय क्षेत्रलाई यसरी नै घिनलाग्दो थलो बनाइरहने त ?
 


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP