Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिक प्रश्नको घेरामा ऊर्जामन्त्री 
नैतिक प्रश्नको घेरामा ऊर्जामन्त्री 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३०, २०८१

ऊर्जामन्त्री दीपक खड्का आफ्नो कमजोरी लुकाउन सक्रिय बनेका छन् । स्वयंसेवी संस्था नेपाल स्काउटको पाँच करोड रुपैयाँभन्दा बढी भाडा नतिर्ने र सम्झौताभन्दा बढी स्काउटको जग्गा हडप्नेमा मन्त्री खड्काको संलग्नता प्रस्ट देखिन्छ । यो विषय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पुगिसकेको छ । अब समितिले कस्तो निर्देशन देलान् ? हेर्न बाँकी छ । तर, यतिबेला उनै खड्काको फाइँफुट्टी कम्ता छैन । सिसाको घरमा बसेर ढुंगा हान्ने प्रवृत्ति मन्त्री खड्काले देखाएका छन्, जुन बुद्धिम्तापूर्ण होइन ।

बरु, उनले आफ्नो कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत सरक्क विनाविवाद स्काउटको भाडा बक्यौता तिर्नुपर्छ । त्यसमा ढिला गर्नु हुँदैन । समयमा नबुझाएपछि जरिवानासहित भाडा लिने स्काउटको अडान नाजायज मान्न सकिँदैन । त्यही भएर जरिवानाविना भाडामात्रै बुझाउने मन्त्री खड्काको कम्पनीको तर्क स्वीकार गर्न योग्य छँदै छैन । अनि, बिहीबार प्रेस विज्ञप्तिमार्फत भनिएअनुसार साता दिनभित्रै बक्यौता रहेको सबै भाडा बुझाएर मन्त्री खड्काले उच्च नैतिक चरित्र प्रदर्शन गर्नैपर्छ । 

अर्कोतिर, नेपाल विद्युत् प्राधिकरणमा जसरी कार्यकक्ष स्थापना गराएका छन् र त्यहाँबाट कार्यकारी निर्देशक कुलमान घिसिङलाई निगरानी गर्ने अशोभनीय प्रदर्शन मन्त्री खड्काले गरेका छन् । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उक्तिको चरितार्थ गर्ने दायित्व मन्त्री खड्काको होइन । बरू, प्राधिकरणले झेल्दै आएका नीतिगत समस्या सम्बोधनका लागि पहल गर्ने भूमिका मन्त्रीको हो । तर, मन्त्री खड्का जग हँसाउने क्रियाकलापमा तल्लीन देखिएका छन् । यस्तो कार्यशैलीले राज्यलाई फाइदा पुग्दैन । चर्चामा आउन नाटक मञ्चन गर्नु आवश्यक छैन । 

Hardik health

यससँगै डेडिकेटेट फिडर र ट्रंकलाइन महसुलको बक्यौता यसअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार उठाउन सरकारले नै पहल गर्नुपर्ने भएको छ । किनभने यसअघि १५ मंसिरसम्ममा बक्यौता उठाउने निर्णय गर्ने निकाय मन्त्रिपरिषद् नै हो । यस्तो निर्णय आउनुअघि प्राधिकरणले बक्यौता बुझाउन् भनेर उद्योगहरूमा लाइन काट्ने गरेको थियो । त्यसलाई काउन्टर दिनेगरी मन्त्रिपरिषद्ले उद्योगीको घुमाउरो शैलीमा पक्षधरता लिएर १५ दिने बक्यौता बुझाउने अवधि तोकेको थियो । तर, प्राधिकरणका अनुसार एक रुपैयाँ बक्यौता उठेको छैन । यो लज्जास्पद हो । त्यसकारण मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार तत्काल वक्यौता उठाउनुपर्ने दायित्व बहन गर्न ऊर्जामन्त्री  अग्रसर हुनुपर्छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP