Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रविको विषयमा सत्ता र विपक्ष आमनेसामने
रविको विषयमा सत्ता र विपक्ष आमनेसामने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, मंसिर २५, २०८१
  •  रविलाई रातारात अड्डासार गरिएको विषयमा प्रहरी र सरकारको चौतर्फी आलोचना
  •  मानवअधिकार आयोगले सोधपुछका लागि बोलाउँदा गएनन् एआइजी कुँवर
  •  सोमबार रविलाई पुर्याइयो पर्साको वीरगञ्ज
  •  वीरगञ्जमा हाम्रो साइनो पाइला सहकारी संस्थाको बचत रकम अपलचनबारे रविसँग वयान लिइने

काठमाडौं– सहकारी ठगी आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा मानवअधिकार हनन् भएको भन्ने विषयले मुलुकको राजनीति गर्माएको छ । यही विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच छेडछाड चलिरहेको छ । अस्वस्थ भएकै बेला चितवनदेखि पोखरामा सुत्न पनि नदिएर रातारात अड्डासार गरिएको र ‘मातेका प्रहरी’हरूले दुव्र्यवहार गरेर मानवअधिकार हनन् गरेको रविको दल रास्वपाको टिप्पणी छ । चितवनको प्रहरी प्रशासनले भने उक्त आरोपलाई खारेज गरिदिएको छ । 

तर, यहीबेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रविको बचाउ गर्दै सरकारको आलोचना गरेका छन् । उनले सोमबार भने, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ त्यसको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दाहालले सरकारलाई रविको मामिलामा प्रतिशोधी भएको भनेपछि रास्वपा खुसी भएको छ । यसैलाई लिएर रास्वपाका प्रवक्ता मनिष झाले माओवादी अध्यक्ष दाहाललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल एक्समा दाहालले रविलाई गरेको समर्थनको विवरण सार्वजनिक गर्दै झाले भनेका छन्, ‘धन्यवाद प्रचण्ड, राजनीतिक प्रतिशोधविरुद्धको यो संघर्षमा हाम्रो साथमा उभिनुभएकोमा हामी आभारी छौं ।’

रवि सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका हुन् । उनलाई सोमबार नै पोखरादेखि काठमाडौंहुँदै पर्साको वीरगञ्जमा लगिएको छ । त्यहाँ रहेको सानो पाइला सहकारीमा भएको ठगीबारे रविको बयान हुने भएको छ । यसरी प्रहरी अनुसन्धान जारी रहँदा गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कडा शब्दमा रविको आलोचना गरेका छन् । उनले भने, ‘देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगेजस्तो सजिलो कहाँ छ ?,’ ओलीले भने । ओली लामिछानेविरुद्ध बारम्बार आक्रामक बन्दै आएका छन् । उनले यसअघि लामिछानेलाई अपराध कर्म गरिए सोहीअनुसारको फल पाउने अभिव्यक्ति दिएका थिए ।

Hardik health

दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु ।
पुष्पकमल दाहाल
अध्यक्ष, नेकपा माओवादी केन्द्र

तर, यस विषयमा कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा लामिछानेको मानवअधिकार हनन्बारे सोमबार उठेको छ । देउवानिवास बूढानीलकण्ठमा भएको छलफलमा नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायतले रविको मानवअधिकार सुरक्षा निकायबाट हनन् हुन नहुने बताएका थिए । तर, बैठकमा गृहमन्त्री रमेश लेखक थिएनन् । कारण गृहमन्त्री लेखक सुरक्षा गोष्ठीका लागि आइतबार नै वीरेन्द्रनगर गएका थिए । 

त्यही भएर कांग्रेस केन्द्रीय सम्पादन समिति बैठकमा उनले स्पष्ट पार्ने मौका पाएनन् । तर, सरकारमै रहेको कांग्रेसको फरक विचार समूहका अर्का नेता डा. शेखर कोइरालाले भने लामिछानेको मानवअधिकार कायम राख्ने सन्दर्भमा बोलेका थिए । ‘यो रविजीको मात्रै कुरा होइन । कसैलाई पनि गर्नुहुन्न । हाम्रो देश लोकतान्त्रिक देश हो । सुरक्षा दिन गाह्रो भयो भनेर उम्कन पाइँदैन । त्यो विल्कुल गलत हो,’ उनले भनेका थिए । 

चितवनबाट पोखरा पुर्याइएको घटनामा सोधपुछ गर्न प्रहरी महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई राष्ट्रिय मानवअधिकार आयोगले सोमबार बोलाएको थियो । तर, उनी गएनन् । आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआइजी टेकप्रसाद तामाङ, सचिवालयका डिआइजी दानबहादुर कार्की र प्रहरीकै मानवअधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए ।  

सभापति लामिछानेलाई २० मंसिरको राति चितवनबाट प्रहरीले पोखरा पुर्याएको थियो । त्यस क्रममा उनको मानवअधिकार उल्लंघन भएको हुनसक्ने आयोगले जनाएको छ । यसअघि रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको थियो । उजुरीमा सरकारी कार्यलाई रास्वपाले अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको जनाएको छ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन हुन पुगेको आयोगमा दिइएको उजुरीमा छ ।

सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई छ पटकसम्म म्याद थपिएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएका स्थान पोखरा, काठमाडौं, बुटवल, नारायणगढमा बयान दिएका छन् । सोमबार लामिछानेलाई पक्राउ पुर्जी जारी भएको स्थान पर्सामा बयानका लागि पुर्याएको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा मुद्दा बोकेर अघि बढेको छ । यस्तो बेला प्रहरीले कास्की, बुटवल, काठमाडौं र चितवन हुँदै बयानका लागि अन्ततः सानो पाइला सहकारीमा रविलाई लागिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्याएको प्रहरीले जनाएको छ ।हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार रुपैयाँ ठगी भएको उजुरी परेको छ । गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।


प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP