Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नर्सिङ संघमा तीन समूहको उम्मेदवार घोषणा
नर्सिङ संघमा तीन समूहको उम्मेदवार घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं - नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी थापा र स्वतन्त्रबाट वसन्ती थापाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा रहेका छन् । संघको आगामी मङ्सिर २८ गते १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्को निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा देशभरिका २० स्थानमा १५ हजार पाँच सय ४९ जना मतदाताले सहभागिता जनाउने नर्सिङ संघले जनाएको छ ।

प्रगतिशील समूहकी अध्यक्ष पदका उम्मेदवार शर्माले आफ्नो समूहसँग संघलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने योजनासहितको लक्ष्य रहेको बताए । उनले नर्सिङ पेसामा रहेका समस्या समाधान गरी श्रमको उच्च सम्मान गर्ने, कामअनुसारको पारिश्रमिक उपलब्ध गराउनेमा प्रगतिशील समूह प्रतिबद्ध रहेको उल्लेख गरे । 

Hardik health

शर्माले सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई रात्रिकालीन ‘ड्युटी’ गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सबै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउनेलगायत २८ बुँदे प्रतिबद्धता घोषणा गरे । प्रगतिशील समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी रहेका छन् ।

सदस्यमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहेका छन् । नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी रहेका छन् । पेसागत समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले विदेश पलायनको अवस्थालाई रोक्ने तथा स्वास्थ्य ऐनमा भएका विभेद्कारी व्यवस्थालाई सुधार्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको पाइएको भन्दै श्रमको सम्मान हुने किसिमले पारिश्रमिक उपलब्ध गराउन आफूले पहल गर्ने बताए। पेसागत समूहबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिव मीनाकुमारी कार्की, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहाडी रहेका छन् ।

सदस्यमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रति पक्वाङ्ग, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल र परिषद् सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी रहेका छन् । स्वतन्त्र समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP