Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१

भोजपुर-  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो । 

सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुका विषयमा जानकारी लिन सरोकारवाला पक्षसँग आवश्यक सुझाव संकलन थालेको छ । गाउँपालिकाले हालसम्मको शिक्षाको समसामयिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारका लागि आगामी दिनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाका विषयमा योजनाबद्ध रुपमा काम अघि बढाएको छ । 

गाउँपालिकाले खस्किँदो शैक्षिक क्षेत्रको सुधारका लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रनिधिसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समूह निर्माण गरेर शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा रणनीति तयार गरिएको हो । 

हालको नतिजालाई थप सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाले गर्नुपर्ने कामको विषयमा सहभागीले आफ्नो लिखित सुझाव दिएका छन् । सहभागीहरुले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनुपर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलम्बन गरेर कडाइका साथ अघि बढ्नुपर्ने बताएका छन् । विद्यालयहरुको आवश्यकताका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ । 

Hardik health

सामुदायिक विद्यालयहरुबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव संकलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध रुपमा जुटेको उहाँको भनाइ छ ।

“गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “तथापि पनि सोचे अनुसारको परिणाम आउन सकेको अवस्था छैन, कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नका लागि सबै विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक योजना निर्माण गरिरहेका छौँ ।” विगतका दिनहरुबाट विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाका तर्फबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । 

सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रविधिमूलक शिक्षणमा विद्यालयहरुले जोड दिन आवश्यक रहेको उनले बताए । 

पौवादुङमा एक विद्यार्थी बराबर राज्यका तर्फबाट वार्षिक रुपमा रु ४४ हजार नौ सय ९२ लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सबैले ध्यान दिनुपर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । गत वर्ष गाउँपालिकाको एसइई उत्तीर्ण प्रतिशत छ दशमलव पाँच रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुको आन्तरिक मूल्यांकनको तथ्यांक राम्रो देखिए पनि बाह्य मूल्यांकनमा भने कमजोर देखिएको शाखाको भनाइ छ । 

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउनेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन आवश्यक रहेको बताए । नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

गाउँपालिकाको कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्यांकन मापदण्ड कार्यान्वयनको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कट्वालले जानकारी दिए । अबका दिनमा शैक्षिक सुधारका लागि यसको आधारमा विद्यालयको आन्तरिक मूल्यांकन तथा अनुगमन गरिने उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयमा दुई हजार तीन सय हाराहारी विद्यार्थी अध्ययनरत रहेको जनाएको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP