Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली
नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे । 

“विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उनले भने, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।”

प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गरे  । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्र्दै उनले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताए । 

उनले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताए । उनले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताए। 

Hardik health

 “हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ । हामीले अन्धकारपूर्ण चरण पनि देखेका छौँ । मानिसलाई अभाव र अत्याचारको सिकार हुँदै देखेका छौँ”, उनले भने, “यसको बाबजुद पनि आशा र ज्ञानका किरण र नवप्रवर्तनको प्रकाश हाम्रो क्षेत्रमा कहिल्यै मेटिएको थिएन । आजको एसियाको उत्थान र पुनरुत्थान यस सभ्यतागत आधारमा आधारित छ ।”

आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरुमा पनि आजका दिनमा पनि मानिसहरु लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था रहेको उनको भनाइ थियो ।   “लोकतन्त्र केवल एक राजनीतिक संरचना मात्रै होइन, एक सामाजिक प्रणाली पनि हो”, उनले भने, “यस्तो प्रणाली जसले प्रत्येक व्यक्तिको सम्मानको रक्षा गर्छ, असीम सम्भावनाको भावना प्रेरित गर्छ र सबैका लागि सुरक्षा र सुरक्षाको वातावरण प्रवद्र्धन गर्छ ।”  

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गरे । संसारका थुप्रै राजनीतिक सङ्घर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको उनको भनाइ थियो । माक्र्सवादको दर्शनबाट प्रेरित र जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताको बहुदलीय लोकतन्त्रको सिद्धान्तको विकास गरेको उनले बताए । 

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक–आर्थिक विकासका आधार भएको आफूले पाएको बताए । उनले नेपालको संविधान समाजवाद उन्मुख रहेको जानकारी गराउँदै हाम्रो आवश्यकता र आकाङ्क्षासँग मेल खाने समाजवादको मोडेलको मजबुत आधार स्थापनाका लागि आफूहरु अगाडि बढिरहेको उल्लेख गरे । 

“समाजवादलाई हाम्रो राष्ट्रिय आकाङ्क्षामा समेट्न ‘समृद्ध नेपाल, खुसी नेपाली’को नाराका साथ हामी आर्थिक समानता र सामाजिक भलाइमा समर्पित छौँ”, उनले भने । प्रधानमन्त्री ओलीले समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गर्नका लागि ‘कसैलाई पनि पछाडि नछोड्ने’ उद्देश्यका साथ आफूरु अगाडि बढेको बताए । 

नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै उनले दुवै देशबीच सुमधुर सहअस्तित्व र दीर्घकालीन मित्रताको लामो इतिहास रहेको बताए । उनले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै यसलाई सबै राजनीतिक दलहरूले समर्थन गरेको पनि बताए । 

“राष्ट्रपति सी चिनफिङको दूरदर्शी पहलहरु जस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)लाई साझा समृद्धि र ‘विन–विन’ सहकार्यको भावनाको प्रशंसा गछौँ”, प्रधानमन्त्री ओलीले भने । चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले पनि प्रेरणा लिन सक्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP