Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपचुनावमा रास्वपाको कन्तबिजोक: २६ स्थानमा उम्मेदवारी, २५ मा जमानत जफत
उपचुनावमा रास्वपाको कन्तबिजोक: २६ स्थानमा उम्मेदवारी, २५ मा जमानत जफत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर १९, २०८१

काठमाडौं– गत आमचुनावमा ठूला दलहरूलाई आछुआछु पारेको नयाँ दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । हालै सम्पन्न स्थानीय तहको उपचुनावमा भने यो दलको कन्तबिजोक देखिएको छ । सभापति रवि लामिछाने प्रहरी हिरासतमा छँदा उपचुनावमा गएको रास्वपाले २६ ठाउँमा उम्मेदवारी दिएको थियो ।

त्यसमध्ये २५ ठाउँमा जमानत जफत भयो । जमानत त्यस्तो बेला जफत हुन्छ, जतिबेला उम्मेदवारले १० प्रतिशत मत पनि प्राप्त गर्दैनन् । निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार रास्वपाको काठमाडौं–१६ बाहेकका बाँकी २५ चुनावी क्षेत्रमा जमानत जफत भएको हो । रास्वपाले काठमाडौं १६ मा भने चुनाव नै जित्यो, जुन स्थानीय तहमा रास्वपाको पहिलो जित हो ।

राजनीतिक विश्लेषक भीम भुर्तेलको विश्लेषणमा दुई कारणले रास्वपा उपचुनावमा प्रदर्शन कमजोर बन्यो । पहिलो, सभापति रवि लामिछाने हिरासतमा पुग्नु र उनको अनुपस्थितिमा पार्टीको कार्यवाहक नेतृत्व नतोकिनु । पार्टी नेतृत्वविहीनताको स्थितिमा चुनाव जाँदा मतदाताले नपत्याएको भुर्तेललाई लाग्छ । उनले भने, ‘रास्वपा बनेकै रविजीको टिभीमा छँदा विकास भएको व्यक्तित्वले हो । गत चुनावमा रास्वपाले पाएको नतिजा रविको व्यक्तित्वले नै हो । आज उहाँ आफैं हिरासत पुगेपछि कसको अनुहार हेरेर मतदान गर्ने ? मतदाताका लागि पत्यारलाग्दो अनुहार चुनावी मैदानमा देखिएनन् ।’

रास्वपा बनेकै रविजीको टिभीमा छँदा विकास भएको व्यक्तित्वले हो । गत चुनावमा रास्वपाले पाएको नतिजा रविको व्यक्तित्वले नै हो । उहाँ हिरासतमा पुगेपछि मतदाताका लागि पत्यारलाग्दो अनुहार चुनावी मैदानमा देखिएनन् ।
भीम भुर्तेल
राजनीतिक विश्लेषक

Hardik health

यसबाहेक रास्वपासँग संगठित कार्यकर्ता छैन । पार्टीलाई प्रणालीमा सञ्चालन गर्न संगठित कार्यकर्ता चाहिने भए पनि अझैसम्म रास्वपा ‘चौतारीमा भेला भएका मानिसहरूको समूह’ जस्तो भएको विश्लेषकहरु बताउँछन् । यस कारणले पनि उपचुनावमा रास्वपा कमजोर देखिएको भुर्तेललाई लाग्छ । रास्वपाको स्थानीय तह उपचुनाव विभागमा जिम्मेवारी निर्वाह गरेका सांसद गणेश पराजुलीले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै उपचुनावले संगठित मतदाता खोजेको सन्देश दिएको उल्लेख गरेका थिए ।

हुन पनि रास्वपाको हाल वडा तहमा धेरै ठाउँ समिति गठन हुनै बाँकी छ । एकातिर व्यवस्थित संगठन त सभापति लामिछाने, त्यसरी दुवैको अभावमा रास्वपाले मतदातालाई आकर्षण गर्न नसकेको अर्का राजनीतिक विश्लेषक डा. भेषराज घिमिरेले बताए । ‘संगठन त दललाई चाहिन्छ नै तर रास्वपा संगठन संरचना तल्लो (वडा) तहसम्मै विस्तारित भए चुनाव जित्न निकै सजिलो हुन्छ,’ उनले प्रभावसँग भने ।

उनका अनुसार रास्वपा नयाँ दल भए पनि देश निर्माणको स्पष्ट मार्गचित्र नभएको, देशको अर्थतन्त्र सुधार्ने नीति नभएको र विविधतापूर्ण समाजलाई सम्बोधन हुनेगरी नीति कार्यक्रम नभएकाले पनि रास्वपाप्रति मतदाताको विकर्षण देखिएको हो । उनले भने, ‘आक्रोश जहिल्यै चुनावमा बिक्री हुँदैन । रास्वपाको हकमा अहिले त्यही भयो ।’

जबकि रास्वपाले आगामी २०८४ मा हुने आमचुनावमा एकल प्रतिस्पर्धा गरेर सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएको थियो । त्यसपछि एकलौटी बहुमतको सरकार चलाउने रास्वपाको प्रतीज्ञा थियो । सोहीअनुसार चुनावमा होमिएको थियो । तर, नतिजा अपेक्षा प्रतिकूल आयो । सहरी क्षेत्र काठमाडौं–१६ बाहेकमा रास्वपाको मतदाता जमानत जोगाउनेसम्मको पनि नदेखिएको डा. घिमिरेले बताए । 

हुन त, केही निश्चित संख्यामा भएको उपनिर्वाचनको हार–जितले गणितीयरूपमा धेरै ठूलो अर्थ नराख्न सक्छ । तर, आमचुनाव भएको तीन वर्ष बितिसकेकाले यो निर्वाचनलाई जनमत परीक्षणका रुपमासमेत हेरिँदा रास्वपाप्रति मतदाताले उत्साह र भरोसा देखाएको नपाएको घिमिरेको निष्कर्ष छ । कोशी प्रदेशको एउटा जिल्ला मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा रास्वपा उम्मेदवार नवीनकुमार विश्वास खवास ३७५ मत पाए । ताप्लेजुङको सिरीजंघा–३ मा देवीप्रसाद पौडेलले सात मत, तेह्रथुमको लालीगुराँस–८ मा सञ्जीव खड्काले ३८ मत, सुनसरीको गढी–६ मा शशीकुमार साउले ३३ मत, ओखलढुंगाको मोलुङ–५ मा विष्णुप्रसाद पोखरेलले १५१ मत र उदयपुरको त्रियुगा–१२ मा धु्रवप्रसाद पोखरेलले २०२ मत पाए । 

मधेस प्रदेशको जिल्ला सप्तरीको डाक्नेश्वरी–१ मा सतिशकुमार चौधरी थारुले १६५ मत, डाक्नेश्वरी–४ मा रामकुमार यादवले छ मत, धनुषाको धनुषाधाम–१ मा रामनरेश दासले १० मत, महोत्तरीको रामगोपालपुर–२ मा खुरसैद खाँले चार मत, रौतहटको ईशनाथ–७ मा शेख असराजले छ मत पाए ।बागमती प्रदेशको जिल्ला नुवाकोटको ककनी–२ मा मंगलसिद्धी लामा तामाङले ८३ मत र मकवानपुरको हेटौंडा–१२ मा प्रेमबहादुर भोलनले १७८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । गण्डकी प्रदेशको जिल्ला गोरखा नगरपालिका–५ मा मंगलबहादुर थापाले ८२  मत पाए ।

लुम्बिनी प्रदेशको जिल्ला गुल्मीको मुसिकोट–१ मा विकास थापाले ४३ मत, कपिलवस्तुको शुद्धोधनमा अवधेशकुमार चौधरीले ९२ मत, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा पहलबहादुर वलीले १० मत पाए । बर्दियाको ठाकुरबाबा–४ मा बासुदेव शर्माले १७ मत प्राप्त गरे । कर्णाली प्रदेशको जिल्ला कालिकोटको तिलागुफा–७ मा गगन बमले पाँच मत, जाजरकोटको कुसे–७ मा लालबहादुर खत्रीले आठ मत, नलगाड उपप्रमुखमा पार्वती पुनले १७९ मत, दैलेखको दुल्लु–१३ मा रामबहादुर शाहीले ५३ मत, दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाशकुमार बुढाले ११२ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको जिल्ला डोटीको पूर्वीचौकी–६ मा जानकीकुमारी खडकाले ३१ मत र कञ्चनपुरको भीमदत्त–६ मा रास्वपाका रामदत्त भट्टले २१८ मत पाएको निर्वाचन आयोगकी प्रवक्ता अर्यालले बताइन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP