Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपचुनावमा रास्वपाको कन्तबिजोक: २६ स्थानमा उम्मेदवारी, २५ मा जमानत जफत
उपचुनावमा रास्वपाको कन्तबिजोक: २६ स्थानमा उम्मेदवारी, २५ मा जमानत जफत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर १९, २०८१

काठमाडौं– गत आमचुनावमा ठूला दलहरूलाई आछुआछु पारेको नयाँ दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । हालै सम्पन्न स्थानीय तहको उपचुनावमा भने यो दलको कन्तबिजोक देखिएको छ । सभापति रवि लामिछाने प्रहरी हिरासतमा छँदा उपचुनावमा गएको रास्वपाले २६ ठाउँमा उम्मेदवारी दिएको थियो ।

त्यसमध्ये २५ ठाउँमा जमानत जफत भयो । जमानत त्यस्तो बेला जफत हुन्छ, जतिबेला उम्मेदवारले १० प्रतिशत मत पनि प्राप्त गर्दैनन् । निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार रास्वपाको काठमाडौं–१६ बाहेकका बाँकी २५ चुनावी क्षेत्रमा जमानत जफत भएको हो । रास्वपाले काठमाडौं १६ मा भने चुनाव नै जित्यो, जुन स्थानीय तहमा रास्वपाको पहिलो जित हो ।

राजनीतिक विश्लेषक भीम भुर्तेलको विश्लेषणमा दुई कारणले रास्वपा उपचुनावमा प्रदर्शन कमजोर बन्यो । पहिलो, सभापति रवि लामिछाने हिरासतमा पुग्नु र उनको अनुपस्थितिमा पार्टीको कार्यवाहक नेतृत्व नतोकिनु । पार्टी नेतृत्वविहीनताको स्थितिमा चुनाव जाँदा मतदाताले नपत्याएको भुर्तेललाई लाग्छ । उनले भने, ‘रास्वपा बनेकै रविजीको टिभीमा छँदा विकास भएको व्यक्तित्वले हो । गत चुनावमा रास्वपाले पाएको नतिजा रविको व्यक्तित्वले नै हो । आज उहाँ आफैं हिरासत पुगेपछि कसको अनुहार हेरेर मतदान गर्ने ? मतदाताका लागि पत्यारलाग्दो अनुहार चुनावी मैदानमा देखिएनन् ।’

रास्वपा बनेकै रविजीको टिभीमा छँदा विकास भएको व्यक्तित्वले हो । गत चुनावमा रास्वपाले पाएको नतिजा रविको व्यक्तित्वले नै हो । उहाँ हिरासतमा पुगेपछि मतदाताका लागि पत्यारलाग्दो अनुहार चुनावी मैदानमा देखिएनन् ।
भीम भुर्तेल
राजनीतिक विश्लेषक

Hardik health

यसबाहेक रास्वपासँग संगठित कार्यकर्ता छैन । पार्टीलाई प्रणालीमा सञ्चालन गर्न संगठित कार्यकर्ता चाहिने भए पनि अझैसम्म रास्वपा ‘चौतारीमा भेला भएका मानिसहरूको समूह’ जस्तो भएको विश्लेषकहरु बताउँछन् । यस कारणले पनि उपचुनावमा रास्वपा कमजोर देखिएको भुर्तेललाई लाग्छ । रास्वपाको स्थानीय तह उपचुनाव विभागमा जिम्मेवारी निर्वाह गरेका सांसद गणेश पराजुलीले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै उपचुनावले संगठित मतदाता खोजेको सन्देश दिएको उल्लेख गरेका थिए ।

हुन पनि रास्वपाको हाल वडा तहमा धेरै ठाउँ समिति गठन हुनै बाँकी छ । एकातिर व्यवस्थित संगठन त सभापति लामिछाने, त्यसरी दुवैको अभावमा रास्वपाले मतदातालाई आकर्षण गर्न नसकेको अर्का राजनीतिक विश्लेषक डा. भेषराज घिमिरेले बताए । ‘संगठन त दललाई चाहिन्छ नै तर रास्वपा संगठन संरचना तल्लो (वडा) तहसम्मै विस्तारित भए चुनाव जित्न निकै सजिलो हुन्छ,’ उनले प्रभावसँग भने ।

उनका अनुसार रास्वपा नयाँ दल भए पनि देश निर्माणको स्पष्ट मार्गचित्र नभएको, देशको अर्थतन्त्र सुधार्ने नीति नभएको र विविधतापूर्ण समाजलाई सम्बोधन हुनेगरी नीति कार्यक्रम नभएकाले पनि रास्वपाप्रति मतदाताको विकर्षण देखिएको हो । उनले भने, ‘आक्रोश जहिल्यै चुनावमा बिक्री हुँदैन । रास्वपाको हकमा अहिले त्यही भयो ।’

जबकि रास्वपाले आगामी २०८४ मा हुने आमचुनावमा एकल प्रतिस्पर्धा गरेर सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएको थियो । त्यसपछि एकलौटी बहुमतको सरकार चलाउने रास्वपाको प्रतीज्ञा थियो । सोहीअनुसार चुनावमा होमिएको थियो । तर, नतिजा अपेक्षा प्रतिकूल आयो । सहरी क्षेत्र काठमाडौं–१६ बाहेकमा रास्वपाको मतदाता जमानत जोगाउनेसम्मको पनि नदेखिएको डा. घिमिरेले बताए । 

हुन त, केही निश्चित संख्यामा भएको उपनिर्वाचनको हार–जितले गणितीयरूपमा धेरै ठूलो अर्थ नराख्न सक्छ । तर, आमचुनाव भएको तीन वर्ष बितिसकेकाले यो निर्वाचनलाई जनमत परीक्षणका रुपमासमेत हेरिँदा रास्वपाप्रति मतदाताले उत्साह र भरोसा देखाएको नपाएको घिमिरेको निष्कर्ष छ । कोशी प्रदेशको एउटा जिल्ला मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा रास्वपा उम्मेदवार नवीनकुमार विश्वास खवास ३७५ मत पाए । ताप्लेजुङको सिरीजंघा–३ मा देवीप्रसाद पौडेलले सात मत, तेह्रथुमको लालीगुराँस–८ मा सञ्जीव खड्काले ३८ मत, सुनसरीको गढी–६ मा शशीकुमार साउले ३३ मत, ओखलढुंगाको मोलुङ–५ मा विष्णुप्रसाद पोखरेलले १५१ मत र उदयपुरको त्रियुगा–१२ मा धु्रवप्रसाद पोखरेलले २०२ मत पाए । 

मधेस प्रदेशको जिल्ला सप्तरीको डाक्नेश्वरी–१ मा सतिशकुमार चौधरी थारुले १६५ मत, डाक्नेश्वरी–४ मा रामकुमार यादवले छ मत, धनुषाको धनुषाधाम–१ मा रामनरेश दासले १० मत, महोत्तरीको रामगोपालपुर–२ मा खुरसैद खाँले चार मत, रौतहटको ईशनाथ–७ मा शेख असराजले छ मत पाए ।बागमती प्रदेशको जिल्ला नुवाकोटको ककनी–२ मा मंगलसिद्धी लामा तामाङले ८३ मत र मकवानपुरको हेटौंडा–१२ मा प्रेमबहादुर भोलनले १७८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । गण्डकी प्रदेशको जिल्ला गोरखा नगरपालिका–५ मा मंगलबहादुर थापाले ८२  मत पाए ।

लुम्बिनी प्रदेशको जिल्ला गुल्मीको मुसिकोट–१ मा विकास थापाले ४३ मत, कपिलवस्तुको शुद्धोधनमा अवधेशकुमार चौधरीले ९२ मत, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा पहलबहादुर वलीले १० मत पाए । बर्दियाको ठाकुरबाबा–४ मा बासुदेव शर्माले १७ मत प्राप्त गरे । कर्णाली प्रदेशको जिल्ला कालिकोटको तिलागुफा–७ मा गगन बमले पाँच मत, जाजरकोटको कुसे–७ मा लालबहादुर खत्रीले आठ मत, नलगाड उपप्रमुखमा पार्वती पुनले १७९ मत, दैलेखको दुल्लु–१३ मा रामबहादुर शाहीले ५३ मत, दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाशकुमार बुढाले ११२ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको जिल्ला डोटीको पूर्वीचौकी–६ मा जानकीकुमारी खडकाले ३१ मत र कञ्चनपुरको भीमदत्त–६ मा रास्वपाका रामदत्त भट्टले २१८ मत पाएको निर्वाचन आयोगकी प्रवक्ता अर्यालले बताइन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP