Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

तम्घास -  गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो । 

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए । 

 यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष रु पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ । नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए। 

Hardik health

    गर्भवतीका लागि भिडियो एक्स–रे

नगरपालिकाको सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीका लागि भिडियो एक्स–रेको सुविधा पनि प्रदान गर्ने गरिएको छ । यसका लागि रु दुई लाख विनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्स–रे गर्ने नगरपालिकाले जनाएको छ । 

बाहिर अस्पतालमा भिडियो एक्स–रे गराउँदा एक जनाको रु आठ सयदेखि नौ सयसम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्स–रेको सुविधा दिने वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापाले बताउनुभयो । “आगामी दिनमा अपाङ्गगता भएका बालबालिका नजन्मिऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।” 

अस्पतालदेखि टाढा रहेका वडा नं ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलालाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने जनाइएको छ । यसै कार्यक्रमअन्तर्गत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्स–रेको सुविधा लिएका छन् । भिडियो एक्स–रेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP