Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किनारामा स्वतन्त्र र नयाँ दल 
किनारामा स्वतन्त्र र नयाँ दल 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, मंसिर १८, २०८१
  •  स्वतन्त्र उम्मेदवारहरूप्रति मतदाताको रुझान देखिएन
  •  नयाँ दलप्रति पनि मतदाताको विश्वास कायम रहेन
  •  नसुध्रिए पनि पुरानै दल मतदाताको रोज्नु बाध्यात्मक विकल्प

काठमाडौं– स्थानीय तह उपनिर्वाचनले स्वतन्त्र उम्मेदवारप्रति मतदाताको रुझान् घटेको देखाएको छ । नयाँ दलहरूप्रति पनि मतदाताको लहर उपचुनावमा नदेखिएको राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल बताउँछन् । उनका अनुसार मतदाताको रोजाइमा यसपटक पुराना दलहरू नै परे । 

‘यो उपचुनावले स्वतन्त्र र नयाँ दलप्रति जनमत देखाएन । यसको मतलव जनता पुराना दलहरूप्रति निराश छैनन् भन्न खोजिएको होइन तर पुराना दलहरू नै रोजाइमा परे,’ उनले प्रभावसँग भने ।उपचुनावमा क्रमशः कांग्रेस, माओवादी र एमाले पहिलो, दोस्रो र तेस्रो शक्ति भए । यी तीन पार्टीमै जनमत केन्द्रित भयो । समाचार तयार पार्दासम्म कांग्रेसले ३३ मध्ये १६ वटा वडामा चुनाव जितेको छ । नेकपा माओवादी केन्द्रले सात, नेकपा एमालेले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक, नेकपा एकीकृत समाजवादी पार्टीले दुई, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेको निर्वाचन आयोगले जनाएको छ । 

यो उपचुनावले स्वतन्त्र र नयाँ दलप्रति जनमत देखाएन । यसको मतलव जनता पुराना दलहरूप्रति निराश छैनन् भन्न खोजिएको होइन तर पुराना दलहरू नै रोजाइमा परे । 
प्रा.डा. लोकराज बराल
राजनीतिशास्त्री

४१ पदका लागि भएको उपचुनावमा स्वतन्त्र उम्मेदवारहरू १०२ जना थिए । तर, झापाको कन्काइ नगरालिका–६ मा मात्रै स्वतन्त्र उम्मेदवारले चुनाव जिते । बाँकीमा निकटतम प्रतिस्पर्धी पनि स्वतन्त्र उम्मेदवारहरू भएनन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजमान मानव प्रारम्भिक मतगणनामा निकटतम् प्रतिस्पर्धी देखिएका थिए । तर, उनी पछि परेको परेकै गरे । अन्यन्त्र त स्वतन्त्र उम्मेदवारहरूको स्थिति लज्जाजनक देखिएको छ । 

Hardik health

गत निर्वाचनबाट जनमत पाएर केही बलियो देखिएको शक्ति राप्रपाले कहीँ पनि चुनाव जितेन । अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ मा त राप्रपा उम्मेदवारले २६ मतमात्र पाए । अन्त पनि राप्रपाको उपनिर्वाचनमा कन्तविजोक देखिएको बरालले बताए ।

उनले भने, ‘राप्रपा त एक तरिकाले भन्दा यो चुनावले समाप्तिको दिशामा छ कि भन्ने सन्देश दिएको छ ।’राप्रपाले उपचुनावमा पाएको मतलाई लिएर आन्तरिक मतभेद पनि चुलिने देखिएको छ । महामन्त्री डा. धवलशम्शेर पक्षीय एक पदाधिकारीका अनुसार राप्रपा निकै कमजोर देखिनुमा अध्यक्ष लिङ्देनको कमजोरी छ । ती पदाधिकारीले भने, ‘उपचुनावको कमाण्डर एक्लौटी तोक्ने, चुनावी माहोल बनाउन ध्यान नदिने उल्टो कर्णाली र सुदूरपश्चिम यात्रा भनेर कुद्नुहुन्छ अनि जित हुन्छ ?’

अहिलेको परिणामले संगठनमा जानुपर्छ, गर्नुपर्छ भन्ने छ । पुरानो दलको तुलनामा संगठनको हिसाबले हामीले काम धेरै गर्नुपर्छ । नागरिकलाई बुझाउनुपर्छ भन्ने उपचुनावको सिकाइ भयो ।
कविन्द्र बुर्लाकोटी
कार्यवाहक महामन्त्री, रास्वपा

गत चुनावमा लोकप्रिय बनेको दल रास्वपाले भने एक ठाउँमा जित निकाल्यो । अन्त जमानत जोगाउनसमेत रास्वपाले सकेन । रास्वपाका उम्मेदवारको सबैभन्दा लज्जास्पद मत महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा आएको छ । वडाध्यक्ष पदमा यहाँ रास्वपाले सुरसैद खाँलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा चार मत प्राप्त गरे ।

कालिकोटको तिलगुफा नगरपालिका–४ मा पनि रास्वपाका लागि निराशाजनक रह्यो । यहाँ रास्वपाका गगन बमले जम्मा पाँच मत प्राप्त गरे । रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपाका शेख असराजले जम्मा छ मत प्राप्त गरे । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका हिमबहादुर पुनले जम्मा सात मत पाए ।निर्वाचन आयोगका अनुसार ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ मा रास्वपाका देवीप्रसाद पौडेलले सात मत पाए । धनुषाधाम नगरपालिका–१ को वडाअध्यक्षमा रामनरेश दासले जम्मा १० मत प्राप्त गरे ।

यसैगरी ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा रास्वपाका बासुदेव शर्माले १७, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा जानकी खड्का (कुँवर) ले ३१ मत पाइन् ।सुनसरीको गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशीकुमार साहुले ३३, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा सन्जिव खड्काले ३८ मत, मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा विकास थापाले जम्मा ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । हुम्लाको सर्केगाढ गाउँपालिकाको उपाध्यक्षमा रास्वपा उम्मेवदार बाँचा बुढाले जम्मा आठ मत प्राप्त गरेकी छन् । रास्वपाका अन्य उम्मेदवारहरूले ४०० मत कटाएनन् । यद्यपि, काठमाडौं १६ मा भने रास्वपाले चुनाव जित्यो ।

‘अहिलेको परिणामले संगठनमा जानुपर्छ, गर्नुपर्छ भन्ने छ । पुरानो दलको तुलनामा संगठनको हिसाबले हामीले काम धेरै गर्नुपर्छ । नागरिकलाई बुझाउनुपर्छ भन्ने उपचुनावको सिकाइ भयो,’ उनले भने । रास्वपामात्रै होइन, मधेसको भूमिबाट गत निर्वाचनमा उदाएको नयाँ दल जनमत पार्टीको पनि उपचुनावमा बिजोक देखिएको छ । मधेसको ठाउँठाउँमा वडाध्यक्षका लागि भएको उपचुनावमा जनमत निकटतम् प्रतिस्पर्धीसमेत बन्न सकेन । 

पश्चिम तराईबाट गत निर्वाचनमा उदाएको दल नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरमा निष्प्रभावी बन्यो । अन्त पनि यो दलले मत पाउन नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामले देखाउँछ । राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल यसलाई नयाँ दलप्रति पनि जनताको आशा गुमेको अर्थमा लिन्छन् । उनले भने, ‘पुराना दलले केही गर्न सकेनन्, खाली भ्रष्टाचार मात्रै गरे भन्ने खालको बुझाइ नयाँ दलले गत निर्वाचनमा प्रचार गरेको थियो, अहिले नयाँ पनि उस्तै रहेछ भन्ने जनतालाई लागेको हुनुपर्छ ।’उनले नयाँ दलमा पनि समस्या देखिएपछि जनताले पुराना दलहरूलाई छानेको देखिएको बताए । ४१ पदका लागि आइतबार मतदान भएको थियो ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP