Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तुजुक देखाउँदै एमाले–बालेन 
तुजुक देखाउँदै एमाले–बालेन 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर १०, २०८१

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत वर्षको चैत अन्तिम साता सरकारविरुद्ध प्रदर्शन गर्दा काठमाडौं महानगरपालिकाले जरिवाना तिर्नु भन्दै पत्र पठायो । पत्रमा प्रदर्शनको क्रममा राप्रपा नेता कार्यकर्ताले फोहोरमैला गरेको र ट्राफिक आइल्याण्डमा क्षति पुर्याएको भन्दै ‘पाँच हजार २२२ रूपैयाँ जरिवाना तिर्नू’ भनिएको थियो । राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीका अनुसार गत ७ वैशाखमा राप्रपाले जरिवाना तिर्यो ।

गत शुक्रबार एमालेले अराजकताविरुद्ध भन्दै काठमाडौंको दरबारमार्गमा जागरणसभाको नाममा शक्ति प्रदर्शन गर्यो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गरे । सभा सकिएको केही छिनमै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनअनुसार महानगरको नगर सुरक्षा बलले सडक क्षेत्रमा फोहोर गरी वातावरण प्रदूषित गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिर्न एमालेको नाममा पत्र काटेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । आइतबार पत्र बुझाउन दलबलसहित एमाले केन्द्रीय कार्यालय च्यासलमा नगर प्रहरी पुग्यो । तर, एमालेले पत्र बुझाउन अस्वीकार गर्यो ।

पत्रअनुसार एमालेले जरिवाना नतिर्ने जनाएको छ । उल्टै एमालेले मेयर साह एमालेविरुद्ध परिचालित भएको र उनी ‘स्टन्टबाजी’मा रमाएको आरोप लगाएको छ । यस्तोमा बालेनले आफ्नो नगर सुरक्षा बलका प्रहरी निरीक्षक के.के. भट्टराई नेतृत्वको टोलीलाई आइतबार अपराह्न जरिवानापत्र बुझाउन भन्दै एमाले पार्टी मुख्यालय च्यासल पठायो । भट्टराईले रिसेप्सनमा पत्र बुझाउन खोज्दै गर्दा पार्टी कार्यालयसचिव डा. भीष्म अधिकारी आइपुगे । 

उनले नगर प्रहरी बलका प्रहरी निरीक्षक भट्टराईलाई एमाले केन्द्रीय कार्यालय आयोजक नभएको भन्दै मेयरजस्तो मान्छेले सामान्य प्रशासनिक ज्ञान नराखी पत्र पठाएर स्टन्टबाजी गरेको बताए । पत्र बुझाउने शैली पनि नभएको भन्दै उनी आक्रोशित सुनिए । 

Hardik health

Bhisma-Adhikari-1732511319.jpgमहानगरले सामान्यतः आयोजक हो भन्ने थाहा पाउनुपर्छ । एउटा चिट्ठी बुझाउन जुन हर्कत गरिँदै छ, अत्यन्तै बेठीक भएको छ ।
डा. भीष्म अधिकारी
कार्यालय सचिव, नेकपा एमाले 


‘महानगरले सामान्यतः के कुरा बुझ्नुपर्छ भने को आयोजक हो भन्ने थाहा पाउनुपर्छ र एउटा चिट्ठी बुझाउन यसरी जुन हर्कत गरिँदै छ, यो पनि अत्यन्तै बेठीक भएको छ,’ कार्यालयसचिव अधिकारीले भने । एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत थुप्रै नेता बालेनविरुद्ध खनिएका छन् । बालेनले पठाएको जरिवानापत्रलाई पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त ‘औचित्यहीन चिर्कटो’ भनेका छन् । एमाले पंक्ति नै मेयर बालेनविरुद्ध उभिएका छन् ।

राप्रपा भने एमाले जसरी विवादमा रुमलिएन । पत्रअनुसारको जरिवाना महानगरलाई चुपचाप तिर्यो । तर, एमालेले नतिर्ने प्रस्ट शब्दमा भनेको छ ।राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरका अनुसार एमाले–बालेन टकराव अहिलेको मात्रै होइन । झण्डै दुई वर्षयता एमाले र बालेनबीच विवाद हुँदै आएको छ । ‘मेयर निर्वाचित भएपछि बालेन बालकोट पुग्दा त्यहाँ ओलीजीले बालेनलाई तबला उपहार दिएका थिए । तर, जतिबेला बालेन बागमती किनारको सुकुम्बासी बस्ती हटाउन गए, त्यसलाई मुलतः एमालेले रोक्यो,’ पिटरले प्रभावसँग भने, ‘यसपछि एमाले–बालेन सम्बन्ध बिग्रियो ।’ 

हाम्रो उद्देश्य विधिको शासनको कडाइपूर्वक कार्यान्वयन गर्नु भन्ने हो । त्यही आधारमापठाएको चिट्ठीअनुसार जरिवाना बुझाउँछ भन्नेमा हामी विश्वस्त छौं ।Nabin-Manandhar-1732511319.jpg

नवीन मानन्धनर
प्रवक्ता, काठमाडौं महानगरपालिका

 

एकले अर्कालाई राजनीतिक दुश्मन शक्तिको रूपमा चिन्नेगरी प्रस्तुत हुँदै आएका छन् । कतिसम्म भने काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले पहल नगरेको भन्दै बालेनले एमाले नेता रघुवीर महासेठ सहरी विकासमन्त्री हुँदा मन्त्रालय अगाडि लगेर फोहोर फालेका थिए । कयौं दिन सिंहदरबारको फोहोर नै उठाएनन् । 

यसपछि काठमाडौंको न्युरोड क्षेत्रको सडक विस्तारमा पनि यी दुईबीच लामो संघर्ष नै चल्यो । लुम्बिनीकी एमाले सांसद रेखाकुमारी शर्माको काठमाडौंस्थित घरबाट मेयर बालेनले बालिकाको उद्धार गरे पनि कारबाहीका लागि ओलीले कदम नचालेको भन्दै बालेन आक्रोशित बने । सम्बन्धमा थप दरार पैदा भएको र एकअर्कालाई देखि नसहने स्थितिमा पुगेको छ । यतिसम्म कि बालेन समर्थकहरूले गत दसैंअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ अभियान नै चलाए । लाखौंले ओलीलाई फेसबुकमा अनफलो गरे ।

यसपछि पछिल्लो विवाद प्रदर्शनको क्रममा फोहोर भएको विषयसँग केन्द्रित छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नियम कानुनमा टेकेर जरिवानापत्र काटेका कारण एमालेले इमान्दारसाथ जरिवाना तिर्नुपर्छ । ‘एमाले संघीय सरकारको नेतृत्वमा छ । हामी स्थानीय सरकारमा छौं, हाम्रो उद्देश्य विधिको शासनलाई कडाइपूर्वक कार्यान्वयन गर्नु भन्ने हो,’ उनले भने, ‘त्यही आधारमा पठाएको चिट्ठीअनुसार जरिवाना बुझाउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

बालेन मेयरका रुपमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । उपमेयर एमालेकी सुनिता डंगोल छिन् । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सुनितालाई एमालेले बालेनविरुद्ध उभ्याएको टिप्पणी थियो । महानगरका अन्य वडाका जनप्रतिनिधिलाई पनि एमालेले बालेनविरुद्ध उभ्याउँदै आएको छ ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर एमाले अध्यक्ष ओली बेलाबेला बालेनको आलोचना गर्छन् । बालेनले पनि ओली र उनको दल एमालेविरुद्ध आक्रोश पोख्ने गर्छन् । यो क्रम महिनौंयता चलिरहेको छ । राजनीतिक विश्लेषक पिटरको शब्दमा अहिले एमाले र बालेन तुजुक देखाइरहेका छन् । 

जतिबेला बालेन बागमती किनारको सुकुम्बासी बस्ती हटाउन गए, त्यसलाई मूलतः एमालेले रोक्यो । त्यसपछि क्रमशः एमाले–बालेन सम्बन्ध बिग्रियो ।
Narendrajung-Peter-1732511320.jpg
नरेन्द्रजंग पिटर
राजनीतिक विश्लेषक


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले
चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले बिहीबार, पुस १७, २०८२
अन्योलमा कांग्रेस महाधिवेशन
अन्योलमा कांग्रेस महाधिवेशन बिहीबार, पुस १७, २०८२
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा बुधबार, पुस १६, २०८२
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै बुधबार, पुस १६, २०८२
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस १६, २०८२
पहिचानवादी नेता रास्वपामा ‘पलायन’
पहिचानवादी नेता रास्वपामा ‘पलायन’ बुधबार, पुस १६, २०८२
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP