Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘क्रेडिट रेटिङ’ले जगाएको आशा
‘क्रेडिट रेटिङ’ले जगाएको आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ९, २०८१

मुलुकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने प्रयास निरन्तर गरिरहे पनि अपेक्षाकृत सफलता हात पार्न सकेको छैन । यसको पछाडि विभिन्न कारणहरु छन् । राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता, कानुन अभाव, झन्झटिलो प्रक्रियालगायतका कारण लगानीकर्तालाई विश्वस्त पार्न कठिन भइरहेको थियो ।

लगानीकर्ताले खोजेको अर्को महŒवपूर्ण सूचक थियो, मुलुकको ‘सोभरेन क्रेडिट रेटिङ’ अर्थात् सार्वभौम साख मूल्यांकन । अब भने यो सूचक पनि प्राप्त भएको छ । मुलुकले पहिलोपटक क्रेडिट रेटिङको नतिजा प्राप्त गरिसकेको छ । प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो क्रेडिट रेटिङ सम्पन्न गरेको हो ।पहिलोपटक गरिएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ अंक प्राप्त गरेको छ ।

यो मुलुकका लागि उत्साहजनक नतिजा भएको सरोकारवालाहरुले बताएका छन् । यसले मुलुकमा एक हिसावको उत्साह थप्ने काम गरेको छ । पहिलोपटक गराएको क्रेडिट रेटिङको नतिजा शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ भनेको छ । यो रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको देखाएको मन्त्रालयको भनाइ छ । लगानीकर्ताले प्रतिफल हेरेर लगानी गर्छन् । निर्धारण गर्ने आधारका रुपमा क्रेडिट रेटिङलाई हेर्ने गरिन्छ । नेपालमा सहज र सुदृढ लगानीको वातावरण छ भन्ने कुरा यो रेटिङको नतिजाले देखाएको छ ।

Hardik health

निजी क्षेत्र तथा अन्य सरोकारवालाहरुले पनि क्रेडिट रेटिङको नतिजा ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना रेटिङले लगानी वातावरणका लागि आत्मविश्वास बढाउने बताउँछन् । उनका अनुसार अहिलेको नतिजाले नेपालमा गरिएको लगानीको तिर्नसक्ने क्षमता (क्रेडिट वर्दिनेस) राम्रो छ भन्ने देखाएको छ । यसले यहाँ भएको लगानी डुब्दैन भन्ने सुनिश्चितता प्रदान गर्दछ । वित्तीय स्रोत परिचालनका लागि अझै ठाउँ छ भन्ने कुरा पनि रेटिङ नतिजाले देखाएको उनको भनाइ छ ।

विश्वकै मुख्य तीन रेटिङ एजेन्सीमध्येको ‘फिच रेटिङ’ले नेपालको साखको स्वतन्त्र आँकलनपछि भनेको छ, ‘नेपालको सार्वजनिक ऋण र कूल गार्हस्थ उत्पादन (जिडिपी)को अनुपात सुविधाजनक अवस्थामै छ । नेपालले राखेको लक्षित आर्थिक वृद्धि र राजस्व सुदृढीकरणबाट यो अनुपात अहिलेकै अवस्थामा कायम रहन सक्छ । सहनशीलता राम्रो छ । बाह्य क्षेत्र राम्रो छ ।’

सरकारले अब यसको लाभ लिन आवश्यक पहल थाल्नुपर्छ । मुलुकको समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक भित्र्याउन जरुरी छ । निजी क्षेत्रबाट पनि यसका लागि पहल हुनुपर्छ । यसमा सरकारले अग्र भूमिका निर्वाह गर्नुपर्छ । रेटिङमा पाएको हालको नतिजामा सन्तुष्ट मानेर बस्नेमात्र नभइ थप सुधारका लागि आजै कदम चाल्नुपर्छ । किनकि, अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि आन्तरिक समस्या कायमै छ । बाह्य सूचक पनि रेमिट्यान्समा निर्भर रहनु राम्रो होइन । त्यसैले आवश्यक सुधार र प्राप्त नतिजाबाट लाभ लिन ढिलाइ नगरौं ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP