Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
प्रकाश सिलवाल/रासस
प्रकाश सिलवाल/रासस शुक्रबार, मंसिर ७, २०८१

काठमाडाैं -  महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नागरिकमा हुन्छ । त्यसलाई जागृत गराउन ज्ञानका साथै सही शिक्षा आवश्यक हुन्छ । त्यस शिक्षाले कर्तव्यबोधको जागरण गराउँछ । 
    
विश्वव्यापी मान्यता नै हो–लोकतन्त्रमा कानुनका दृष्टिमा सबै नागरिक बराबर हुन्छन् । राज्यको शक्तिमा सबैको समान पहुँच हुन्छ । यस पद्धतिमा सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँछन् । स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ । लामो आन्दोलन र सङ्घर्षपछि जननिर्वाचित संविधानसभााबाट जारी भएको नेपालको संविधानले समानता र स्वतन्त्रतालाई मौलिक हकमा समाविष्ट गरेको छ । 

प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिले निर्वाह गरिहेको हुन्छ । नागरिकमा रहेको समानता र स्वतन्त्रताको हकलाई संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो । मानता र स्वतन्त्रताको जगमा रहने लोकतन्त्र वा प्रजातन्त्र उत्तरदायित्व र जवाफदेहीताबाट पनि सजिएको हुन्छ । नागरिकका हक, अधिकार र उत्तरदायित्व तथा सरकारका काम एवं जवाफदेहीतामा आमरुपमा कसरी ज्ञान, सूचना र शिक्षा प्रवाह भइरहेको हुन्छ ।

अहिले संविधान र लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु यस संविधान र व्यवस्थालाई बदनाम गराउन लागेका छन्, त्यसको कारणमा बाह्य र आन्तरिक पक्षहरु होलान् तर देशका जिम्मेवार दलहरुले यस्ता विषयमा मौन बस्न मिल्दैन । उनीहरु सत्ताको जिम्मेवारीमा रहे पनि, नरहे पनि जनतालाई सेवा र सुशासन दिने दायित्वका साथै जनतालाई भड्काउन भइरहेका अराजक गतिविधिप्रति सचेत गराउन निरन्तर लाग्नुुपर्छ । अराजक एवं कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सरकारलाई साथ दिनुपर्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले २९ भदौ २०८१ मा नेकपा (एमाले)को जनसङ्गठनहरुको राष्ट्रियस्तरको भेलामा अहिले जसरी संविधानविरुद्ध लागेका छन्, त्यसरी नै यति खुलेआम संविधानविरुद्ध सायद यसभन्दा पहिला लागेका थिएनन् भनेर त्यसै भनेको छैन । “सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको पहिले पहिले मैले देखेको थिइन । राजतन्त्र हुँदा पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे तर, त्यो एउटा औपचारिक कराइ हुन्थ्यो । अहिले त्योभन्दा बढी पदधारी होइन, आशाधारीहरु कराइराखेका छन् । पहिले राजतन्त्र हुँदा पदधारीहरु कराउँथे, अहिले पदधारी होइन, वर्तमानमा केही पाएका होइन कि आशाधारीहरु कराएका छन् । त्यसो भएर नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति, सुुव्यवस्था, ‘ल एण्ड अर्डर’ कायम रहन नदिने, सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा नेपाललाई अगाडि बढ्न नदिने प्रयासहरु भइराखेका छन् ।” प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीका यस्ता गम्भीर चिन्तालाई मनन् गरेर एमालेको काठमाडौँ उपत्यकास्थित जिल्लाका कमिटीले ७ मङ्सिर, २०८१ का लागि काठमाडौँको दरबारमार्गमा जागरणसभा तय गरेका छन् ।

Hardik health

यतिबेला एमाले र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरु सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ । विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । र, कालान्तरमा व्यवस्थाका विरुद्ध नै धावा बोल्ने दुष्प्रयत्न भइरहेको छ ।

नेपाली जनताको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सफल हुनै नदिने भनेर लागेका कतिपय शक्तिहरुलाई सबै माध्यमबाट खबरदारी गर्नुपर्ने अवस्था त्यसै आएको होइन । यो विशेष अवस्था हो । कोही लहलहैमा लागेर पनि अराजकता मच्याउन तम्सिएका हुन् सक्छन्, त्यस्ताहरुलाई लागि खबरदारी झनै आवश्यक छ । उनीहरुमा जागरण सिर्जना गरेर सबैलाई देश विकासको मूलधारमा हिँडाउन अत्यावश्यक छ । राजनीतिका नाममा झुट, भ्रम, षड्यन्त्र र तिकडमको सहारा होइन, इमान, नैतिकता, स्वच्छता र देशको स्वाधीनताका पक्षमा सुस्पष्ट हुनुुपर्छ भन्ने अठोटलाई पनि जागरणसभाले थप बोध गराउनेछ ।
    
सत्य कुरालाई रोक्ने र असत्यलाई बढावा दिने तथा असत्यको डम्फु बजाउनेहरुलाई कुनै मेहनत र काम गर्नु पर्दैन । उनीहरुले कामको निन्दा गरे पुुग्छ । सरकार र नेतृत्वको विरोध गरे पुुग्छ । कामको उल्टो प्रचार गरिदिने काम गरेर आफूू चर्चामा आउने गलत नियम उनीहरुमा रहेको हुन्छ । सडक बाटो बनेन भने किन बनाएन भन्ने र बन्यो भने भ्रष्टाचार गर्न बनाएको हो, जनताका लागि बनाएको होइन भनेर कुुप्रचार गर्नेहरु पनि समाजमा छन् । एउटाले बनाएको छ भने अर्कैले बनाएको हो भनेर भ्रम फैलाउनेहरु पनि छन् । 

यस अवस्थामा एमालेले राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आवश्यक छ । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि जागरणसभा तय गरेको देखिएको छ । 

लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने एउटा जिम्मेवार पार्टीले सरकारमा हुँदा वा नहुँदा पनि जनतासँग जोडिने यस्ता खालका कार्यक्रम गर्न सक्छ । सरकारकै नेतृत्वमा रहेको पार्टीले सडकमा शक्ति प्रदर्शन गर्न लाग्यो भनेर पनि कतिपय विश्लेषण आएको छ, त्यस्तो होइन । यो सरकारकै राम्रा कामबारे स्पष्ट पार्न र सरकार तथा देश बनाउने मुख्य दलका साझा ध्येयलाई सघाउने जागरणसभा हो । अराजकताविरुद्ध र विधिका पक्षको जागरणसभा हो । 
    
केही दिनअघि आयोजना गरिएको सम्पादकहरूसँगको भेटघाटका क्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाउँदै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको कुरा स्पष्ट पारिसक्नुुभएको छ । उहाँले भन्नुभएको थियो, “पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन आवश्यक छ ।”

गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यसहित एमालेले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानुनी राजको पक्षमा आफ्नो दृढता प्रस्तुत गर्दै आएको छ । सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नुलाई यसले मुख्य उद्देश्य लिँदै आएको छ ।  

नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिका लागि एमाले अविचलित देखिन्छ । एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित छ । यसलाई प्रमुख निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उसको लक्ष्य छ । जनबल र जनसमर्थनका आधारमा राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादोन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पूूरा गर्न एमाले दृढ सङ्कल्पित देखिन्छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP