Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमालेको ‘बेमौसमी’ प्रदर्शन 
एमालेको ‘बेमौसमी’ प्रदर्शन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ६, २०८१

वर्तमान सरकारको नेतृत्वमा छन् एमाले अध्यक्ष केपी शर्मा ओली । ओली बालुवाटार पुगेपछि केही न केही ‘अफवाह’ सिर्जना गरेर जनतालाई रणभुल्ल पार्दिन्थे । ओली बेलाबेला नेताद्वेषी अभिव्यक्ति दिन्थे । बेलाबेला उटपट्याङ र मजाक गर्न पनि पछि पर्दैनथे । यही कारणले कतिपयले ओलीको उपनाम राखिदिए– टुक्के । उखान टुक्का सुनाएर मक्ख पार्न माहिर ओली अफवाह सिर्जनामा पनि काबिल मानिन्थे ।

अहिले भने ओली आफूभन्दा चौगुणा अफवाह फैलाउनेहरुको निशानामा परेका छन् । उनकै मन्त्र सायद अरुले नै ‘हाइज्याक’ गरेर होला अफवाहको इपिसेन्टर सरेर अहिले सामाजिक सञ्जालमा पुगेको छ । कसैले नजानीनजानी त कसैले जानीजानी ओलीमाथि थरिथरि आरोप लगाउन थालेका छन् । ओलीको जीवनमाथि हदैसम्म तल ओर्लेर आलोचना गर्नेहरु पनि निस्किएका छन् । यस्तो किन भयो, कसरी भयो भन्ने विषयमा सरकारले सबैलाई सचेत पार्ने अभियान चलाउनुपर्छ । यतिमात्र हैन बेलाबेला नेतृत्व तहबाट गल्तीहरुको सुधार, आत्मसमीक्षा र आत्मआलोचना हुनुपर्दछ ।

तर ओली यसरी पछाडि हट्ने पक्षमा देखिन्न । बरु कार्याकर्तालाई दुख दिएर सडकमा ओरालेर अरु शक्तिलाई तर्साउनेतिर उद्धत देखिन्छ । मंसिर ७ मा जसरी सरकार प्रमुखको हैसियतमा रहेको ओलीले सडकमा परेड खेल्न थालेका छन् । यो उदेकलाग्दो छ । अहिले अर्थतन्त्रको मेलो नराम्ररी बिग्रेको छ ।

Hardik health

अर्थमन्त्रीको नामोनिशाना सुनिन्न । समृद्ध नेपालको नारा उछालेर अगाडि बढेको ओलीले चुलाचुलामा ग्यास र रेलका कुरा बिर्सिसकेका छन् । चुनावी अभियानका बेला उनले राखेका महात्वकांक्षी योजना राम्रा थिए । तर उनले यो योजना पूरा गर्न सकेनन् । यसको मुख्य कारण देशको अर्थतन्त्र पनि हो ।

हाम्रो नेतृत्वले अहिलेको अवस्थामा आएर के बुझाउन सक्नुपर्छ भने देश अर्थतन्त्रको ट्र्यापमा फसेको छ । ऋणको ब्याज तिर्न ऋणकै सहारा लिनुपर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सामाजिक सुरक्षाका कार्यक्रमहरु बढाएर सरकारले थप जोखिम मोल्नु हुन्न । बरु, जनतासँग यस विषयमा प्रस्ट भन्न सक्नुपर्छ । अफवाहलाई मलजल पुग्ने गरी टेडामेडा जवाफ दिनुको साटो प्रधानमन्त्री तहबाट पारदर्शी कुरा राख्नुपर्छ । 


अहिले जनता दुःखमा छन् । सरकारको आफ्नै दुःख छ । दुःख साझा गरे जनता पनि सरकारसँगै कामका लागि हातेमालो गर्न आउँछन् । यसले उज्वल भविष्यको मार्ग तयार हुन्छ । आफैं सत्तामा बसेर शक्ति प्रदर्शनको नाममा सडक कब्जा गर्नु अस्वाभाविक त छ नै, एमालेले गर्न लागेको ‘बेमौसमी’ प्रदर्शनको कुनै अर्थ छ्रैन ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP