Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रसाईं कित्तामा रास्वपा
प्रधानमन्त्रीमाथिको आरोपबारे छानबिन माग प्रसाईं कित्तामा रास्वपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, मंसिर ६, २०८१
  •  प्रधानमन्त्री जोडिएको विवादास्पद विषयमा छानबिन गर्नुपर्ने रास्वपाको माग
  • दुर्गा प्रसाईंको क्रियाकलाप ‘अराजक’ भएको एमालेको तर्क
  • अराजकताविरुद्ध दरबारमार्गको जागरणसभा ! 


काठमाडौं– कम्बोडियाको टेलिकम स्मार्ट एजियाटामा साढे ३२ अर्ब रुपैयाँ सेयर प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको गम्भीर आरोपपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने जनाएको छ । प्रसाईंको गम्भीर आरोपपछि छानबिनको माग गर्ने रास्वपा एक्लो दल हो । 

‘केही दिनयता सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ परेको सन्दर्भमा सत्यतथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गर्दछ,’ बुधबार जारी रास्वपाको विज्ञप्तिमा छ । प्रसाईंको आरोपलाई यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भ्रमपूर्ण दुष्प्रचार भनेको छ । त्यही आरोपमा प्रसाईंलाई सिआइबीले पक्राउ ग¥यो । उनीविरुद्ध अनुसन्धानका लागि बुधबार काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनका केही सहयोगी पनि पक्राउ परेका छन् । 

Shisir-Khanal-1732166176.jpg
अहिले प्रधानमन्त्रीज्यूमाथि गम्भीर आरोप छ । आरोपी पक्राउ परे तर आरोपी पक्राउ पर्दैमा छानबिन गर्नु हुँदैन भन्ने होइन, गर्नुपर्छ ।
शिशिर खनाल
सांसद, रास्वपा


यहीबेला रास्वपाले भने प्रसाईंसँगै उनका सहयोगीहरू पक्राउ परेपछि प्रधानमन्त्री ओलीमाथि विवादास्पद विषयमा सत्यतथ्य छानबिनको माग गरेको हो । रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीमाथि लागेको आरोप सत्य कि असत्य ? त्यसको छानबिन अनिवार्य हुने बताए । ‘आरोप लाग्यो भने छानबिन हुनुपर्छ । अहिले प्रधानमन्त्रीज्यूलाई गम्भीर आरोप छ । आरोपी पक्राउ परे तर आरोपी पक्राउ पर्दैमा छानबिन गर्नु हुँदैन भन्ने होइन, गर्नुपर्छ,’ उनले प्रभावसँग भने । 

Hardik health

रास्वपाले यसअघि प्रधानमन्त्री ओली मुछिएको झापाको गिरिबन्धु टि स्टेट प्रकरणबारे अनुसन्धान नभएको भन्दै असन्तुष्टि जनाएको थियो । ओली प्रधानमन्त्री भएपछि उक्त काण्डको अनुसन्धान प्रक्रिया नै ठप्प भएको आरोप लगाएको थियो । यहीबीच विवादित मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै ओलीले हस्ताक्षर गरेको भनिएको कागजात सार्वजनिक गरेपछि रास्वपाले प्रधानमन्त्री ओलीमाथि छानबिनको माग गरेको हो । 

एमालेले भने उक्त आरोपमाथि छानबिनको अर्थ नभएको बताएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रमको खेती गर्ने व्यक्तिले लगाएको आरोपको छानबिन नहुने बताए । बरु, रास्वपाले सभापति रवि लामिछाने पक्राउको आक्रोश पोखेको टीप्पणी गरे । ‘विनातथ्य, प्रमाण केही मान्छे भ्रम छर्छन्, त्यसलाई नै सत्य ठान्नेको ठूलो जमात छ । सत्यको परीक्षण गर्नु छैन अनि नयाँ दल भन्ने त्यसकै पछि कुद्छ, अनि कसरी छानबिन हुन्छ ? त्यो सम्भव हुने कुरा होइन,’ गौमतले भने । 

प्रसाईंले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट समेत प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै एउटा चिर्कटो सार्वजनिक गरेका थिए । त्यसलाई एमालेले भ्रामक दुष्प्रचार भन्यो । अन्ततः एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा प्रसाईं भक्तपुरको निकोसेरास्थित घरबाटै पक्राउ परेका हुन् । 

प्रसाईंले लगाएको जघन्य आरोपको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ । यसलाई लिएर एमालेले देशमा अराजकता फैलिएको जनाएको छ । त्यही भएर यही ७ मंसिरमा काठमाडौंको दरबारमार्गमा अराजकताविरुद्ध सन्देश दिन जागरणसभा गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले अहिलेको अराजकताले लोकतन्त्र कमजोर पार्ने भन्दै चिन्ता प्रकट गरे ।

‘अराजकता र लोकतन्त्र सँगै जान सक्दैनन्, अराजकता मौलायो भने अलोकतान्त्रिक तत्वले खेल्छन्,’ उनले भने । अहिले देश बन्दैन भनेर सामाजिक अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भइरहेको ज्ञवालीले बताए । अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँमा आउन खोजिरहेका उनले दाबी गरे । दुर्गा प्रसाईंको ‘फेक डकुमेन्ट’ यसको पछिल्लो उदाहरण भएको उनले बताए । 

२००६ सालदेखि परिवर्तनका मुख्य संवाहक नेपाली कांग्रेस र नेकपा एमाले नै भएका बताउँदै उनले अहिले पनि अराजकता र अस्थिरता अन्त्यको लागि दुई दल एक ठाउँमा उभिएका बताए । तर, विगतमा प्रसाईंलाई एमाले केन्द्रीय सदस्य बनाएर भने गल्ती गरेको महसुस भएको उल्लेख गरे । 

प्रसाईंलाई प्रहरीले पटके साइबर अपराधमा अनुसन्धान गरिरहेको छ । पटक–पटक उही आरोपमा पक्राउ परेका कारण अब प्रसाईंमाथि पटके अपराधमा अनुसन्धान अगाडि बढाएको सिआइबीले जनाएको छ । सिआइबी प्रवक्ता होबिन्द्र बोगटीले भनेका छन्, ‘एकपटक पक्राउ परेर अनुसन्धान भएपछि सधैंभरि उही अपराध गर्छु भन्न त पाइएन । अपराध गरिसकेपछि त अब पटके अपराधमा पक्राउ गरेर कारबाही अगाडि बढ्ने भयो ।’

सिआइबीले ओलीले कम्बोडियाको स्मार्ट एजियाटामा लगानी गरेको भन्ने दुर्गा प्रसाईंको भनाइ र त्यससम्बन्धी सार्वजनिक कथित प्रमाणलाई भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको निष्कर्ष निकालेको छ । त्यही भएर प्रथम दृष्टिमै प्रसाईंले गरेको कार्य साइबर अपराध भनेको छ । 

प्रसाईं दुई महिनाअघि पनि रास्वपाकी एक नेतृले दिएको साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा पक्राउ परेका थिए । त्यसबेला उनी धरौटीमा रिहा भएका थिए । मुद्दाको टुंगो भने लागेको छैन । यहीबेला सोही कसूरमा प्रसाईं पक्राउ परेका हुन् । एउटै अपराधमा एकपटकभन्दा बढी पक्राउ परेपछि प्रहरीले पटके अनुसन्धानअन्तर्गत सजायको माग गर्ने तयारीसमेत गरेको छ । 

पटके अपराधमा हुने अनुसन्धानलाई गम्भीररूपमा लिने गरिन्छ । अदालतलेसमेत गम्भीररूपमा नै लिने गर्छ । पटके अपराध कायम गर्दा डेढी सजायको माग हुन्छ । तर, त्यसका लागि पहिले गरेको अपराध ठहरिनुपर्छ । प्रसाईं दोषी ठहरिन बाँकी छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP