Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सामाजिक सञ्जाल साक्षरता बढाऊ
सामाजिक सञ्जाल साक्षरता बढाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ५, २०८१

विराटनगरस्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं राजनीतिक आडमै मैमत्त अगाडि बढेका थिए । कुनैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गराई मार्सीको भात खुवाएपछि चर्चामा आएको थिए उनी । पछि उनी नेकपा एमालेको केन्द्रीय सदस्य नै बने । एमाले केन्द्रीय सदस्यकै हैसियतमा राजावादी अभिव्यक्ति दिएका कारण उनलाई पार्टीबाट निष्काशन गरियो । पछिल्लोपटक सहकारीको २० लाख रुपैयाँभन्दा कम रकमको ऋण मिनाहा गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आएका उनीमाथि प्रहरीको निगरानी थियो नै ।

एमालेले निष्काशन गरेपछि राजावादी कित्तामा उभिएर उनले अहिलेका प्रधानमन्त्री ओलीको लगानी कम्बोडियाको टेलिकममा रहेको आरोप लगाउँदै आएका थिए । त्यतिबेला प्रसाईं मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलनमा रहेकाले धेरैले उनको असन्तुष्टि मनन गरेका थिए । तर पछि उनी अराजक बन्दै गए । यतिसम्म कि सर्वोच्च अदालतपरिसरमा प्रसाईं हतियारसहित पुगेका थिए । यस्ता अराजक गतिविधिमासमेत सरकारले प्रसाईंलाई उन्मुक्ति दिँदै आएको थियो ।

पछि गत असोजमा उनी एक महिलाको चरित्र हत्या आरोपमा पक्राउ परेका थिए । असोज ६ मा पक्राउ परेका उनी नौ दिनपछि एक लाख रुपैयाँ धरौटीमा छुटे । केही न केही गरेर आफू चर्चामा आउन चाहने ‘एटेन्सन सिकर’का रुपमा प्रसाईं देखिन्थे । युट्युब भिडियो र सनसनीपूर्ण अभिव्यक्ति दिएर हरेक दिन चर्चामा आउन चाहने दुर्गाले सोमबार भने प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै भिडियो र प्रमाणस्वरुप केही कागजातसमेत सार्वजनिक गरे ।

Hardik health

कम्बोडियाको स्मार्ट एक्जियटा टेलिकममा ओलीको २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गर्दै प्रसाईंले सार्वजनिक गरेका कागजान कीर्ते गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अहिले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । जसका कारण सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि घृणास्पद अभिव्यक्ति बढ्दो छ । यही मौकामा प्रसाईंले ओलीमाथि यो आरोप लगाएको देखिन्छ । 

भ्रष्टाचारबाट नेताहरु अछुत छैनन् । बेलाबेला भण्डाफोर भइरहने भ्रष्टाचार प्रकरण यसका उदाहरण हुन् । यसैमा जनताले असन्तुष्टि पोख्दै आएका छन् । तर प्रमाणविना कीर्ते कागजात बनाउनु गम्भीर अपराध हो । प्रधानमन्त्री होस् या सामान्य नागरिक, कसैमाथि पनि कीर्ते कागज बनाउनु हुन्न । प्रमाण भएमा अदालतदेखि सञ्चार माध्यमबाट प्रकाशमा ल्याउन सकिन्छ । तर, विनाधार आरोप लगाउनु पनि अपराध हो । पछिल्लोपटक सामाजिक सञ्जालमा उछृंखलता बढ्दो छ । यस्तो गतिविधि नियन्त्रणका लागि सरकारले सामाजिक सञ्जाल साक्षरता बढाउनसमेत आवश्यक देखिन्छ । 
 


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP