Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निर्णय
नेपाल–भारत सीमा सुरक्षा बैठक सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निर्णय
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, मंसिर ४, २०८१

 

  • सीमा क्षेत्रमा आगलागी र पानीजन्य प्रकोपको व्यवस्थापन तथा खोज उद्धारका लागि दुवै पक्षले संयुक्त रुपमा काम गर्ने सहमति 
  • सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष
  • दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा संयुक्त हस्ताक्षर

 

काठमाडौं– सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निर्णयसहित नेपाल–भारत सीमा सुरक्षा बैठक सोमबार सकिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग दुई दिनसम्म सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण र रोकथामबारे छलफल गरेर भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख अमृतमोहन प्रसाद सोमबार भारत फर्किएका छन् । सीमा सुरक्षामा खटिँदै आएका दुई देशको सुरक्षा संगठन प्रमुखबीच भएको छलफल र समझदारीलाई सीमापार अपराध नियन्त्रणको क्षेत्रमा अर्थपूर्णरूपमा हेरिएको छ । किनभने वर्षौंदेखि दुवै देशले झेलेको सीमापार अपराध प्रमुख समस्या हो ।

यसबारे दुवै दलका सुरक्षा संगठन मिलेर लड्ने समझदारी भएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले प्रभावसँग भने, ‘नेपाल–भारतको सीमा खुला हुँदा भारतमा अपराध गरेर नेपालमा लुक्ने अथवा नेपालमा अपराध गरेर भारतमा लुक्ने, तेस्रो देशको नागरिक आउने, सीमा क्षेत्रबाट घुसपैठ गर्ने, मानव तस्करी हुनेजस्ता अनेकन समस्या छन्, ती समस्याहरूको सम्बोधनका लागि एकीकृत रूपमा लड्ने समझदारी भएको छ ।’थापाका अनुसार बैठकले सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ नियन्त्रण र आवागमन गर्ने नेपाल–भारतका नागरिकलाई सहजीकरण गर्न सीमा क्षेत्रमा ‘इन्फरमेसन डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । हाल नेपाल–भारत खुला सीमा एक हजार ८८० किलोमिटर छ ।

Hardik health

नेपाल–भारतको सीमा खुला हुँदा भारतमा अपराध गरेर नेपालमा लुक्ने अथवा नेपालमा अपराध गरेर भारतमा लुक्ने, तेस्रो देशको नागरिक आउने, सीमा क्षेत्रबाट घुसपैठ गर्ने, मानव तस्करी हुनेजस्ता अनेकन समस्या छन् । ती समस्याहरूको सम्बोधनका लागि एकीकृत रूपमा लड्ने समझदारी भएको छ ।
शैलेन्द्र थापा
प्रवक्ता, सशस्त्र प्रहरी बल

सोही खुला सीमाको आपराधिक मनोवृत्ति भएकाहरूले फाइदा उठाउँदै आएका छन् । तर, यसपटक दुई देशका सीमा सुरक्षा बलका प्रमुखबीचको छलफलपछि भारतले तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी सीमा क्षेत्रमा खटाउन नेपालको सशस्त्र प्रहरीलाई तालिम दिने भएको छ । दुवै दलले सीमा सुरक्षालाई प्रभावकारी बनाउन ‘ज्वाइन्ट टास्क फोर्स’ गठन गर्नेबारे पनि बैठकमा छलफल भएको थियो । तर, त्यसबारे समझदारी भने भएन । हाल ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने आठ हजार ५५३ सीमास्तम्भ छन् । ती सीमास्तम्भहरूको रेखदेख, संरक्षण र हराएका सीमास्तम्भ खोजीबारे पनि बैठकमा छलफल भएको जानकारी दिइएको छ ।

दुई वर्षअघिसम्म भारततर्फ सीमा कायम गर्ने दुई हजार ७१६ वटा सीमास्तम्भ गायब थियो । केही भेटिएर मर्मत गरिएको थियो । तर, अझै अधिकांशको खोजबिन हुन सकेको छैन । करिब एक हजार ६०० सीमास्तम्भ जीर्ण र करिब दुई हजार ९०० स्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेका थिए ।पछिल्लोपटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंक र ठूलो (जंगे) स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत कार्यले पूर्णता पाएको छैन । बैठकले सीमा सुरक्षालाई प्रभावकारी बनाउन र त्यसका लागि पिलर मर्मत र सुरक्षामा दुवै पक्षले सहकार्य गरेर अघि बढ्ने पनि सहमति भएको सशस्त्र प्रहरी प्रवक्ता थापाले बताए । उनले बैठकमा सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई संगठनले सहकार्य गर्दै आएका छन् । नेपाली सीमा सुरक्षा बल सशस्त्र झण्डै ३७ हजारको संख्यामा करिब १५ हजार जनशक्ति सीमामै खटिएका छन् ।

यस्तै, बैठकबाट ११ वटा साझा एजेण्डा अनुमोदन भएको छ । साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर रहेको प्रवक्ता थापाले बताए । बैठकले सीमा सुरक्षा समन्वय बैठक वर्षमा एक पटक आलोपालो हुँदै आएकोमा अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति पनि भएको छ । यसबाहेक तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठले निस्तेज पार्न दुवै सुरक्षा संगठन सहमत देखिएका छन् । यसअघि नेपालमा भारतीय बाटो हुँदै सयौंको संख्यामा रोहिञ्ज्या शरणार्थी आएका थिए ।एक सय दिनअघि बंगलादेशमा त्यहाँको विद्यार्थी आन्दोलनले विस्थापित भएकाहरू पनि भारतको बाटो हुँदै नेपाल आएका थिए । यसलाई दुवै देशले समस्याको रूपमा स्वीकारेका छन् । तेस्रो देशका नागरिकलाई जसरी पनि रोक्न दुवै संगठनका प्रमुख तयार भएका छन् । 

नेपालमा म्यान्मारका रोहिन्ज्याबाहेक पाकिस्तानी अहमदिया, बंगलादेश, श्रीलंकासहित विभिन्न अफ्रिकी देशका शरणार्थीहरू छन् । सरकारले भुटानी र तिब्बतीलाई शरणार्थीलाई त दर्जा नै दिइसकेको छ । यसबाहेक नेपाल र भारतबीच घरिघरी बल्झिने सीमा समस्या हो । यसलाई सम्बोधन गर्न नेपालतर्फ सशस्त्र प्रहरीका २४४ स्थानमा सीमा सुरक्षार्थ बिओपी तैनाथ छन् । भारततर्फ ४०० भन्दा बढी स्थानमा एसएसबीका युनिट छन् ।

अब भने सशस्त्र प्रहरीले भारतीय एसएसबीलाई विपद्सम्बन्धी तालिम दिने भएको छ । सीमा क्षेत्रमा आगलागी र पानीजन्य प्रकोपको व्यवस्थापन तथा खोज उद्धारका लागि दुवै पक्षले संयुक्त रुपमा काम गर्ने सहमति भएको छ । हाल भइरहेको संयुक्त सीमा गस्तीलाई बढाएर काममा प्रभावकारिता बढाउने पनि सहमति भएको छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:२०
#सीमा_सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP