Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ३, २०८१

काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।  केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्यांकन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । 

गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखांकन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए । बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल रु छ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् । 

Hardik health

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, आव २०८०/८१ मा वाणिज्य बैंकको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रु पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ । 

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रु ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रु आठ खर्ब चार अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । 

आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिती रु २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आव २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रु एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रु १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रु १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो । सो आवमा सरकारको अन्य प्राप्ति समेत गरी रु १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कूल सरकारी खर्च रु १४ खर्ब आठ अर्ब दुई करोड रहेको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन आइतबार, कात्तिक २, २०८२
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत आइतबार, कात्तिक २, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक आइतबार, कात्तिक २, २०८२
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना आइतबार, कात्तिक २, २०८२
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक शुक्रबार, असोज ३१, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP