Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • फरेष्ट्री मलेसियन गाइडहरूले लिए प्रशिक्षक तालिम
फरेष्ट्री मलेसियन गाइडहरूले लिए प्रशिक्षक तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २, २०८१

काठमाडौं-  मलेसियाका तीन सुपरीवेक्षेकसहित १८ फरेष्ट्री मलेसियन गाइडहरूले ‘प्रशिक्षक तालिम पाठयक्रम’ लिएका छन् । आइतबार काठमाडौँको बसेरा होटेलमा एक पत्रकार सम्मेलन गरी नेपाल पर्वतारोहण एकेडेमी/पर्वतीय प्रशिक्षण प्रतिष्ठान र फरेष्ट्री डिर्पाटमेन्ट अफ पेनिन्सुलर मलेसियाको सहकार्यमा १० दिने प्रशिक्षक तालिम सम्पन्न भएको हो । 

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का,नेपालका लागि मलेसियाकाे राजदुत मोहम्मद फिरदौस बिन आजमान, नेपाल पर्वतारोहण एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पा र एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले सयुंक्त रूपमा तालिम लिएका मलेसियन गाइडहरूलाई प्रमाणापत्र र चिनाेस्वरूप करूवा प्रदान गरेका थिए ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल पर्वतीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।  उनले सुरक्षित र दिगो हिमाली पर्यटन सुनिश्चित गर्न तथा दक्ष जनशक्ति उत्पादनमा पर्वतीय प्रशिक्षण प्रतिष्ठानले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । तालिमले दीर्घकालीन पर्यटन विकासमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।  मन्त्री खड्काले यस्ता तालिमले नेपाल र मलेसियाबीचका सम्बन्धलाई थप सुदृढ बनाएको बताए । यस्ता पहलले हिमाली पर्यटन प्रवद्र्धन मात्र होइन अन्तर्राष्ट्रिय सहयोगलाई समेत बढावा दिने मन्त्री खड्काले बताउँदै भने भविष्यमा मा पनि यस्ता सहकार्य गर्न नेपाल तयार रहनेछ  ।

nammalye-1731836159.jpg

Hardik health

 

गाेदावरी र नगरकाेटमा भएकाे उक्त तालिममा प्राविधिक सहयोग नेपाल नेशनल माउटेन गाइड अशोसियसनले गरेको थियो ।  उनीहरू नेपाल आफ्नै खर्चमा सो तालिम लिएको नेपाल पर्वतारोहण एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले बताए । उनले  भने ,“तीन जना सुपरीवेक्षेकसहित १८ जना मलेसियाको फरेष्ट्री माउटेन गाइड अशोसियन (Forestry Mountain Guide Association) का गाइडहरू हुन् । उनीहको आवश्यकतामा आधारित भएर हामीले पाठयकरम बनायो ।त्यसको आधारमा हामीले तालिम दिएका हौं । “उनीहरूलाई कार्तिक २३ गतेदेखि मंसिर २ गतेसम्म (November 8th to 17th ,2024)सैदान्तिक र व्यहारिक शिक्षा दुवै तालिम दिएको हो ।  यसमा चाहिँ हामीले विभिन्न विशेय विज्ञहरूलाई तालिम दियौं ” उनले  भने ।

MALE-1731834808.jpg
“पर्वतारोहण ट्रिप व्यवस्थापन कसरी गर्ने, मेट्रोलोजी, सेफ्टीका कुराहरू रेस्क्यु लगायतका कुरा रूसिकाइको थियो । यस्ता धेरै कुराहरू समेटीएर हामीले उनीहरूलाई तालिम दिएका थियौं । “यसरी विदेशीहरूलाई नेपालमा तालिम चाहिँ हामी पहिलो पटक दिएका हौं । अब आउने दिनमा पनि यसैगरी अरू तालिमहरू संचालन गर्ने हाम्रो सोच छ । उनीहरू नेपाल आएर यति दिन सिके, एक किसिमको नेटवर्क बन्यो । यसले नेपालको पर्यटन क्षेत्रमा मलेसियन पर्यटकहरूलाई ल्याउनका लागि थप मद्दत पुर्याउँछ ” उनले  बताए  । 

“हालै मलेसियनहरूलाई दिएकाे तालिमद्वारा आगामी दिनहरूमा पनि नेपाल त्यस्ता तालिमका लागि नेपालमा पर्यटकहरू ल्याउन भित्र्रयान सक्ने उनले बताए ।  मलेसियाबाट मात्र नभएर विभिन्न देशहरूका नागरिकहरूलाई नेपाल ल्याउन सक्छौं । अन्य देशका नागरिक जो यस्ता किसिमका तालिम लिन चाहान्छन् उनीहरूलाई पनि नेपालमा आउने बाटो खोलिएको छ । यो हाम्रो लागि गर्वको कुरा पनि हो । किनभने हामीले एउटा तालिम पनि दिन पयाैँ। यसका लागि उनीहरूले पुरै पैसा पनि तिर्ने भएकाले हामीलाई आर्थिक रूपमा केही न केही रूपमा सहयोग मिलेको छ । यसमा हाम्रा प्रशिक्षकहरूले उनीहरूलाई तालिम दिन पनि पाए । यसरी यस्ता तालिमहरू दिन सके भने हामीलाई पनि राहत हुन्छ । ”एकेडेमीका कार्यकारी निर्देशक राईले बताए । 

male-nma-1731834808.jpg
अर्काे कुरा के थाहा पायाैँ भने मलेसिया एक मुस्लिम देश हाे  । उनीहरू हलाल खाना खाने गरेकाेले विशेष किसिमको खानाका व्यस्थाहरू गर्नु पर्ने देखिन्छ ।  हलाल खानाहरूको कसले प्रमाणित गर्ने भन्ने कुराहरू छन् । त्यो किसिमको उनीहरूको चासो छ । उनीहरू त हलाल खाना मात्र खान्छन् । यदि यी कुराहरूको व्यवस्ता भए, हाम्रो देश नेपालमा मलेसियन पर्यटकहरू धेरै भन्दा धेरै भित्र्याउन सक्छौं, ल्याउन पनि सकिन्छ ,भन्रे उनीहरूको भनाइ छ ।

यसैगरी मलेसिया फरेस्ट्री माउन्टेन गाइड एशोसियसनका अध्यक्ष तथा फरेस्ट इको पार्क एण्ड स्टेट पार्क फरेस्टका निर्देशक मोहम्मद युसैनी बिन मोहम्मद युसोपले नेपालमा आएर पर्वतारोहणसम्बन्धी तालिम लिन र दिन पाएकोमा खुसी भएको बताए ।

yusuf-1731834757.jpg
 

उनले भने , ‘मलेशियामा फरेस्ट माउन्टेन गाइडको लागि प्रशिक्षकको प्रशिक्षण निकै महत्वपर्ण भएकाले हामी यहाँ आएका हौँ । विशेष त  उच्च स्तरको पहाड जान्नका लागि हामी यहाँ आएका हौँ । हाम्रो देशमा भएको गरिबीपनालाई पनि निमुल पार्न मद्त पुग्नेछ ।  सरकारले पनि यस कुरामा जोड दिएर आर्थिक सहयोग दिँदै पनि आएको छ ।’आरोहण क्षेत्रमा धेरै संकट र घटना हुन भएकाले मलेसियामा न्यूनीकरण गर्न चाहन्छौं । यो तालिमले धेरै सहयोग पुग्ने उनले बताए । युसोपले भने, ‘मलेसियाली सरकारले पनि सेफ्टी गाइड बनाउन थप योजना बनाउने योजना राखेको छ र हामी त्यसको लागि पहल पनि गर्नेछौँ । ’

उक्त कार्यक्रममा पर्वतीय प्रशिक्षण प्रतिष्ठान क्याम्पस प्रमुख शिवप्रसाद जैसी र नेपालस्थित मलेसियाका राजदूतावासका कर्मचारी, पत्रकारहरूको सहभागिता रहेको थियो ।


 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव शुक्रबार, मंसिर १९, २०८२
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन शुक्रबार, मंसिर १९, २०८२
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि बिहीबार, मंसिर १८, २०८२
विदेशी नागरिकको ट्रयाकिङ  पुसदेखि गरिने
विदेशी नागरिकको ट्रयाकिङ पुसदेखि गरिने बिहीबार, मंसिर १८, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै बुधबार, मंसिर १७, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP