Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विद्युत् व्यापारमा ऐतिहासिक फड्को 
विद्युत् व्यापारमा ऐतिहासिक फड्को 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २, २०८१

‘गरे के हुँदैन ?’ भन्ने उदाहरण बन्दै छ मुलुकको विद्युत् क्षेत्र । शुक्रबार बंगलादेशमा विद्युत् निर्यातको शुभारम्भ गरेसँगै यो क्षेत्रले ठूलो आशा जगाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार ११ घण्टामा ४० मेगावाट विद्युत् बंगलादेशमा सफलतापूर्वक निर्यात गरिएको हो । बंगलादेशलाई विद्युत् निर्यात गरेको दिन कात्तिक ३० गते शुक्रबार मुलुकको लागि ऐतिहासिक दिन हो ।

किनभने केही वर्षअघिसम्म मात्र मुलुक लोडसेडिङको चरम अवस्था बेहोर्न बाध्य थियो । भारतबाट विद्युत् आयात गरेर पनि माग धान्नसक्ने अवस्था थिएन । दैनिक १८ घण्टाभन्दा बढी लोडसेडिङ बेहोरेका नेपाली जनता अहिले बिजुली बेच्न थालेको, त्यो पनि तेस्रो मुलुकमा भन्ने सुन्दा अचम्मित हुनु स्वाभाविक हो । यद्यपि, भारतमा यसअघि नै बिजुली निर्यात गर्दै आएको हो । भारतकै प्रसारणलाइनमार्फत बंगलादेशलाई नेपालको बिजुली निर्यात सुरु हुनु पक्कै पनि ऐतिहासिक अवसर हो । 

विद्युत् व्यापारमा यो ऐतिहासिक फड्को मार्ने काम सहजै भएको भने होइन । यसमा छिमेकी मुलुक भारतको सहयोगलाई सम्मान गर्नैपर्छ । किनकि, सीमा नजोडिएको बंगलादेशलाई बिजुली बेच्न भारतको भूमिबाहेक विकल्प छैन । भारतले आफ्नो प्रसारणलाइनमार्फत बिजुली बंगलादेश पठाउन दिएको सहमतिले छिमेकीप्रति उसको उदारताको रुपमा लिन सकिन्छ । 

यो कार्य सम्भव तुल्याउन विगत छ वर्षदेखि नेपालले निरन्तर प्रयास गर्दै आएको हो । बंगलादेशमा विद्युत् निर्यात भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै सम्भव भएको हो । नेपाल, बंगलादेश र भारतबीच गत १७ असोजमा त्रिपक्षीय विद्युत् व्यापार सम्झौता भएको थियो । सोहीअनुसार शुक्रबार ११ घण्टा विद्युुत् बंगलादेशलाई निर्यात गर्दा नेपालले ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ । 

बंगलादेशमा निर्यात गरिएको विद्युत् २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट हो । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले पाँच महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुन्छ, त्यो भनेको दुई अर्ब रुपैयाँ हो । नेपालले बंगलादेशलाई विद्युत् बेच्ने भनेको हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म हो । अर्थात् नेपालको विद्युत् हरेक वर्षायाममा मात्रै बंगलादेश निर्यात हुने छ, त्यो पनि पाँच वर्षसम्म हो ।

प्राधिकरणका अनुसार हिउँदयाममा भने नेपालकै आन्तरिक माग धानिँदैन । त्यसका लागि  भारतबाट आवश्यक विद्युत् आयात गर्नुपर्ने अवस्था छ । वर्षायाममा भने आवश्यकताभन्दा बढी विद्युत् उत्पादन हुने हुनाले तेस्रो देशमा निर्यात थालिएको हो । अहिले थुप्रै विद्युत् आयोजनाहरु निर्माणाधीन छन् । केही सम्पन्न हुने क्रममा भएकोले निरन्तर विद्युत् निर्यात हुने आशा गर्न सकिन्छ । एक पटक निर्यात गरेर खुसी मनाउने मात्रै होइन, यसलाई निरन्तरता दिँदै निर्यातको मात्रा बढाउन सके आर्थिक समृद्धिको सपना साकार हुने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप सम्पादकीय
इजरायल–इरान द्वन्द्वबाट नेपाली नागरिक बचाऊ
इजरायल–इरान द्वन्द्वबाट नेपाली नागरिक बचाऊ सोमबार, असार २, २०८२
सहमतिमा सामसुम नबनाइयोस् ‘भिजिट भिसा’ प्रकरण
सहमतिमा सामसुम नबनाइयोस् ‘भिजिट भिसा’ प्रकरण आइतबार, असार १, २०८२
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा ध्यान देऊ
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा ध्यान देऊ बिहीबार, जेठ २९, २०८२
उपभोक्ताको अधिकारमा ध्यान देऊ
उपभोक्ताको अधिकारमा ध्यान देऊ बुधबार, जेठ २८, २०८२
जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’ 
जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’  सोमबार, जेठ २६, २०८२
सदनलाई बन्धक नबनाऊ
सदनलाई बन्धक नबनाऊ आइतबार, जेठ २५, २०८२
वातावरण संरक्षण अभियान, एक दिन हैन हरेक दिन
वातावरण संरक्षण अभियान, एक दिन हैन हरेक दिन शुक्रबार, जेठ २३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP