Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • द्वन्द्व बढाउने विकास बन्द गर
द्वन्द्व बढाउने विकास बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २५, २०८१

सुदूरपूर्वी जिल्ला ताप्लेजुङको प्रमुख तीर्थस्थल मुकुम्लुङ आदिवासी लिम्बू समुदायको आस्थाको केन्द्र रहेकोमा दुईमत छैन । अझै पनि कतिपय लिम्बूहरू आफ्ना सन्तानलाई आशीर्वाद दिँदा ‘मुकुम्लुङजस्तै शीर उचोस होस्’ भन्छन् । यसले पनि आदिवासी लिम्बू समुदायको मुकुम्लुङसँगको आस्था प्रस्ट झल्किन्छ । तर, हिन्दूहरुले पाथीभरादेवीको रुपमै पुज्दै आएका छन् । लिम्बू अगुवाहरू भने मुकुम्लुङलाई पछि हिन्दूकृत गर्दै पाथीभरादेवी भनिएको बताउँछन् । पाथीभराकै नामबाट हाल मुकुम्लुङ चर्चित छ । 

यसपछि आदिवासी लिम्बू जातिका देशदेशावरमा रहेका बुद्धिजीवि युवाहरूले ‘लिम्बुवान स्प्रिङ’ आन्दोलन चलाए । यसको एउटै मक्सद भनेको मुकुम्लुङ नाम पुनःस्थापित गर्ने । जुन संघर्ष अझै जारी छ । यहीबेला एक जना व्यवसायीलाई पोस्ने गरी मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न शुक्रबार बल प्रयोग गरेरै शिलान्यास गरिएको छ । आदिवासी जनजातिको धार्मिक तथा सांस्कृतिकस्थलमा कुनै पूर्वाधार निर्माण गर्नुपरे स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी कायम गर्नुपर्नेमा त्यसो नगर्दा आन्दोलित आदिवासी लिम्बू युवाहरू प्रतिरोधमा उत्रिए र झडपको स्थिति सिर्जना भयो । झडपमा केही घाइते भएका छन् । यो अत्यन्त दुःखद् घटना हो ।

आदिवासी लिम्बू जातिको क्षेत्रमा उनीहरूसँग स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी कायम नगरी बलजफ्ती केवलकार निर्माण कार्य अघि बढाउनु नेपालसमेत पक्ष राष्ट्र भएको आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रविरुद्ध हुने देखिन्छ । यो आदिवासीमैत्री विकासको अवधारणाविरुद्धको कदम हो । जुन रोकिनुपर्दछ । त्यसो गरिए सम्भावित द्वन्द्व टर्छ । होइन भने द्वन्द्व थप बढ्ने निश्चित छ ।

Hardik health

द्वन्द्वको विजारोपण सरकारबाटै भएको छ । स्थानीय सरकार पनि व्यवसायीको प्रभावमा परेको प्रस्ट देखिन्छ जुन राम्रो होइन । स्थानीयको विरोध हुँदाहुँदै जबरजस्ती केबलकार निर्माण कार्य अगाडि बढाइनुमा द्वन्द्व बढाउने नियत देखिन्छ । फेरि, केवलकार निर्माणले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मर्मविरुद्ध पनि प्रहार गर्छ । किनभने मुकुम्लुङ क्षेत्रमा धार्मिक पर्यटन उद्योगसँग जोडिएका कम्तीमा ५०० श्रमिकले रोजीरोटी गुमाउने छन् । उनीहरू मुकुम्लुङको फेदीबाट मुकुम्लुङसम्मै हिँड्न नसक्ने तीर्थालुलाई बोकेर पुर्‍याउँछन् । तीर्थालुको तौलअनुसार ज्याला लिन्छन् । यसरी गर्जो टाने आदिवासी लिम्बूसहित स्थानीय समुदायका मानिसहरू छन् । केवलकार निर्माणले उनीहरूको रोजगारी गुम्ने छ । सुकेटारदेखि माथि फेदी आसपाससम्मकै व्यापार चौपट हुने छ, जहाँ आदिवासी लिम्बूसँगै अन्य स्थानीय समुदाय नराम्ररी प्रभावित हुने छन् ।

स्थानीयको विरोधलाई ‘विकास विरोधी’ मात्रै ठान्नु यहाँ ठूलो गल्ती देखिन्छ । स्थानीयको सहमतिविनाको विकासले विनासमात्र निम्त्याउँछ । त्यसैले मुकुम्लुङ (पाथीभरा)मा केबलकार योजना बल प्रयोग गरेरै अगाडि बढाउने कार्य तत्काल बन्द गरिनुपर्छ । धार्मिक द्वन्द्व र जनधनको क्षति हुने अवस्था आउन नदिन सरोकारवाला सबैपक्ष जिम्मेवार र सचेत बन्न जरुरी छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP