Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • पाकापुस्ताको भरमा ‘मारुनी नाच’
पाकापुस्ताको भरमा ‘मारुनी नाच’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २३, २०८१

स्वर्गद्वारी -  प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउँछन्। उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूताको जस्तै छ । गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्यूठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुगे ।

पुनले आफूले जान्ने भएदेखि बाबुबाजेका साथमा मारुनी देखाउन थालेको बताए । गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समूह गठन गरेर गुरुमुखेको रुपमा मारुनी प्रदर्शन गरिन्छ । पूजाआजा, गाउँमा देउसीभैलोसँगै, जिल्लामा हुने सरायँ मेला, भाइटिकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिदा मगर समुदायमा तिहारमा गरिने छैँठीको प्रकार), छैँठी, आमन्त्रण गरिएका देवालीहरूमा मारुनी प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए ।

“मारुनी पछिल्लो समय सङ्कटमा पर्दै गएको छ, युवापुस्ता वैदेशिक रोजगारी, पेसा व्यवसाय तथा शिक्षाको सिलसिलामा गाउँ बाहिर तथा विदेश जाने गरेकाले गाउन र नाच्न रहर गर्ने युवा भेटिँदैन”, पुनले भने, “केहीलाई साथमा लिएर सिकाउने गरेका छौँ तर उनीहरू पनि कतिबेला विदेशिने हुन् ठेगान छैन ।” गाउँबाट टाढाटाढा नाच देखाउन जान यातायात, आभूषणको पर्याप्त व्यवस्था भए पनि युवा शक्ति नहुँदा समस्या भएको उनको भनाइ छ । पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरिएको उनले अनुभव सुनाए ।

प्यूठान–६ माझकोट निवासी शिक्षकसमेत रहनुभएका मादले पोषण पुनले सिङ्गारु (महिला वेष), पूरसुङ्गे (पुरुष) एक/एक र मादले दुई गरी चार जनाले नृत्य गर्ने बताए । माझकोटमा दसैँको अष्टमीमा बृद्धिकोटमा समुद्र बाँध्ने (मारुनी सुरुको प्रथम चरणमा देवदेवीको नाम पुकारी नाच्दै मारुनी सुरु गरिने), दसँैको पूर्णिमामा प्यूठान–७ बखडी, डल्लेमा मौलो मान्नका लागि ल्याइने, तिहारमा देउसीभैलो, पूजा, पुरभुरे, देवालीमा मारुनी प्रदशर्नी गर्न लगेर पुस मसान्तभित्र मारुनी विसर्जन गर्ने प्रचलन रहेको पुनले जानकारी दिए । 

Hardik health

उनका अनुसार मारुनीमा कृष्ण चरित्र, रामायण, महाभारत, मायाप्रेमका कथा, नारीहरूको वेदना, खुसियाली, बालापन, समय अनुसारका गीत (भाले बास्ने, घाम झल्कने, दिउँसो, साँझ, राति, मध्यराति, बिहानी समय), सन्यासीका कुरालाई मारुनीको तालमा गाइन्छ । “सबै गीतहरू गाउने हो भने एक महिना लाग्छ, लिपिबद्ध छैनन्, सम्झीसम्झी गाउनु पर्छ । युवापुस्तामा सिक्ने समय र चाहना नै छैन”, पुनले भने, “खर्चिलो, बढी समय लाग्ने हुँदा नयाँ पुस्ताले चासो दिँदैनन् । परम्पराले अहिलेसम्म निरन्तरता पाउुको कारण पुरानै पुस्ता नै हो ।”

मारुनीमा सोरठी, झुमरा, चुड्का, बाटाताललगायत फरकफरक तालका नृत्य प्रस्तुत हुन्छन् । पुनका अनुसार मारुनी विसर्जन गरेपछि मादल, खाँकर, मुजुरा, बाँसुरी एक वर्ष बजाउन मिल्दैन् । “गीत निकाल्ने मारुनीको मुख्यलाई प्यूठानमा गुरमुखे भनिन्छ । ‘मारुनी’ नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्छ”,उनले भने । 

पहिला पूजा, न्वरान, छैँठी, देवाली, मेलामा अनिवार्यजसो मारुनी नाचिने गरेकामा पछिल्ला वर्षहरूमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको मादले पुनले बताए । ठूला सांस्कृतिक कार्यक्रम, महोत्सवमा संस्कृति जोगाउन पनि मारुनी नाच्ने गरिएको उनको भनाइ छ । 

समूहमा नाच्ने व्यक्तिले गुनियो, चोली, पटुका, गरगहना, घलेक, घाँगर, घाँगरी, मुजेत्रो लगाउने चलन रहेको मारुनीका जानकार लीला पुनले बताए । मगर संस्कृति संरक्षण मञ्च गठन गरी विसं २०७८ देखि मारुनी नाच प्रदर्शनी गरेका उनले युवापुस्ताले चासो नदिँदा यसवर्ष मारुनी देखाउन नसकिएको उल्लेख गरे। 

“तिहारको लक्ष्मी पूजाका दिनदेखि सुरु गरेर माघी पर्वलाई बिदा गर्दै मारुनी विसर्जन गर्ने चलन थियो । अहिले लामो समयसम्म खट्ने युवा भेटिएनन्”, पुनले भने, “गत वर्ष नाचेका मारुनी यस वर्ष शारीरिक समस्याका कारण नाच्न सक्नुभएन ।” पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति नहुँदा कहिलेकाही मेला, महोत्सव तथा विविध कार्यक्रममा मात्रै सीमित बनेको उनले बताए । परम्परागत संस्कृति संरक्षणमा सरोकार भएका निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश स्थानमा मारुनी नाच लोप हुँदै गएको जानकारहरू बताउँछन् । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की शुक्रबार, असोज ३, २०८२
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन शुक्रबार, असोज ३, २०८२
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत शुक्रबार, असोज ३, २०८२
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा
दिक्तेलका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP