Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • क्रस कन्ट्रीको तयारी अन्तिम चरणमा
क्रस कन्ट्रीको तयारी अन्तिम चरणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २३, २०८१

गण्डकी - तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुनेभएको हो ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गरे । प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन् ।

प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिए । उनका  अनुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने भएको छ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् ।

Hardik health

त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र रु ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिए । च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले रु एक लाख १४ हजार पाउने छन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले रु ७६ हजार चार सय पाउनेछन् ।

प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई रु ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई रु १९ हजार एक सय नगद प्रदान गरिनेछ । विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले रु २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले रु २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि रु १०/१० हजार प्रदान गरिनेछ । ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ ।

यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि रु १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिए । कूल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ । टिम समूह दौडका लागि १७ वटा नेपाली र चार वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको पहारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले पोखरासहित नेपाललाई पर्यटकीय रुपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । नेपालका लागि चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यो कार्यक्रमले थप योगदान गर्ने बताए । दुई देशका नागरिकबीचको सम्बन्धलाई यसले सुमधुर बनाउने उहाँको भनाइ छ । पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिमल्सिनाले पोखरासहित समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने बताउँदै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने धारणा राखे । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP