Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #मैथिली_भाषा
  • #कञ्चनपुर
  • #तरकारीमा खानै नहुने मात्रामा विषादी
  • #नेपाली_महिला_क्रिकेट
  • #धुलिखेल_साँगा_ सडक
Search Here
समाचार
  • Home
  • समाचार
  • सुस्ताको सास्ती
सुस्ताको सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ७, २०८१

नवलपरासी -   “हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात “हामी नेपाली भए पनि नागरिकता छैन । अनि लालपुर्जा पनि । नागरिकता लिएर मर्न मन छ । के हुन्छ खै हेरौं  ।” यो गुनासो हो, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्ता गाउँका स्थानीय इन्द्रजित लोनियाको । उमेरले पनि ७० वर्ष नाघिसक्यो । नागरिकता कुर्दाकुर्दै उमेर पनि ढल्किसक्यो । 

अझै पनि पाइन्छ कि भन्ने आशा मरेको छैन उनीको छ । उनीसँग लालपुर्जा पनि छैन । यसले पनि उनलाई पिरोलिरहन्छ । “लालपुर्जा र नागरिकता पाए त मर्ने बेलामा पनि शान्तिले सास जान्थ्यो कि” उनी भन्छन् ।  जीवन कष्टकरमै बितेको उनी सुनाए । भन्नेबित्तिकै सीमा कटेर भारत आवतजावत गर्न सहज त्यति नहुने र नेपाल जोड्ने पुल समेत नहुँदा निकै सास्ती भोग्नुपरेको उनीको गुनासो छ । “यहाँ वर्षौंदेखि बिजुली थिएन, अन्धकारमा नै बित्यो, अहिले त हाम्रो बस्ती झलमल भएको छ,” केही खुसीको भावमा उनी भन्छन्, “अहिले त सुस्तामा पुल पनि बनिसक्यो, अब केही हुन्छ कि ?” 

यसअघि नवलपरासी (पश्चिम) स्थित नारायणी नदीमा गाउँ पुल थिएन । सुस्तामा पुल नहुँँदा ज्यानै जोखिममा राखेर वारपार डुङ्गामा वारपार गर्नुपर्दा गुजारा गर्न नै गाहे हुने गरेको अनुभव सुनाउनुहुन्छ सुस्ताकै मराक्षीदेवी लोनिया । “यहाँ हामी उखु रोप्थ्याैँ तर बिक्दैनथ्यो । डुङ्गाबाट वारपार गर्दा लड्ने डर हुन्थ्यो, भारतले पनि हाम्रो उखु किन्दैनथ्यो,” उनी सुनाए, “धेरै गाहो भएको थियो । बल्ल पुल बन्यो, अब त पहिला जस्तो सास्ती नहोला ।”केही वर्ष पहिले डुङ्गा पल्टेरै उनीको देवरको ज्यानै गएको थियो । त्यसपछि डुङ्गामा नदी वारपार गर्न उनीलाई सधैँ डर लाग्ने गर्दछ ।

“त्यसपछि म त पारी नेपालसम्म नै जान डर मान्थेँ । केही प¥यो भने भारत जाने हो,” उनी भन्छन्, “अब त पुल बनेको छ, पुल तरेर पारी नेपाल जानेछौँ ।” मनभरि नेपालको माया छ तर नेपाली भन्ने प्रमाण छैन उनीसँगै । पुल बनेपछि खुसीले गद्गद् भएकी लोनियालाई अब नागरिकता पाए हुन्थ्यो भन्ने लाग्छ । 

गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल सुस्ता पुग्नु भई झोलुङ्गे पुलको उद्घाटन गरिरहँदा सुस्तावासीले आफ्नो वर्षौंदेखिको सपना पूरा भएको अनुभव गरिरहेका थिए । अब आफूहरुले नागरिकताको विषयमा भोग्नुपरेको सास्तीको विषयमा राष्ट्रपतिले केही बोल्दिए हुन्थ्यो भन्ने आशा बोकेर कार्यक्रमस्थल आइपुगेका थिए , लोनिया । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “ढुक्क हुनुस् तपाइँहरुलाई नागरिकता र लालपुर्जा दुबै दिन्छौँ ।” उपस्थित सर्वसाधारणहरुबाट खुसीले गडगडावट रुपमा बेस्सरी ताली बजेको थियो । 

लोनियालाई नेपाली भाषा बोल्न आउँदैन । बुझ्न पनि बुझ्नुहुँदैन ।  भन्छन्, “हमरा सरकार काकहत बानी, हमके सम्झादेइ । अर्थात हाम्रो सरकारले के भन्नुभएको हो ? मलाई बुझाइदिनुस् त ।” छेउमै बस्नुभएका इन्दजित लोनियासँग सोध्नुहुन्छ उनी । जवाफमा इन्दजित भन्छन्, “नागरिकता देहेके कहत बानी अर्थात नागरिकता दिन्छु भन्छन्,”
अनि मुसुक्क मुस्कुराउन्छन् लोनिया । सायद वर्षौंदेखि नपाएको नागरिकता अब पाइन्छ कि भन्ने विश्वासले होला । उनी भन्छन्, “हमार सरकार हमन्के यहाँ आइलबानिजा । हमन्के बहुत खुसी बानिजा । हमन्के लिए बहुत अच्छा काम कइलिजा । विद्युत भि ल्यान  देहनी जा । पुल भी बना देहनी जा । हमनके बहुत खुसी बानिजा । हमन्के लिए नागरिकता और लालपुर्जा मिल्जातते और खुसी होतिजा । अर्थात हाम्रो सरकार पनि यहाँ आउनुभएछ । हामीलाई धेरै खुसी लागेको छ । हाम्रो लागि राम्रो काम गर्दिनुभयो । विद्युत पनि ल्याइदिनुभएको छ । पुल पनि बनाइदिनुभएको छ । हामी धेरै खुसी छौँ । हाम्रो लागि नागरिकता र लालपुर्जा दिलाइदिनुभयो भने अझै धेरै खुसी हुन्थ्यौँ,” सुस्ता क्षेत्रसमेतको संसदमा प्रतिनिधित्व गर्ने विनोद चौधरी नवलपरासी पुग्ने बित्तिकै उनीलाई घेरा हाल्नेको भीड हुने गर्छ । कोहीले नागरिकता, कोहीले लालपुर्जा, कोहीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका समस्याहरु व्यक्त गर्दै थिए  सांसद चौधरीसँग ।

“सरकार हमन्के दुः ख बुझ्देहन जा नाही नाही कहिके मिलि अर्थात सांसदज्यू हाम्रो दुःख बुझ्दििनु है । हुन्न नभन्नु होला ।” बिधौती हरिजनले सांसद चौधरीलाई गनभएको आग्रह हो यो । “ठीक हे चिन्ता मत करे । निचिन्त रहिए, मैं आफ्के साथ हुँ अर्थात हुन्छ । चिन्ता नगर्नुस् । ढुक्क हुनुस् म तपाईहरुकै साथमा छु” सांसद चौधरीले आश्वासन दिनुभयो । सांसद चोधरी भन्छन्, “उनीहरुको मागलाई संसदसम्म पुर्‍याउनेछु, ठेक्का सम्झौता भएर पनि लामो समयसम्म बन्न नसकेको सुस्ताको पुल मेरै पहलमा आजसम्पन्न भएर प्रयोगमा आएको छ । अरु समस्या विस्तारै समाधान हँुदै जानेछ ।” पुल बनेपछि अब त ज्यानै जोखिममा राखेर डुङ्गाको यात्रा गर्नुपर्ने दिन सकियो भनेर खुसी देखिन्छन्, सुस्ताकै मीना चौधरी ।

“हामी नेपालसँग जोडिन पाएका थिइनौ, कहिले खोलामा भेल आउथ्यो पारी नेपाल जानै पाइँदैनथ्यो, रातिको समयमा डुङ्गा चल्दैनथ्यो” उनी भन्छन्, “पुल बनेको छ, अब त हामीलाई पहिलाको जस्तो सास्ती छैन ।” सुस्तालाई पनि अरु नेपालको भूमीलाई जस्तै माया गरेर सेवा सुविधाबाट बञ्चित नगराइदियोस् सरकारले भन्ने लाग्छ उनीलाई । “हामी पनि त नेपाली नै हाँै, हामीलाई पनि शिक्षा स्वास्थ्य  जस्ता सुविधा पाउने हक त छ नि,” मीना भन्छन्, “लामो समय अन्धरकारमै गुजारा गरेका थियौँ, अहिले झलमल बत्तीमा बस्न पाएका छौँ, अब चाहीँ अरु सास्तीबाट मुक्ति हुन पाए हुन्थ्यो झैं लाग्छ ।”रामबृक्ष चमारको पनि उही नै गुनासो छ । लालपुर्जा छैन । आफूले त कष्ट काटे पनि छोरी, नातिको पालामा सुख भइदिए पनि हुन्थ्यो झैं लाग्छ । सुस्तामा जोडिएको पुलले केही आशा त जगाएको छ उनीलाई । उनी भन्छन्, “अहिले पुल बनेको छ, पारी ओहोरदाहोर गर्न पाइएको छ, अब अरु माग पनि पूरा होला कि भन्ने आशा छ ।” अब लालपूर्जाहरु पनि समयमा नै पाउन पाए हुन्थ्यो झैँ लाग्छ उनीलाई । नागरिकता नपाउँदा राज्यबाट पाउनुपर्ने कुनै पनि सुविधा पाउन नसक्दा अझै मन विचलित छ उनीको । “हामी पनि नेपाली हौँ हामीलाई पनि नागरिकता चाहिन्छ भनेका छौँ” चमार भन्छन् । 

नवलपरासी जिल्लाको भूमि आयोगका अध्यक्ष, देवराज भण्डारीले सुस्ता पारीको हकमा मात्रै लालपूर्जामा समस्या रहेको बताएका छन्  । सीमा विवाद नटुङ्गिएसम्म समस्या रहेको र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका क्षेत्रमा छुट्टै ऐन लागू हुने भएकाले लालपुर्जाको समस्या समाधान गर्न चुनौती रहेको उनीको भनाइ छ । “नवलपरासी पश्चिमका २२ हजारसँग लालपूर्जा नै छैन, पश्चिम क्षेत्र नं. १ मा १४ हजार जानको हाराहारीमा लालपुर्जा छैन,” उनी भन्छन्, “सांसद चौधरीको पहलमा जग्गा वितरण गर्ने कार्य सुरु भए पनि आयोग विघटन भएपछि काम रोकिएको छ ।”उनीका अनुसार लालपुर्जाको समस्या विषेशगरी सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिकामा देखिएको छ ।

सम्पर्क तथा भू–आर्जन कार्यालय गण्डक योजना, वाल्मिकी नगर, नवलपरासीकी  सम्पर्क तथा भू–आर्जन आधिकृत कमला पराजुली (तिवारी) ले सुस्ताबासीले नागरिकता, शिक्षा, सुरक्षा, स्वास्थ्य, लालपूर्जा, रोजगारीलगायतका समस्या भोग्नुपरेको बताउनुभएको छ । “सुस्ता नेपाल–भारत सीमाको नजिक भएकाले, विवाह गरेर आउने र जाने चलन छ ।  बसाइ सरेर आउनेको सङ्ख्या पनि छ,” उनी भन्छन्, “सुस्तामा बस्ने सबै सर्वसाधारणले नागरिकता पाएका हुँदैनन् । अनि राज्यको सुविधाबाट बञ्चित हुनु परेको छ  ।”

रामु ढकाल सखर स्थानीय व्यवसायी हुनुहुन्छ । सुस्ता उखुको राम्रो उत्पादन हुने ठाउँ हो । सुस्ताको उखु लैजान निकै कठिन हुने गरेको उनीको भनाइ छ । “यहाँको उखु डुङ्गाकै भरमा लानुपथ्र्यो, डुङ्गा नै पल्टिन्छ कि भन्ने छर उस्तै थियो,” उनी भन्छन्, “उखु नै नबिकेर कतिले त धान खेती लगाउन थालेका छन् । पुल बनेपछि अब उखु नबिक्ने सास्ती हट्नेछ यहाँ । हामी व्यापारीलाई पनि सहज रुपमा पारी पु¥याउन सकिन्छ ।”

सुस्ता बचाउका युवा अभियन्ता कमल बत्स्याल पनि सुस्तामा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्याहरु यथावत् रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुहुन्छ । नागरिकता नै नहुँदा अनेक समस्या रहेको सरावल गाउँपालिका पूर्वअध्यक्ष राधेश्याम चौधरीको भनाइ छ । “नागरिकता नहुँदा बैंकिङ समस्या भइरहेको छ । मानिस स्नाकोत्तर पढेका छन् । तर नागरिकता नहुँदा रोजगारीमा समस्या छ,” उनी भन्छन्, “सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । यहाँका मानिसको मनमनमा  नेपाली पन छ । तर प्रमाण छैन ।”

 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
अपांगता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
अपांगता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल शुक्रबार, जेठ ९, २०८२
सीमाक्षेत्रमा हुने आपराधिक घटना  कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
सीमाक्षेत्रमा हुने आपराधिक घटना कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन शुक्रबार, जेठ ९, २०८२
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब शुक्रबार, जेठ ९, २०८२
पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय
पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय शुक्रबार, जेठ ९, २०८२
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह शुक्रबार, जेठ ९, २०८२
तरकारीमा खानै नहुने मात्रामा विषादी फेला
तरकारीमा खानै नहुने मात्रामा विषादी फेला शुक्रबार, जेठ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
पाँच हजारले बढ्याे सुन
पाँच हजारले बढ्याे सुन
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP