Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
पेमा लामा/रासस
पेमा लामा/रासस बुधबार, कात्तिक ७, २०८१

धुलिखेल -  गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् ।

बेथाचनोक गाउँपालिका वडा नं २, ३, ४ र ५ मा बाढीपहिरोबाट बढी क्षति भएपछि सो क्षेत्रका नागरिक अहिले कोही वृद्धाश्रम, कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने कतिपय बासस्थान सबै बाढीपहिरोले नष्ट गरेपछि विस्थापित भएका छन् ।

बेथानचोक गाउँपालिका–२ मा बाढीले बगाएर क्षतिग्रस्त घर नजिकै काममा व्यस्त डल्लीकुमारी श्रेष्ठले जाडोयाम सुरु भएसँगै न्यानो बासस्थानको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता लाग्न थालेको बताए । गत असोज १२ गते गएको पहिरोले घरमाथिबाट बगाउन थालेपछि घरदेखि हिँडेर पारी पाखामा पुगेर सुरक्षित महसुस भएको उनले सुनाए ।

बेथानचोक–२ बनेपाली टोलमा बस्दै आउनुभएकी श्रेष्ठले बाढीपहिरोले घरबार सबै बगाएपछि बस्ती नजिकैको महादेवथानमा रात कटाउँदै आएका छन् । खाना पकाउने र खाने भत्केको भग्नावशेषमा गर्दै आएको बताउँदै उनले जाडोमा न्यानो कसरी हुने भन्ने चिन्ताले पिरोल्न थालेको उल्लेह गरे । 

Hardik health

“पहिला पहिला वर्षा हुँदा गाउँ मुनि रहेको खोला गड्गडाएर वेगले बगेपनि अहिलेको जस्तो सबै बस्ती र बाटोघाटो भने बगाएको थिएन”, श्रेष्ठले भने, “यसपालिको वर्षाले भएको घर बगायो, माथि रहेको बारी पनि पहिरोले बगायो ।” बाढीपहिरोले सबै बगाएपछि बस्न उपयुक्त जमिनसमेत नभएको उनले बताए। 

भत्केको घरको अवस्था देखाउँदै ५७ वर्षीय गोपालबहादुर श्रेष्ठले एक्कासि आउको बाढीले घर बगाएपछि केही निकाल्न पनि नपाएको पीडा सुनाउँदै दुई रातसम्म पारिपट्टी रहेको छिमेकीको घरमा बास बसेको बताए ।  जाडो सुरु भइसकेकाले राज्यले न्यानो बासस्थान व्यवस्थापन यथाशीघ्र गर्नुपर्नेमा उनले जोड दिए ।

भएको सबै जग्गा जमिन बगाएर अहिले कहीँकतै बस्ने ठाउँ नभएको बताउँदै गोपालबहादुरले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले पुनःनिर्माण र पुनःव्यवस्थापनमा राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । पीडितको अवस्था र आवश्यकताका आधारमा पुनःस्थापनाको काम गर्न स्थानीय सरकार तथा सरोकार भएकालाई उनले अनुरोध पनि गरे।

गोपालबहादुर जस्तै नवराज श्रेष्ठको पनि सबै घरबार र सम्पत्ति बगाएपछि विस्थापित जीवन बिताउँदै छन्  । विपद्मा परेर करिब तीन सातादेखि कष्टकर जीवन गुजार्दै आउनुभएका उनले तत्काल राज्यले बस्ने घर, खाने अन्नपात र लत्ताकपडाको व्यवस्था गर्न आग्रह गरे  । स्थानीय कृष्णबहादुर श्रेष्ठले तत्कालका लागि खाद्यान्नसँगै बस्ने बासस्थानको व्यवस्थापनमा राज्यले प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । उनले पीडितको अवस्था र आवश्यकतालाई ध्यान दिँदै पुनःस्थापनाको काम गर्नुपर्नेमा जोड दिए । 

गाउँको तलतिर खोलाले तानेको र माथिबाट पहिरोले पुरेकाले आफुहरु त्यस ठाउँमा बस्न नसक्ने अवस्थामा पुगेको कृष्णबहादुरको भनाइ छ । बाढीले सबै बगाएपछि बास बस्ने उपयुक्त जग्गा नभएको भन्दै स्थानीय सरकार र सरोकार भएका निकायले यथाशीघ्र बासस्थानको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

स्थानीय सानुकान्छा श्रेष्ठले भएभरको सबैवस्तु बगाएर परिवारको बिचल्ली भएको भन्दै सरकारले सुरक्षित घरसहित खानाको व्यवस्थापन गरिदिन आग्रह गरे । घरमाथिको बारी पहिरोले बगाएको र घर तलतिर रहेको खोलाले बगाएर लगेपछि अहिले पाटीको बास भइरहेको उनले सुनाए । 

बेथानचोक–३ का स्थानीय पदमबहादुर श्रेष्ठले बगाएर रहेको थोरै जमिनमा पनि माथिबाट लड्नै लागेको ठूलो ढु्ङ्गाको त्रासले थप पीडा दिने गरेको बताउनुभयो । बाढीले चिरा पारेको बारीलाई कमाइ खाने थलो बनाउने वातावरण सृजना गरी घरको व्यवस्थापनका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ छ । बाढीपहिरो जानुअघिका सुन्दर गाउँबस्ती बगाएपछि बस्ने घर, बारी सबै नष्ट भएपछि बेथानचोकको अस्तित्व नै समाप्त भएको उनले बताए । 

बेथानचोक–२ का पूर्ववडाध्यक्ष दिलबहादुर श्रेष्ठले जाडो बढ्दै आएकाले ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरी महिलाको सुरक्षाको लागि स्थानीय सरकारले सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी उचित व्यवस्थापन गर्नुपर्ने बताए । पुनःनिर्माणका लागि गाउँपालिकाको स्रोतले मात्रै नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पालिकाभित्रको चार÷पाँच ठाउँमा बस्ती बस्न नसक्ने गरी बाढीले बगाएकाले ती बस्तीका नागरिकलाई तत्काल व्यवस्थापनका लागि तीनै तहका सरकारले आवश्यक पहल गर्नुपर्ने बताए । पीडित परिवारलाई जीविकोपार्जन र बासस्थानको व्यवस्थापनमा सबै निकायबीच सहकार्य र समन्वय हुनु आवश्यक रहेकामा उनले जोड दिए ।

बाढीपहिरो गएको तीन साताभन्दा बढी भइसकेको अवस्थामा पुनःस्थापनामा ढिलाइ हुँदा ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती बढी प्रभावित भएका छन् । एकातिर बस्ने न्यानो ठाउँ नभएको, अर्कोतिर भोक लागेको बेलामा निकालेर खाने अन्नपात केही नभएपछि अधिकांश परिवार बिचल्लीमा परेका छन् ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले समस्यामा परेका नागरिलाई उद्धार र राहत उपलब्ध गराउनेदेखि सडक, विद्युत्, सञ्चारको काम सकिएर पुनःस्थापना र पुनर्वासको काममा केन्द्रित हुनेतर्फ स्थानीय सरकार लागिरहेको जानकारी दिए । पुनःस्थापना कार्यमा आवश्यक सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरिरहेको भन्दै जाडोयाम अघि जोखिमयुक्त परिवारको पहिचान गरी पुनर्वासको व्यवस्था गरिने उनले उल्लेख गरे।

पालिकाले गरेको आग्रह अनुसार नबिल बैंकले एक सय अस्थायी आवास बनाउन सहयोग गर्ने सहमति भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए। व्यक्तिगत घरसँगै विद्यालय भवन, स्वास्थ्य संस्थालगायत सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको आवश्यक मर्मत, रङ्गरोगन, पुनःनिर्माण र स्थानन्तरण गर्नुपर्ने भएकाले सोही अनुसारका काममा पालिका केन्द्रित भइरहेको उनले बताए। 

पालिकाभरमा सातसय घर पूर्णरुपमा क्षति हुनुका साथै पाँच सय घरमा आंशिक क्षति, २३ विद्यालय र पाँच वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए । पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी जाडोबाट जोगाउने काममा स्थानीय रकारले आवश्यक पहल र समन्वय गरिरहेको उनले बताए । 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP