Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #मैथिली_भाषा
  • #कञ्चनपुर
  • #तरकारीमा खानै नहुने मात्रामा विषादी
  • #नेपाली_महिला_क्रिकेट
  • #धुलिखेल_साँगा_ सडक
Search Here
समाचार
  • Home
  • समाचार
  • जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
सङ्गीता राई/रासस
सङ्गीता राई/रासस बुधबार, कात्तिक ७, २०८१

धरान - सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् ।

लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन्  । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्  ।

“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उनले सुनाइन् ।  सुरुआती समयमा उनी जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुगिन्  ।

“सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भनिन्, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेका छन्  ।

उनले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याइन् । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताइन् । उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखेका छिन्  । 

जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताइन् ।  शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिइन् । उनी पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाइन्  । 

पुख्याैली घर सङ्खुसभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाइन् । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उनले भने, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ । 

उनले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाइन् । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उनले भनिन्, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”

इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा छन्  । उनले भने, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:२१
#जडीबुटी
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
अपांगता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
अपांगता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल शुक्रबार, जेठ ९, २०८२
सीमाक्षेत्रमा हुने आपराधिक घटना  कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
सीमाक्षेत्रमा हुने आपराधिक घटना कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन शुक्रबार, जेठ ९, २०८२
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब शुक्रबार, जेठ ९, २०८२
पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय
पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय शुक्रबार, जेठ ९, २०८२
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह शुक्रबार, जेठ ९, २०८२
तरकारीमा खानै नहुने मात्रामा विषादी फेला
तरकारीमा खानै नहुने मात्रामा विषादी फेला शुक्रबार, जेठ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
पाँच हजारले बढ्याे सुन
पाँच हजारले बढ्याे सुन
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP