Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ६, २०८१

न्युयोर्क - समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको हिमालयन रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा  तामाङको आत्मकथा 'माई क्युरियस इअर्स वीथ चार्ल्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ' लोकार्पण गरेका हुन् ।

Indra3-1729776115.jpg
स्थानीय समयअनुसार आइतबार साँझ वाणिज्यदुत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक विमोचन गरेका हुन्। अक्टोबर ९ मा लेखकसँग हस्ताक्षर कार्यक्रमसमेत भएको थियो। लेखकले नेपालीलाई इमान्दार तथा संघर्षशिलका रुपमा विश्वमा चिनाउने काम गरेको उल्लेख गर्दै वाणिज्यदूत अधिकारीले पुस्तकले धेरैलाई प्रेरणा दिने बताइन्।

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले काठमाडौंदेखि अमेरिकासम्म बसाइका क्रममा इन्द्रका अनुभवहरु आत्मकथामा सँगालेको बताए। सामाजिक अभियन्ता शशांक लामाले लेखक इन्द्रले आफ्ना इच्छा र चाहनाहरुलाई दबाएर चार्ल्स हेनरीफोर्ड र चार्ल्सकी बहिनी नायिका, मोडल रुथलाई सेवा गर्नु ठुलो योगदान भएको बताए। 

Hardik health

Indra2-1729776133.jpg
चार्ल्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकला तथा फोटोग्राफी सिकेका थिए। इन्द्रको जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन लेखक, गीतकार, सम्पादक रोमी एस्बीले साथ दिएका हुन्। टर्टल पोइन्ट प्रेसले बजारमा ल्याएको २ सय ६४ पेजको पुस्तकको मुल्य २४ अमेरिकी डलर रहेको छ। पुस्तक डिजिटल प्लेटफर्म अमाजोनमासमेत उपलब्ध रहेको प्रकाशकले जनाएको छ। 

को हुन् इन्द्र तामाङ?
मकवानपुरको फाखेलका इन्द्र तामाङ सन् १९७४ मा २१ वर्षको उमेरमा अमेरिका पुगेका थिए।  अमेरिकी लेखक, फोटोग्राफर तथा सिनेमा निर्देशक चार्ल्स हेनरी फोर्डको सहयोगीका रूपमा अमेरिका पुगेका इन्द्रको जन्म विसं २००९ मा फागेलमा भएको थियो।साथीहरू स्कुल जाँदा नौ वर्षको उमेरमा इन्द्र तरकारी,दाउरा बोकेर काठमाडौंमा बेच्न निस्कन्थे। गाउँकै अग्रजको सहयोगमा उनी न्युरोडस्थित खिचापोखरीमा रहेको पानोरामा होटेलमा जागिरे भए। त्यही उनले फोर्डसँग भेटे।

indra1-1729776153.jpg
फोर्डको सहयोगीको रूपमा काम थाले। चर्ल्सको ग्रिसमा घर थियो, पेरिस र न्युयोर्कमा फ्लाइट। उनैको पछि लागेर अमेरिका आएका इन्द्रले चाल्र्सकै सिको गर्दै फुर्सदको समयमा चित्रकला र फोटोग्राफी सिके।  सन् २००२ मा चाल्र्सको निधन भयो। चार्ल्सको निधनपछि लगभग सात वर्ष उनकी बहिनी चलचित्र अभिनेत्री रुथ फोर्डको हेरचाह पनि गर्नु पर्ने भयो। दुवै जनासँग बस्दा उनले तलब भने कहिल्यै पाएनन्।

चर्ल्सको बहिनीको निधनपछि मात्र इन्द्रलाई थाहा भयो, चाल्र्स र उनीकी बहिनीले आफ्नो नाममा भएको सबै सम्पत्ति इन्द्रको नाममा नामसारी गरी वकिललाई कागज थमाएका रहेछन्। अमेरिकाको सबै भन्दा महँगो क्षेत्र म्यानहाटनमा इन्द्रले सिङ्गो फ्लाइट पाएका छन्। अमेरिकामामात्र हैन नेपालमासमेत विभिन्न क्षेत्रमा तामाङले सहयोग गर्दै आएका छन्। लेखक तामाङ, तामाङ सासाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा तामाङ साँस्कृतिक तथा बुद्धिष्ट सेन्टरका संयोजक हुन्।


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:५९
#इन्द्र_तामाङ #चार्ल्स_हेनरीफोर्ड #द_अटोबायोग्राफी_अफ_इन्द्र_बी. तामाङ
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP