Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • धनराज र ऋषिकेशलाई सरकारको संरक्षण
सहकारी ठगी प्रकरण धनराज र ऋषिकेशलाई सरकारको संरक्षण
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, कात्तिक ६, २०८१

 

  • कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङमाथि मितेरी सहकारी ठगी आरोप
  • एमाले सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलमाथि उमागौरी सहकारी ठगीमा संलग्न रहेको आरोप 

काठमाडौं– गत ३ जेठमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस सांसदसमेत रहेका उपसभापति धनराज गुरुङले संसद् बैठकमै औंला उठाएको दृश्य भाइरल बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा छानबिन गर्न संसदीय छानबिन समिति गठनका लागि कांग्रेसले माग गर्दा ओली तयार नदेखिएपछि झोँक्किएका गुरुङले आक्रोशित हुँदै औंला उठाएका थिए ।

उनै गुरुङ यतिबेला भने सहकारी ठगीमा मुछिएका छन् । संसदीय छानबिन विशेष समितिले उनलाई ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको ठहर गरिसकेको छ । समितिले उनलाई कारबाही सिफारिस नगरे पनि अनुसन्धान गर्न भनेको छ ।तर, त्यही समितिले लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेपछि पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा छन् । आइतबार उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट छ दिन म्याद थप भएको छ ।

सरकारमा रहेको दल कांग्रेसका उपसभापति भएकै कारण गुरुङलाई सरकारले नै संरक्षण गरिरहेको प्रतिपक्षी दलहरुको आरोप छ । त्यही भएर उनी पक्राउ परेका छैनन् । यदि, संरक्षण नगरेको भए यसअघि नै पक्राउ परिसक्ने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल बताउँछन् ।‘एउटै प्रकृतिको मुद्दामा रविजी पक्राउ पर्ने अनि शक्तिको आडमा अरू पार्टीका आरोपीचाहिँ संरक्षित हुनुपर्ने ? त्यो न्यायोचित हो ? माननीय धनराज र अर्का माननीय ऋषिकेश पोखरेललाई अनुसन्धानको दायरामा ल्याउनु पर्दैन ?,’ उनले प्रभावसँग भने । 

एउटै प्रकृतिको मुद्दामा माननीय रवि लामिछाने पक्राउ पर्ने अनि शक्तिको आडमा अरू पार्टीका आरोपीचाहिँ संरक्षित हुनुपर्ने ? त्यो न्यायोचित हो ? माननीय धनराज गुरुङ र अर्का माननीय ऋषिकेश पोखरेललाई अनुसन्धानको दायरामा ल्याउनु पर्दैन ?

लेखनाथ दाहाल

सांसद, माओवादी केन्द्र 

हुन पनि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन गरेको प्रकरणमा लामिछानेलाई पक्राउ गरेको सरकारले यस्तै आरोपमा सत्तारुढ दलका सांसदहरूलाई पक्राउ नगरी अनुसन्धान गर्न आलटाल गरिरहेको दृष्टान्त छ । सार्वजनिकवृत्तमा यसको विरोध भइरहेको छ । विरोधकाबीच गुरुङ र एमाले नेता एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति पोखरेल जोडिएको सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धान भएको देखिँदैन । यसलाई धेरैले सरकारको पक्षपाती व्यवहार भनेका छन् । आफ्ना सभापतिविरुद्ध न्यायिक परीक्षण अवरुद्ध पार्ने प्रयास गरिरहेको रास्वपाले नै यसलाई नयाँ दलप्रति पुराना र ठूला दलको प्रतिशोध, मनपरि, दण्डहीनताको प्रतिनिधि घटना र सत्ताको दुरुपयोग भनेर प्रचार गरिरहेको छ । 

आफ्नी श्रीमती सञ्चालक रहेको ललितपुरस्थित मितेरी सहकारीको झण्डै १५ करोड रुपैयाँ बचत अपचलनमा गुरुङको संलग्नता रहेको दाबीसहित बागमती प्रदेश सरकार र सहकारी दुवैतिरबाट प्रहरीमा जाहेरी परेको छ । उनकी श्रीमती ज्योती प्रबन्धक भएको समयमा २०७५ सालमा मितेरी सहकारीले आन्तरिक छानबिन गर्दा १२ करोड ५० लाख रुपैयाँ अपचलन भएको खुलेको थियो । त्यसको एक वर्ष अर्थात् २०७६ सालदेखि ज्योती फरार भइन् । 

गुरुङले श्रीमती ज्योतीसँग डिभोर्स (कागजी सम्बन्धविच्छेद) गरेको पनि पुष्टि भएको छ । २९ फागुन २०७६ मै ज्योतीसँग डिभोर्स भएको दाबी गरे पनि २०७७ सालमा थप कर्जा लिँदा धनराजले हकवालामा ज्योतीलाई श्रीमतीकै हैसियतमा राखेर औंठाछाप लगाएको कागज सार्वजनिक भइसकेको छ । संसदीय छानबिन समिति र सहकारीको उजुरीका आधारमा उनीमाथि अनुसन्धान हुनुपर्नेमा सत्ताको आडमा उन्मुक्ति दिने प्रयास भइरहेको आशंका छ । यहीबेला रास्वपाका नेता कार्यकर्ताहरूले प्लेकार्डमा धनराजमाथि अनुसन्धान किन भएन ? भनी प्रश्न गरिरहेका छन् । 

भन्नलाई धनराज र कांग्रेस पार्टीले नै अनुसन्धानमा सघाउने बताइरहेका छन् तर अहिलेसम्म परिणाम नदेखिएकाले भित्रभित्र अनुसन्धान रोक्न प्रहरीलाई दबाब दिएको आशंका गर्न थालिएको छ । सहकारी ठगी प्रकरणका अर्का आरोपी एमाले सांसद पोखरेल पनि श्रीमती अञ्जला कोइरालासँगै अनुसन्धानको दायरामा आउनुपर्ने हो । यद्यपि, उनीमाथि अनुसन्धान गर्नुको साटो उन्मुक्ति दिने प्रयास भइरहेको पीडितहरूले बताएका छन् । बैंकको कालो सूचीमा रहेकी अञ्जला सञ्चालक रहेको मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको छ । 

अञ्जलासहित सहकारी ठगीमा संलग्नहरूको नाम किटेर प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा पीडितहरूले डेढ वर्षअघि नै उजुरी दिए पनि प्रहरीसम्म पुग्दा अञ्जलाको नाम हटाइएको थियो । उक्त सहकारी पोखरेलकै अग्रसरतामा २०६८ सालमा स्थापना भएको थियो । उनकी श्रीमती अञ्जला सञ्चालक सदस्य रहेको अवधिसमेत गरेर सहकारीका १० वर्षका कागजातहरू गायब पारिएको छ । झण्डै दुई वर्षदेखि बन्द सहकारीका पीडितहरू न्यायको पर्खाइमा छन् । तर, उजुरी दिएको डेढ वर्ष नाघिसक्दा पनि आरोपीहरूविरुद्ध अनुसन्धान नहुँदा पीडितहरू निराश बनेका छन् । 

कतिसम्म भने, संसदीय विशेष समितिले नेपालभरिका ४० वटा सहकारी संस्थाको बचत अपचलनमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका व्यक्तिहरूलाई कारबाहीको सिफारिस गर्दा त्यसमा उमागौरी सहकारी प्रकरण अटाएन । समितिले धनराज सहकारी ठगीमा प्रत्यक्ष संलग्न नदेखिए पनि श्रीमतीसँग मिलेमतो हुन सक्ने आशंकामा उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । श्रीमतीलाई अघि सारेर धनराज पनि ठगीमा संलग्न भएको उजुरी परेको छ । एमाले सांसद ऋषिकेशको मुद्दा पनि त्यस्तै हो । 

तर, यसप्रति संसदीय छानबिन विशेष समिति मौन रह्यो । जबकि, उमागौरी सहकारीको लफडा डेढ वर्षदेखि चलिरहेको थियो, पीडितहरू न्यायको याचना गरिरहेका थिए । पोखरेल र उनकी श्रीमतीमाथि सत्ताबलकै आडमा अनुसन्धान हुन नसकेको पीडितहरूको आशंका छ । तर, समितिका सदस्यहरू छानबिनका लागि कार्यादेशमा उल्लिखित २९ सहकारीमा उमागौरी र मितेरी उल्लेख नभएको बताउँछन् । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:४३
#सहकारी ठगी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP