Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #पुस्तकालय दिवस
  • #‘बाल
  • #युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य'
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अधिनायकवादी हैन, जवाफदेही बन
अधिनायकवादी हैन, जवाफदेही बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ५, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूविरुद्ध लाग्नेलाई देखिसहन्नन् भन्ने कफीगफ आइतबारको पार्टीको निर्णयबाट पुष्टि भएको छ । यसअघि ओलीले आफ्नोविरुद्ध उम्मेदवारी दिएको भीम रावललाई पत्तासाफ बनाइदिए । उनीमात्र हैनन् ओलीले वामदेव गौतमलाई पनि यता न उताको बनाइए । आफूविरुद्ध लाग्ने जोसुकै नेतालाई ‘तह लगाउने’ शैलीमा प्रस्तुत हुन्छन् ।

ओली कुनै बेला एमाले र माओवादी मिलेर बनेको नेकपाजस्तो दुईतिहाइ नजिकको सरकारको प्रधानमन्त्री बनेका थिए । त्यतिबेला उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई तह लगाउन भन्दै प्रतिनिधिसभा नै विघटन गरे । त्यो पनि दुई–दुई पटक । उनको कदमलाई एमालेबाटै राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीलाई साथ दिइन् । अहिले विद्यादेवी पार्टीमै ओलीको विकल्पमा उदाउने कोसिस गरिरहेकी छन् । तर, ओलीका कारण उनी पनि मौन छिन् ।

यस्तै शैली ओलीले पछिल्लोपटक अपनाएका छन् । आफ्नो पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा पाएपछि भवन पनि उनैले बनाउनेगरी असोज २५ मा जगसमेत राखेका छन् । यो विषय बाहिरिएपछि मदन भण्डारी र मनमोहन अधिकारीको पार्टीले यसरी व्यवसायीबाट दान लिनु बेठीक भएको तर्क गर्दै एमालेका केही नेताहरु ओलीको कदमको विरोधमा उत्रिए । यसरी ओलीको कदमको विरोधमा भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना उत्रिए । उनीहरुले पार्टीको कदमको विरोध गरेपछि एमालेले सचिवालय बैठक नै राखेर स्पष्टीकरण गर्ने निर्णय गरेको छ ।

Hardik health

कम्युनिस्ट नेता भए पनि समृद्ध नेपालको नारा लिएर सुटेटबुटेड भएर हिँड्ने चलन एमालेबाटै सुरु भयो । जसका कारण अहिले नेपाली कम्युनिस्ट पुँजीवादी भइसके । यसमा व्यवसायीले दिएको दानलाई सार्वजनिकरुपमा पारदर्शी बनाएर लिनु ओलीको स्वागतयोग्य कदम हो । ओलीको यो कदम सायद नेपाली इतिहासमा ऐतिहासिक यस मानेमा छ कि दलको शक्तिशाली नेताले खुलारुपमा देखाएरै दान लिएका छन् । संसारभर पार्टीका नेताहरु कुनै न कुनै व्यवसायीबाट ‘ग्रान्टेड’ छन् । नेपालका नेताहरु पनि व्यवसायीकै पकेटबाट राजनीति गरिरहेका छन् । तर, उनीहरु पारदर्शी भएनन् । यसमा ओली खुले ।

एमालेले विवादित व्यवसायी गुरुङबाट निःस्वार्थ दान प्राप्त गरेको वा लेनदेन सहमतिमा भन्ने भविष्यमा अवश्य खुल्ने छ । ओलीले पारदर्शीरुपमा दान लिनु सकारात्मक भए पनि यस विषयमा उठेका प्रश्नमा जवाफदेही बन्नुको विकल्प छैन । तर, प्रश्न उठाएकै कारण पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कार्य अधिनायकतावादको अभ्यास नै हो । यसको सट्टा जवाफदेही बन्नु नै ओलीका लागि लाभ हुने छ । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP