Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नागरिकको ज्यान बचाऊ
नागरिकको ज्यान बचाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २३, २०८१

प्राकृतिक विपत्तिसँगै नागरिकले सडक दुर्घटनामा पनि दैनिक ज्यान गुमाइरहेका छन् । सडक दुर्घटना मानव सिर्जित दुर्घटना हो । यसमा प्रशासन, नागरिक, सवारीसाधन प्रयोगकर्ता, यात्रु सबैले सावधानी अपनाउन सकिन्छ ।तर, चाडपर्वको समयमा सुरक्षालाई ख्यालै नगरी सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउँदा, सुरक्षित सडक प्रयोग नगर्दा, तीव्र गतिमा सवारी चलाउँदा दैनिक दुर्घटना बढ्दो छ । आइतबार यतामात्र दसैंका लागि घर पुग्ने तयारीका यात्रा गरेका पाँच जनाको विभिन्न स्थानमा मृत्यु भयो । ती दुर्घटनामा परी कैयन घाइते भएका छन् । 

पर्वको समयमा मादकपदार्थ सेवन, चालक आफैं तनावमा पर्नु, नयाँ रुटमा सवारीसाधन चलाउनुजस्ता विषयले पनि दुर्घटना बढ्दो छ । यस्तो विषयमा प्रशासनले नियमन गर्नु अति आवश्यक छ । नागरिकको जीउधनको रक्षाका लागि प्रहरी, सम्बन्धित निकायले जाँचमा कडाइ गर्नुपर्छ । जसरी पनि पुग्नैपर्छ भनेर यात्रीले पनि जबरजस्ती क्षमताभन्दा बस्नुहुन्न । पर्वमा केही रकम बढी कमाउने लोभमा बस व्यवसायी, कर्मचारीले यात्रीलाई जबरजस्ती टिकट भिडाउने तर अन्तिममा सिट क्षमताभन्दा बढी पु¥याएर उभ्याएरै लैजाने परीपाटीसमेत छ ।

यस्तो गर्दा एक त सवारीसाधनको सन्तुलन गुम्नसक्छ भने यात्रु आफैं पनि आरामसाथ गन्तव्यमा पुग्न पाउँदैन । अझ अर्को विषय सम्बन्धित निकायले चाडपर्वमा गुड्ने सवारीको अवस्था कस्तो छ कुनै नियमन गरेको हुँदैन । सवारीसाधनको अवस्था ठीकठाक छ वा मर्मत गर्नुपर्ने छ यसबारे न त ट्राफिक प्रहरीलाई चासो छ न त यात्रीलाई । विकसित देशमा बसमा यात्रा गर्दा बसको अवस्थाबारे जानकारी गराइन्छ भने निर्धारित गतिभन्दा बढी गतिमा गुडाउन दिइन्न । त्यसैगरी लामो दूरीको यात्रामा बीचमा गाडी र चालकसमेत परिवर्तन गर्छ । यस्तो गर्दा यात्रा सुरक्षित हुने र बस व्यवसायीलेसमेत विश्वास कमाउँछन् ।

Hardik health

तर, हडबडको काम गर्दा एक त दुर्घटना हुन्छ, अर्को आफ्नै साधनमा पनि क्षति पुग्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै अबका दिनमा बस व्यवसायीले भरपर्दो सेवा दिन जरुरी भइसकेको छ । यसैगरी यात्रीले पनि न्यूनतम मापदण्डमा बस सञ्चालन भइरहेको छ कि छैन ध्यान दिन जरुरी छ । अर्को मुख्य विषय नियमन गर्ने निकाय पनि आँखामा पट्टीमा बाँधेर नबसी यस्तो बेला सक्रिय बन्नुपर्छ । 
 


प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP