Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी
आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २२, २०८१

इरान- इरानले मङ्गलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ । 

“इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ”, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ । इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएको हो । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो । 

सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराउनुभएको थियो । इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादकमध्ये एक हो । 

Hardik health

इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिएका थिए । फार्स समाचार एजेन्सीले इजरायलको धम्कीपछि सनाइरदलाई उद्धृत गर्दै भनेको छ, “केही राजनीतिक नेताहरूले इरानको आणविक नीतिमा सम्भावित परिवर्तनको कुरा गरेका छन् ।”

सन् २०२२ मा एक अधिकारीले इरानसँग आणविक हतियार उत्पादन गर्ने प्राविधिक क्षमता रहेको बताएपछि इरानले आफ्नो आणविक महत्त्वाकांक्षामा कुनै परिवर्तन नभएको कुरामा जोड दिएको थियो । गत वर्ष इरानले युरेनियम संवर्धनको गति कम गरे पनि त्यसपछि सन् २०२३ को अन्त्यतिर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनलाई तीव्र बनाएको थियो । 

सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक पर्दछ ।  इरानले आणवक हतियार क्षमता विकास गर्ने कुनै महत्त्कांक्षा राखेको कुरालाई सधैँ अस्वीकार गर्दै आएको छ र आफ्ना गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरामा जोड दिँदै आएको छ । इरानी आणविक केन्द्रहरूमा हुने कुनै पनि आक्रमणले ‘इरानको प्रतिक्रियाको प्रकारमा प्रभाव पार्ने’ जनरल सनाइरदले बताए । 

तेहरानले इजरायलमाथि गरेको आक्रमणमा करिब दुई सय क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । बेरुतमा भएको हवाई आक्रमणमा इरान समर्थित लेबनानी आन्दोलन हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको मृत्युको जवाफमा उक्त आक्रमण गरेको इरानले बताएको थियो । 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम
शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम बुधबार, चैत ११, २०८२
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै बुधबार, चैत ११, २०८२
दूतावास प्रवेश प्रकरणले जापान-चीन तनाव थप चर्कियो
दूतावास प्रवेश प्रकरणले जापान-चीन तनाव थप चर्कियो बुधबार, चैत ११, २०८२
एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन
एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन बुधबार, चैत ११, २०८२
अफगानिस्तानद्वारा पक्राउ परेका अमेरिकी नागरिक रिहा गर्ने घोषणा
अफगानिस्तानद्वारा पक्राउ परेका अमेरिकी नागरिक रिहा गर्ने घोषणा बुधबार, चैत ११, २०८२
पुरानो दिल्लीका ऐतिहासिक घरहरूः पुनरुत्थान र क्षयबीचको सङ्घर्ष
पुरानो दिल्लीका ऐतिहासिक घरहरूः पुनरुत्थान र क्षयबीचको सङ्घर्ष मंगलबार, चैत १०, २०८२
तौल घटाउने औषधिमा भारतको चेतावनी
तौल घटाउने औषधिमा भारतको चेतावनी मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP