Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु वस्ती
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु वस्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

कञ्चनपुर- कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।  

मादलको तालमा कम्मर मर्काउँदै थारु युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरुले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए । थारु समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उनले बताए।

“पहिला फुर्सद हुने भएकाले कृष्णजन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो”, जोनापुर गाउँका थारु वडघर सुरेश चौधरीले भने, “हाल सबै जना आ–आफनो कार्यमा व्यस्त हुने भएकाले यो नृत्य पाँचदेखि सात  दिनसम्म मात्र देखाउने गरिन्छ ।” 
 
नृत्यमा सहभागी युवतीले भगवान श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउँने गर्दछन् । गाउँका भद्रभलादमी, वडघर, गुरुवा, केसौका लगायतको बैठक बसि सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ । गुरुवाले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिने थारु अगुवा चेतराज चौधरीले बताए ।

Hardik health

यस नाचमा मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नृत्यसँगै गीत गाउने युवतीको अगुवाई गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । 

नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरूले सामूहिक रूपमा नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट (पैँया) भन्ने गरिन्छ ।  पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको थारु बुद्धिजीवी दानसिंह दहितले बताए । 
 
उहाँका अनुसार यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणीक नृत्य अष्टमीको रातभरी आयोजना गरिन्छ । 

पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ । 

दसैँपछि गाँउमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको स्थानीय फुलराम चौधरीले बताए ।  धार्मिक मान्यताअनुरूप यो नाच आयोजना गरेमा गाँउमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको छ । थारु समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको थारु अधिकारकर्मी हवलदार चौधरीले बताए । “युवाहरूले बुढापाकाबाट मादल बजाउने कला सिक्नै चाहेनन् र बुढापाकाहरूले पनि मादल बजाउन सिकाउनुपर्छ भन्नेमा ध्यान नदिँदा संस्कृतिको महत्वपूर्ण पक्ष नै सङ्कटमा रहेको छ”, उनले भने । 

लवाइखवाइ र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ । “महिलाहरूले आफैँले  सियोको माध्यमले सिलाएर लेहङ्गा, चोलीलगायत पहिरन तयार पार्थे । हाल त्यो सीप थोरै महिलासँग मात्रै संरक्षित छ तर पुस्तान्तरण हुनसकेको छैन”, उनले भने, “कामको खोजीमा अरु ठाउँमा जानुपर्ने भएकाले परिवार छिन्नभिन्न भएकाले यस्तो समस्या आएको हाम्रो बुझाइ छ । त्यसैले मौलिकता जोगाउन सरकारी तवरबाटै संरक्षणको पहल हुन आवश्यक छ।”, 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP