Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किने अपेक्षा’
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किने अपेक्षा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०८२

काठमाडौं- विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस सोसाइटीमा अब उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।  सोसाइटीको विधान, २०२० को १८ औँ संशोधनपछि सबै तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय भएको हाे । 

वर्तमान कार्यसमितिलाई विधान संशोधन गरी सबै तहको अधिवेशन गर्न जिम्मेवारी दिएसँगै सोहीअनुसार प्रक्रिया सुरु भएको महामन्त्री मीनवहादुर मल्लले जानकारी दिए । उनका अनुसार निर्वाचनभन्दा पहिले हाल पालिकास्तरमा तदर्थ समिति गठन गरिएका छन् । “एक महिनाका लागि नयाँ शाखाको गठन गर्न पालिकास्तरमा तदर्थ समिति गठन गरेका छौँँ”, महामन्त्री मल्लले भने, “निर्वाचन भएर नयाँ कार्यसमिति आएपछि ती  समिति भङ्ग हुन्छन् ।”

सोसाइटीका सामान्य सेवा तथा समन्वय विभागका सकुनकुमार जोशीले पालिकास्तरमा नयाँ नेतृत्वका लागि यही वैशाख २६ र जेठ २ गते निर्वाचनको मिति तोकिएको जानकारी दिए । वैशाख २६ गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा तथा जेठ २ गते कोशी, मधेश र बागमती प्रदेशमा निर्वाचन हुने उनले बताए । 

जोशीका अनुसार पालिका शाखाको निर्वाचन सकिएपछि जिल्ला तहको आगामी जेठ २३ देखि ३० र प्रदेश तहको आगामी असार ६ देखि १३ गतेसम्म निर्वाचन हुनेछ ।   यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार मसान्तभित्र सम्पन्न गर्ने जनाइएको छ । सबै तहको निर्वाचनका लागि रेडक्रस सोसाइटीले सदस्यता वितरण अभियानसमेत सञ्चालन गरिरहेको छ । 

Hardik health

विसं २०७५ मा नियमित निर्वाचन हुन नसकेपछि सोसाइटी विवादमा फसेको थियो । सरकारले विसं २०७७ मा डा नेत्रप्रसाद तिमिल्सेनाको अध्यक्षतामा तदर्थ समिति गठन गरी विसं २०८० मा  निर्वाचनमार्फत नेतृत्व  हस्तान्तर भए पनि रेडक्रसको अन्तरराष्ट्रिय महासङ्घले नयाँ कार्यसमितिलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो । 

सोही आधारमा तत्कालीन अध्यक्ष सुदर्शनप्रसाद नेपाल नेतृत्वको केन्द्रीय कार्यसमितिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विसं २०८२ साउन ९ गते निलम्बन गरेको थियो । उक्त कार्यसमिति निलम्बनपछि सरकारले डा विनोदकुमार शर्माको अध्यक्षतामा नौ सदस्यीय  कार्यसमिति गठन गरी आगामी असारभित्र स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका निर्वाचन गर्न निर्देशन दिएको थियो । 

महामन्त्री मल्लले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मङ्सिर १० गते राजपत्रमा सूचना प्रकाशित गरी सबै तहको निर्वाचनको जिम्मेवारी दिएको र त्यसैअनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको बताए।  उनले मुलुक सङ्घीयता गए पनि रेडक्रसका संरचना सङ्घीयतामा नगएकाले विधान संशोधन गर्दै स्थानीय तहमा पनि शाखा स्थापना गरिएको बताए । “विधान संशोधन गर्दै रेडक्रसलाई पनि सङ्घीय संरचनाअनुसार लगेका छौँ । सोहीअनुसार अब निर्वाचन गर्छौं । निर्वाचनपछि रेडक्रस लयमा फर्किने छ”, उनले भने । 

पालिकास्तरको शाखालाई सेवा प्रवाह, जिल्ला शाखालाई समन्वयकारी भूमिकामा राखिने र देशभर रहेका एक हजार तीन उपशाखालाई पालिकासँग समन्वयकारी भूमिकामा राख्ने योजना रहेको मल्लले बताए । 

यस्तै, संशोधित विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यसमितिमा बस्न नपाइने व्यवस्था गरेको छ । सोसाइटीले अब निर्वाचन आयोग, रेडक्रस सेवा आयोग, मध्यस्त तथा अनुपालन आयोग, युवा आयोग र वित्त आयोग गरी पाँच वटा आयोग गठन गर्नेछ । रेडक्रस सोसाइटीमा हाल करिब १२ लाख सदस्य रहेका छन् । 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP