Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०७६
Hardik health
वासिङ्टन–विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या एक लाख ११३ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङ्क्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वभर हाल कोरोना सङ्क्रमितहरू एक लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले विभिन्न देशबाट जारी गरेका सूचनाहरूको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या शनिबारसम्म तीन हजार ५०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ वटा देशमा फैलिएको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६ हजार ७६७ जनामा कोरोना सङ्क्रमण देखिएको शनिबार जनाइएको छ । कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा तीन हजार ९१६ जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको सङ्ख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २०० सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ । यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको सङ्ख्या पाँच पुगेको हो । स्पेनका स्वास्थ्य अधिकारीहरूले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ३६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । स्पेनको म्याड्रिड शहरमा नै यसका सङ्क्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरूले बिहीबार मात्र त्यहाँ १०२ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । राजधानी म्याड्रिड शहरमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका सङ्क्रमितहरू उपचारमा रहेका छन् । उक्त शहरमा गएरातिसम्म २४ घण्टाभित्रै दुई जनाको ज्यान गएको छ । ती दुईमध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षीय वृद्ध रहेका छन् । यहाँका अधिकारीहरूले पनि यो भाइरसले बढीजसो वृद्धवृद्धाहरूलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् । यसैगरी प्राप्त समाचारमा यो भाइरसको सङ्क्रमण नेदरल्यान्डसमा पनि देखिएको छ । नेदरल्यान्डसमा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार शुक्रबार मात्र नेदरल्यान्डसमा यस भाइरसबाट एकजना ८६ वर्षीय वृद्धको ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । नेदरल्यान्डसमा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्क्रमित रहेको पाइएकामा त्यो सङ्ख्या बढेर शनिबार नै १२८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ । यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १२४ पुगेको हो । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो सङ्क्रमणबाट शुक्रबार साँझसम्ममा चार हजार ७४४ जना संङ्क्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ सङ्क्रमित थपिँदै गएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ एक हजार २३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितहरू ठूलो सङ्ख्यामा थपिँदै गएकाले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP