Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा
बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १६, २०८१

वीरगञ्ज-  अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताउनुभयो । “अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरुले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन,” उहाँले भन्नुभयो, “राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।” 
    
प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पु¥याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गर्नुभयो । “सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन,” उहाँले भन्नुभयो, “अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।” 

वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुनेगर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म  कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व संकलन भइसकेको छ ।

Hardik health

असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व संकलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले अविरल वर्षापछि पनि भन्सार जाँचपासको काम भने नरोकिएको बताए । “अहिले पनि व्यवसायीहरुले दैनिकजसो भन्सार जाँचपासको प्रक्रिया अघि बढाइरहनुभएको छ”, उनले भने “अहिलेसम्म व्यवसायीले राजमार्ग अवरुद्ध भएर वस्तु तथा सामान लैजान अप्ठेरो भएको भन्ने गुनासो गर्नुभएको छैन ।” 

प्रमुख भन्सार अधिकृत बरुवालले चाडपर्वको बेला भएकाले पनि व्यवसायीले जाँचपास गराउने काम धमाधम गरिरहेको बताए । “शनिबार बिदाको दिन भएकाले खासै भन्सार जाँचपासको काम हुँदैन । आइतबार र सोमबार भने भन्सार जाँचपासको काम सामान्य दिनको तुलनामा कमै भएको थियो,” उनले भने, “मङ्गलबार भने भन्सार जाँचपासको काम भने धेरै नै भएकाले पनि राजस्व पनि बढ्यो ।”  

प्रमुख भन्सार अधिकृत बरुवालले राजमार्ग अवरुद्ध भएर गाडी नपाउने समस्या भएको खण्डमा अबका केही दिनभित्रै भन्सार जाँचपासमा समस्या देखिन सक्ने दाबी गर्नुभयो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई असोज महिनाका लागि मात्रै चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य  दिएको छ । तर असोज महिनाको १५ दिनको अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व संकलन गरिसकेको छ । “चालु आवमा विदेशी मदिराको आयातले राजस्व संकलनमा ठूलो योगदान दिएको छ,” उनले भने, “मङ्गलबार मात्रै ११ करोडभन्दा धेरै राजस्व मदिराजन्य पदार्थबाट संकलन भएको छ ।” 

सुक्खा बन्दरगाह कार्यालयले औसतमा दैनिक १५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि अहिले औसतमा सरदर ११ देखि १२ करोडको हाराहारीमा संकलन हँुदै आइरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ कुल १५ खर्ब ९२ अर्ब आठ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव ३० प्रतिशत अर्थात् पाँच खर्ब ४५ अर्ब ४३ थियो । 

त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयातको योगदान १२ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब ६३ करोड रहेको छ । कुल आयातमध्ये वीरगञ्जका दुई भन्सार कार्यालयबाट हुने आयातको हिस्सा भने ४७ दशमलव ०८ प्रतिशत रहेको छ ।


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन आइतबार, कात्तिक २, २०८२
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत आइतबार, कात्तिक २, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक आइतबार, कात्तिक २, २०८२
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना आइतबार, कात्तिक २, २०८२
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक शुक्रबार, असोज ३१, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP