Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति
टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०७६
Hardik health
बेरूत– रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपलाई पनि रोक्ने उद्देश्यले शुक्रवारदेखि युद्धविराम लागू भएको जनाइएको छ । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ । उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग सङ्घर्ष गरिरहेका थिए । यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन् । जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ । पुटिन र एर्डोगानबीच छ घण्टाभन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने, दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पुर्याउने आशा व्यक्त गरेको उनका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताएको छ । मध्यराति भन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ । बेलायतस्थित प्रमुख कार्यालय रहेको यस मानवअधिकारवादी समूहले रुस र सिरियाली हवाई हमला रोकिएको जनाएको छ । इद्िलबको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ । सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो । किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो । संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रूपमा काम गर्ने राष्ट्रपति पुटिनले बताएको छ । टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताएको छ । सम्झौताले उत्तरी सिरियाको कि एम४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन् । सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भयो । यस युद्धमा सो समयदेखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौँ आफ्नै देश र छिमेकमा पर्ने देशमा शरणार्थीका जीवन विताइरेहका छन् । यसैक्रम सिरियामा जारी युद्धको कारण करिब ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जीवन यापन गरिरहेका छन् । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०६:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP