Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१

काभ्रेपलाञ्चोक- केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । 

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ । 

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

Hardik health

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । 

बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या

अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।
 
धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ ।
 
दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने छ । आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ ।

एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । उहाँले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुनःनिर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताउनुभयो । 

धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोलास्थित मुहान–इन्टेकमा बाढीपहिरोले क्षति पुर्याउँदा तीन दिनदेखि खानेपानी वितरण रोकिएको छ । पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।
 
स्थानीय तहद्वारा राहत घोषणा

विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ । यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।
 
बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही रु ३० हजार, घाइतेलाई रु २० हजार, पूर्ण क्षति भएको घरलाई रु १० हजार, गोठलाई रु पाँच हजार, उच्च जोखिममा परेका घरलाई रु पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई रु १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई रु १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा रु पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ । 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:१८
#बाढीपहिरो
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण शुक्रबार, माघ १६, २०८२
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP