Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार राहत र पुनःस्थापना प्रभावकारी बनाऊ
सरकार राहत र पुनःस्थापना प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

भू–प्रकोपजन्य विपद् बाढीपहिरोले देशवासी आकुलव्याकुल छन् । पूर्वअनुमानित घटना भए पनि कम क्षति न्यूनीकरणका लागि गर्नुपर्ने प्रतिकार्यमा सरकार चुक्यो । प्रतिकार्यसम्बन्धी कार्ययोजना बनाएको भने गत जेठमै हो । कार्ययोजना कार्यान्वयनमा सरकार पूर्णतः असफल सावित भयो । अब जे नहुनु थियो, त्यो भएपछि विपद्मा परेकाको राहत र पुनःस्थापनामा ध्यान दिनु आवश्यक छ ।

संघ सरकारको विपद् प्रतिकार्य समूहले सबै निकायसँग समन्वय गरेर पीडितको व्यवस्थापन, घाइतको उपचार र राहत कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । राहत एकद्वार प्रणालीबाट गरिनुपर्छ । त्यसो गरिएको अवस्थामा राहतको दुरुपयोग हुने सम्भावना रहँदैन । दानवीरहरूको सेवाभाव यहीबेला प्रकट हुनु आवश्यक छ । उद्योगी व्यवसायीले विपद्पीडितलाई खाद्यन्न, लत्ताकपडालगायतका अत्यावश्यक उपभोग्यवस्तुमा सहयोग गर्नुपर्ने देखिएको छ ।

अर्को महŒवपूर्ण पक्ष के छ भने विपद्कै कारण घरबार छाडेर विस्थापित हुनुपरेकाहरूका लागि सरकारले तत्काल अस्थायी संरचना बनाउनुपर्दछ । पुनःस्थापना जति ढिला गरिन्छ, सरकारप्रति नागरिक तहमा त्यति नै बढी अविश्वास पैदा हुन्छ । त्यसै कारण सरकारले यसबेला अभिभावकीय भूमिका प्रकट गर्नुपर्छ । सरकार रहेको आभाष जनतालाई गराउनुपर्छ ।

Hardik health

बाढी, पहिरो र डुबान यी तीनवटैको सम्भावना नभएको ठाउँमा प्रभावितहरूको पुनःस्थापना आवश्यक छ । जहाँ खानेपानी, बिजुली, यातायातजस्ता आधारभूत सुविधाको प्रबन्ध मिलाउनुपर्दछ । यसका लागि पनि अन्तरसरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गराउनुपर्दछ । पुनःस्थापित गरिने क्षेत्र कुनै पनि खालको जोखिमविहीन हुनुपर्छ । 

जाडोयामसमेत सुरु हुन थालेकाले बालबालिका, वृद्धवृद्धा र गर्भवतीको स्वास्थ्यप्रति सरकार संवेदनशील बन्नुपर्छ । पुनःस्थापित क्षेत्रमा कुनै किसिमको संक्रमण फैलिनसक्ने भएकाले त्यसतर्फ सरकार र स्थानीय सबै थप सचेत हुनुपर्छ । तीन तहकै सरकारले नागरिकमैत्री कार्य यसरी गर्नुपर्छ । यस्तो कार्यमा समन्वयकारी भूमिकामा सरकारी संयन्त्र देखिनुपर्दछ । स्वयंसेवी संस्थाहरू अग्रमोर्चामा देखिनुपर्छ । देशभित्र र बाहिरबाट उनीहरूको पुनःस्थापनाका लागि सहायता रकम पनि आवश्यक छ । 

काठमाडौं प्रवेश गर्ने विभिन्न राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त छ । जबकि, दसैं सम्मुखमा छ । लाखौं नागरिक उपत्यकाबाट गाउँ फर्किने सुर गरिरहेकै बेला बाढीपहिरोले सडक प्रभावित पारेको हुनाले भौतिक पूर्वाधार मन्त्रालय, सडक विभागसँगै स्थानीय सरकारले यसमा तदारुकता देखाउनु आवश्यक छ ।
 


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP