Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार ! विपद्को तयारी खोई ?
सरकार ! विपद्को तयारी खोई ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १३, २०८१

विपद्बाट नागरिकलाई जोगाउनु सरकारको मूल कर्तव्य हो । ठीक उल्टो सरकार विपद्जन्य घटनामा परी ज्यान गुमाएका नागरिकको संख्या गन्दै बसेको छ । नागरिक बाँच्न अन्तिम संघर्ष गरिरहँदा सरकार पूरापूर रमिते बनेको देखियो ।

जबकि, अविरल वर्षाका कारण आएको बाढिपहिरोमा परी शनिबार राति ११ बजेसम्ममा देशभर ८७ जनाले ज्यान गुमाइसकेका छन् । ७२ जना बेपत्ता भए । कयौं घरहरू डुबानमा छन् । कतै गुरुकुलमा रहेका विद्यार्थी फसे, कतै भैंसी गोठाले किसान कतै भने मजदुरहरू फसे । कतैचाहिँ बजारमाथि नदी कुद्यो । 

हिन्दू नेपालीहरूको चाड दसैं आउनै लाग्दा कयौं नागरिक घरबारविहीन भइसकेका छन् । वर्षभरि अन्न खानुपर्ने धानखेत नै बाढीले बगाएको अवस्था छ । नागरिकहरू यसरी दुःखै दुःखले थिचिँदा सरकारको भूमिका अभिभावकीय पटक्कै भएन । अझ शनिबारको उपत्यकाकै घटनाले त सरकार विपद् व्यवस्थापनमा कति कमजोर छ भन्ने उदांगो पार्‍यो ।

Hardik health

ललितपुरको नख्खु खोलाबीचमा फसेका नागरिकको तीन घण्टासम्ममा पनि उद्धार गर्न सकेन, सरकारले । अन्ततः राजधानीमै नागरिक भेलमा बग्नुपर्‍यो । तर, धन्नले बगेकामध्ये तीन जनाको उद्धार भयो । एक जना बेपत्ता छिन् । जे भए पनि नख्खु घटनाले सरकारको विपद् व्यवस्थापन तयारीलाई गिज्यायो ।

उसो त गत जेठको तेस्रो साता नै सरकारले विपद्बाट हुनसक्ने जोखिम आकलन गरेको थियो । त्यसका लागि विपद् प्रतिकार्य थालिएको जनाएको थियो । विपद्मा उद्धार अभ्यास सुरक्षाकर्मीलाई गराएको थियो । संघ, प्रदेश र स्थानीय सरकारले संयुक्तरुपमा विपद् प्रतिकार्यमा जुट्ने प्रतिबद्धता जनाएका थिए । तर, शनिबार एकैदिन विपद्मा परेर ठूलो संख्यामा नागरिक हताहतीमा परे । धेरैको अवस्था अज्ञात छ । अझै कतिपय उद्धारको याचना गरिरहेका छन् । 

यसले गर्दा सरकारले कागजी विपद् प्रतिकार्य गरेको प्रस्ट भएको छ । होइन भने खै त पहिरोबाट नागरिकलाई बचाएको ? खोइ त बाढीबाट जोगाएको ? के नाममात्रको विपद् प्रतिकार्य समूह ? सरकारी ढुकुटी सिध्याउने निकायमात्रै हो ? यावत् प्रश्न उठेका छन् ।बाढिपहिरो सम्भावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा लानु सरकारकै दायित्व हो ।

सम्भावित जोखिमबारे सूचित गराउने जिम्मा पनि सरकारकै हो । त्यसले गर्दा सरकारका संयन्त्रहरूको एकद्वारा प्रणालीमार्फत परिचालन गरेर विपद्को बेला नागरिकलाई बचाउने अभिभाराबाट सरकार पञ्छिन मिल्दैन । करोडौं बजेट खर्चिएर गरिने सरकारको विपद् तयारी पूर्णतः निस्प्रभावी देखियो । 

त्यसो त सरकारकै एउटा निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार नै सूचना जारी गरी बिहीबारदेखि लगातार चार दिन भारी वर्षा हुने भन्दै सतर्क रहन सूचना जारी गरेको थियो । तर, सरकार नै अचेत बनेको देखियो । यस्तो फेरि नदोहोरियोस् । 
 


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP