Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  •  उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी
 उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ११, २०८१
File photo

पाटन -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्  ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए । उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्ययोजना तय भएको बताए । 

“आर्थिक मन्दीले सुनचाँदी व्यवसाय फस्टाउन सकेको छैन, विभिन्न माध्यमबाट चोरीपैठारी र आयात भएको छ, यसलाई रोक्न  प्रयत्न गरिरहेका छौँ, कोटा प्रणालीमा आयात हुने हुँदा माग अनुसारको आपूर्तिमा पनि समस्या परिरहेको छ, हाम्रो मौलिक परम्परामा आधारित बहुमुल्य बस्तुका गरगहना निर्यातका लागि आपूर्ति सहज बनाउनु आजको आवश्यकता छ, यो क्षेत्रलाई निर्यात र रोजगारीको माध्यम बनाउन हामी तत्पर छौँ”, उनले भने ।

Hardik health

मन्त्री भण्डारीले हाम्रा सम्पदा र मौलिकता गौरवका विषय भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार क्षेत्र मुलुको पहिचान भएको बताउनुभयो । बहुमुल्य बस्तुहरुको चोरी, पैठारी र अनाधिकृत तवरबाट हुने निकासीबाट सरकारले राजश्व गुमाइरहेको भन्दै उनले नेपाललाई बहुमुल्य बस्तु निर्यात गर्ने राष्ट्रको रुपमा चिनाउने कुरामा सरकार गम्भीर रहेको धारणा राखे ।

“हाम्रो भन्सारले पारेको प्रभाव र निर्यातमा भएको समस्या समाधान गर्नु जरुरी छ, यसका लागि मन्त्रिपरिषद र समितिमा छलफल भएको छ, हाम्रो कला, रोजगारी, मौलिक परम्परा यसमा जोडिएको छ, झन्डै तीन लाख रोजगारी सिर्जना भएको यस क्षेत्रका विषयमा सरकार गम्भीर छ, हामीले व्यवसायिकतामा देखिएका जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ, निर्यातका लागि राष्ट्रिय सम्मेलन गरेर निर्यातका बस्तु तय गरिने छन्”, मन्त्री भण्डारीले भने ।

निजी क्षेत्र, व्यवसायी र व्यापारी हुँदा पनि वित्तीय क्षेत्रमा लगानी थुप्रिएको उल्लेख गर्दै उनले घरजग्गामा होइन, उद्योग क्षेत्रमा लगानी प्रोत्साहन गर्नु आवश्यक छ भने “आन्तरिक र बाह्य लगानी आकर्षित गर्न सरकार प्रतिवद्ध छ ।”  सांसद प्रेमबहादुर महर्जनले सबै समुदायमा गरगहना प्रयोग गर्ने संस्कृति रहेको भन्दै यो एक्स्पोबाट व्यापार मात्रै नभइ संस्कृति प्रवद्र्धनमा पनि मद्दत पुग्ने बताए । 

महासङ्घका अध्यक्ष कृष्ण सुनुवारले एक्स्पो मौलिकता सांस्कृतिक विविधताको विकास र स्थानीय व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । उनले स्पष्ट ऐन, नियम र नियमावली नहुँदा रत्न तथा आभूषण व्यवसायमा समस्या भएकाले यसलाई सम्बोधन गर्न आवश्यक भएको बताए । प्रतिवर्ष अन्तर्राष्ट्रिय बजारमा रु दुई अर्बभन्दा बढीको रत्न तथा आभूषणको माग रहेकाले निर्यात गरेर व्यपार घाटा कम गर्न सकिने उनको भनाइ थियो । 

ललितपुर रत्न तथा आभूषण सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले रत्न तथा आभूषण क्षेत्रमा निर्यातमा कमी आउँदा उद्यमी व्यवसायी ढुक्क हुने अवस्था नरहेको बताए । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा आजदेखि सुरु भएको एक्सपो यही असोज १३ गतेसम्म चल्नेछ । 


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP