Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शिक्षक दरबन्दि नहुदा पढाई प्रभावित
शिक्षक दरबन्दि नहुदा पढाई प्रभावित
admin123
admin123 आइतबार, पुस १६, २०७४
main news
Hardik health
हेमराज भट्ट/असल शासन पोष्ट । नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिका वडा नं. २ लक्ष्मणपुरमा रहेको एक मात्र माध्यमिक बिद्यालयमा शिक्षक दरबन्दि नहुदा शैक्षिक अवस्था कमजोर बन्दै गएको छ । बाँकेको बिकट क्षेत्रको रुपमा चिनिदै आएको राप्तीपारि लक्ष्मणपुर स्थित श्री आदर्श माध्यमिक बिद्यालयले माध्यमिक तहको मान्यता पाएको ३ बर्ष बितिसक्दा समेत सरकारी दरबन्दि नपाउदा पढाई अस्तब्यस्त भएको हो । प्राप्त जानकारी अनुसार सो गाँउपालिकाको वडा नं. १ कटकुईया, वडा नं. २ लक्ष्मणपुर र बडा नं. ३ कालाफाँटा क्षेत्रको लागि एउटा मात्रै माध्यमिक बिद्यालय रहेको सो बिद्यालयमा माबि तहको मान्यता पाएको बर्षै बितिसक्दा समेत हाल सम्म शिक्षकको दरबन्दि आएको छैन । बि.स. २०३५ सालमा स्थापना भएको आदर्श बिद्यालयले निमावि हुदै बि.स. २०७१ सालमा माध्यमिक बिद्यालयको रुपमा मान्यता पाएको थियो । बिद्यालय छ तर पढाउने शिक्षक नहुदा सो क्षेत्रका बिद्यार्थीहरुले बिग्रीएको र धुलाम्य कच्चि सडकमा १÷२ घण्टाको साईकल दुरी पार गर्दै महेन्द्र माबि मटेहियामा अध्ययनका लागि जानु पर्ने बाध्यता रहेको बिद्यार्थीहरु बताउछन् । बिद्यालयले माध्यमिक पढाईको स्विकृती पाए पछि घर नजिकै छोरा छोरीहरुलाई पढाउन सकिने भयो भन्ने सोचिएको थियो तर दक्ष शिक्षक नहुदा नाममात्रैको बिद्यालय भयो एक स्थानियले असल शासन डटकमसँग गुनासो गरे । प्राप्त जानकारी अनुसार हाल सो बिद्यालयमा कक्षा ९ मा जम्मा बिद्यार्थी सख्या ८ जना र कक्षा १० मा १२ जना बिद्यार्थीहरुको नाम दर्ता भएको पाईन्छ तर उनीहरुमध्ये पनि सबै बिद्यालय नआउने गरेको श्रोत बताउछ । बिद्यालयकै एक कर्मचारीले दिएको जानकारी अनुसार सो बिद्यालयमा बढ्ने ८ जना बिद्यार्थीहरु पढाई राम्रो नभएको भन्दै मटेहिया स्थित महेन्द्र माबिमा जाने गरेका छन् । नरैनापुर क्षेत्रकै पुरानो सो बिद्यालयको संरचना समेत अप्रयाप्त रहेको देखिन्छ । हाल बिद्यालयले ६ कक्षा कोठामा १० सम्मको पढाई गर्दै आएको जनाएके छ । बेन्चहरुको पनि कमी रहेका कारण बिद्यालयले दुई तिन कक्षाहरुलाई एकै स्थानमा राखेर पढाउने गरेको एक शिक्षकले बताए । जानकारी अनुसार सो बिद्यालयमा हाल ३ जना निमाबि र २ जना प्राबि शिक्षकहरुको दरबन्दि रहेको छ । भने माध्यमिक तहको पढाईका लागि भन्दै ३ जना शिक्षकहरुलाई निजि श्रोतबाट ब्यवस्थापन गरिएको छ । बिद्यालयमा शिक्षकको दरबन्दि नहुनु, बिद्यालयमा कक्षा कोठा तथा बेन्चहरुको समेत उचित ब्यवस्था नहुदा बिद्यार्थीहरुको बिद्यालय प्रतिको आकर्षण घट्दै गएको अभिभावकहरु बताउछन् । अर्को तिर बाँकेको नरैनापुर गाँउपालिकामा अन्य क्षेत्रको तुलनामा साक्षरता दर कम रहेकाले समेत बिद्यालयमा बिद्यार्थीहरु सख्यात्मक रुपमा कम हुने गरेको जानकारहरु बताउछन् । हाल कक्षा १ देखि १० कक्षा सम्म ३ सय ८५ जना बिद्यार्थीले भर्ना गरेको अभिलेखले देखाउछ जुन सख्यात्मक रुपमा हेर्दा निकै कम हो । श्रोतले दिएको जानकारी अनुसार भर्ना गरिएको बिद्यार्थी सख्याको तुलनामा बिद्यालय आउनेको सख्या निकै न्यून छ । बिद्यालयलाई जिल्ला तहले प्राथमिकतामा नराख्दा यस्तो समस्या आएको एक कर्मचारीले बताए । साच्चिकै जिल्लाले नै चासो नदिएको हो त यस बारेमा सो क्षेत्र हेर्ने जिल्ला शिक्षा कार्यालयका बिनी त्रीलोकी नाथ मौर्य निरन्तरको पहल र माग गर्दा समेत सफल नभएको बताउछन् । जिल्ला शिक्षा कार्यालयले सो बारेमा चासो नदिएको उनको भनाई थियो । यस बारेमा बिद्यालयका प्रधानाध्यापक मदन कृष्ण श्रीवास्तबलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उता भ्रखरै मात्र निर्वाचित भई नरैनापुर गाँउपालिकाको अगुवाई गरिरहेका नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले गाँउपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । गाँउपालिकाको नेतृत्व लिएसँगै शैक्षिक अवस्था कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा कार्ययोजना निर्माण गर्दै सोही अनुरुप बजेट समेत बिनीयोजन गर्ने गरि काम गरिरहेको उनले बताए । सो बिद्यालयको अवस्थाका बारेमा निकै चिन्तिक रहेको भन्दै अध्यक्ष शाहले बिद्यालयको स्तर उन्नतीका लागि कार्यक्रम तयार गरेको जनाए । शिक्षक दरबन्दिका बिषयमा जिल्ला शिक्षा अधिकारी भिम बहादुर साँउदालाई सम्पर्क गर्दा जिल्लामा शिक्षक दरबन्दिको अभाव रहेकाले दिन नसकिएको बताए । राप्ती पारि भनेर नहेरेको होईन उनले भने सरकारी मापदण्ड अनुसार न्यूनतम माबि बिद्यालयमा ५ जना शिक्षक हुनुपर्ने हुन्छ जिल्लामा निकै कम बिद्यालयमा मात्रै दरबन्दि पूर्ण छ । कतैबाट कटौती गरेर दिन सकिने अवस्था समेत नरहेको उनको भनाई थियो । उनका अनुसार बाँके जिल्लामा हाल झण्डै ५० प्रतिशत बढी बिद्यालयमा माबि शिक्षकको दरबन्दि अभाव रहेको छ । नरैनापुरको कटकुईँया देखि गंगापुर सम्म ३ ओटा मात्रै माध्यमिक बिद्यालय संचालीत छन् । शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको सो क्षेत्रमा सबै गरी २१ सरकारी बिद्यालय, २३ मदर्शा र १ ओटा बोडिङ्ग स्कुल संचालन हुदै आएका छन् । सो क्षेत्रमा शैक्षिक जागरण फैलाउन सम्बन्धित नियकाले आवश्यक पहल कदमी चाल्न आवश्यक देखिन्छ ।
प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP