Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • चार दिनसम्म वर्षाको प्रक्षेपण , ५६ जिल्ला उच्च जोखिममा
चार दिनसम्म वर्षाको प्रक्षेपण , ५६ जिल्ला उच्च जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१
  •  बंगालको खाडीबाट प्रवाह भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बदली
  • आजबाट देशभर लगातार चार दिन वर्षा हुने पूर्वानुमान
  • तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना

काठमाडौं– मुख्य खाद्यन्नबाली धान पाक्ने समयमा देशका विभिन्न स्थानमा हावाहुरीसहित चार दिन लगातार वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । 

महाशाखाले बुधबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै मौसम बदलीका कारण आज (बिहीबार)बाट देशभर लगातार वर्षा हुने प्रक्षेपण गरेको छ । वर्षाबाट ५६ जिल्ला उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीबाट प्रवाह भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुन लागेको हो ।

‘असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।    


अघिल्ला वर्षाहरुमा सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसहित लुम्बिनीका अधिकांश जिल्लामा धानबालीमा ठूलो क्षति पुगेको थियो । वर्षाले बर्सेनि क्षति पुर्‍याउँदा पनि सरकारसँग भने कुनै पूर्वतयारी छैन । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।    

Hardik health

आज दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।

शुक्रबार देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको जनाइएको छ ।

साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित अति भारी वर्षाकोसमेत सम्भावना रहेको जनाइएको छ ।शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाकोसमेत सम्भावना महाशाखाको पूर्वानुमान छ ।

साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

   
यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ । महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
  


‘रेड जोन’मा यी जिल्ला     
जल तथा मौसम विज्ञान विभागले विभिन्न ५६ जिल्ला ‘रेड जोन’ अर्थात् भारी वर्ष हुने सूचीमा राखेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।  

  
कोशी– झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ
मधेस– सिरहा, सप्तरी, पर्सा     
बागमती– मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप 
गण्डकी– म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ 
लुम्बिनी– रुकुमपूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया
कर्णाली– जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान
सुदूरपश्चिम– डोटी, कैलाली, अछाम, मुगु र हुम्ला

महाशाखाले मुगु र हुम्लालाई निम्न जोखिमको सूचीमा राखेको छ । तप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, बारा, धनुषा, रौतहट, सर्लाही, महोत्तरी, दोलखा, मुस्ताङ, डोल्पा, कालिकोट, जुम्ला, डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, दार्चुला, बैतडी मध्यम जोखिममा पर्ने महाशाखाले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो
वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो आइतबार, चैत २२, २०८२
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’ शुक्रबार, चैत २०, २०८२
भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता
भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता शुक्रबार, चैत २०, २०८२
पन्ध्र करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
पन्ध्र करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै बिहीबार, चैत १९, २०८२
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन बुधबार, चैत १८, २०८२
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु बुधबार, चैत १८, २०८२
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP