Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चितवनमा डेंगी र स्क्रब टाइफसका बरिामी बढे
चितवनमा डेंगी र स्क्रब टाइफसका बरिामी बढे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ९, २०८१

चितवन - जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन् ।

साउनयता जिल्लामा डेंगीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएकका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेंगीको सङ्क्रमण देखिएको हो ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ६२ जनामा डेंगीको सङ्क्रमण देखिएकामा दुई जनाको मृत्यु भएको प्रमुख रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा तीन सय ७६, रत्ननगर नगरपालिकामा एक सय ८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका नगरपालिकामा ३१ र माडी नगरपालिकामा आठ जनामा डेंगी सङ्क्रमण देखिएको छ । 
 
प्रमुख रुपाखेतीका अनुसार गत आवमा २३ हजार आठ सय ४० जनाको परीक्षण गर्दा एक हजार आठ सय ३१ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो । वर्षा हुने र घाम लाग्ने समय लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ, असोजमा डेंगी सङ्क्रमण देखिने गर्दछ । उनले भने, “अहिले साउनको सुरुवतादेखि डेंगीको सङ्क्रमण बढ्दै गएको हो ।” 

यो रोग घरवरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले यो समयमा बढी सर्तकता अपनाउनुपर्ने उनले उल्लेख गरे ।  यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्कीलगायत स्थानमा फूल पार्ने गर्दछ ।

Hardik health

यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए । डेंगी लगेमा पाँचदेखि सात दिनसम्म ज्वरो रहनसक्ने उनले बताए ।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने उनले बताए। 

डेंगीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायरलगायतमा पानी जम्न नदिने जनस्वास्थ्य अधिकृत पट्टेलले उल्लेख गरे।

दुई सय २१ जनामा स्क्रब टाइफस

जिल्लाका विभिन्न अस्पतालमा साउनयता दुई सय २१ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । उपचारका गर्न आएका एक हजार छ सय २१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमितमध्ये एक सय १५ चितवन र एक सय छ जना बाहिरी जिल्लाका हुन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षणका क्रममा दुई सय ४८ जनामा स्क्रब टाइफस देखिएको थियो । स्क्रफ टाइफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने उनले जानकारी दिए ।

स्क्रफ टाइफस भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । 

यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने रुपाखेतीले बताए । 


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा आइतबार, मंसिर २८, २०८२
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित शुक्रबार, मंसिर २६, २०८२
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड बुधबार, मंसिर २४, २०८२
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन्
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन् बुधबार, मंसिर २४, २०८२
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP