Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ८, २०८१

कास्की-  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गरेको छ । पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले गर्भवतीको नियमित स्वास्थ्य परीक्षणका साथै आवश्यक अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा १३ र गत आवमा चार जनामात्रै घरमा सुत्केरी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउने उद्देश्यले ‘सुत्केरी चुलो’, जनचेतना अभिवृद्धिसहित विभिन्न अभिमुखीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । 

Hardik health

“शून्य होम डेलिभरी पालिका घोषणाको तयारी सुरु गरिसकेका छौँ । सबै वडाहरुमा गर्भवतीको सङ्ख्या दर्ता गरेर ‘उपाध्यक्षसँग गर्भवती सुरक्षा’ कार्यक्रमका बारेमा जानकारी दिइरहेका छौँ”, उनले भने, “सुत्केरीका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्दछ भन्ने सन्देश प्रवाह गरेका छौँ ।”

गर्भवती सुरक्षा, पोषण, आमा र शिशुको स्वास्थ्य तथा गर्भावस्थामा देखापर्ने खतराका चिन्ह, यसको व्यवस्थापन, सुत्केरी स्याहार, सुत्केरी चुलो, सुत्केरीलाई यातायात सुविधा, पालिकामा सञ्चालित बर्थिङ सेन्टरलगायत विषयका बारेमा सबै वडाका गर्भवतीलाई जानकारी गराउन अभिमुखीकरण सुरु गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उनका अनुसार पालिकाले दुई वर्षदेखि ‘सुत्केरी चूल्हो’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाँचका लागि जानलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालले बताए। “सुत्केरी चूल्हो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसले स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको पाएका छौँ”, उनले भने, “घरमा हुने सुत्केरीलाई चालु आवमा शुन्यमा झार्ने योजना अनुसार कार्यक्रम गरिरहेका छौँ ।” 

स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार ‘सुत्केरी चुलो’ कार्यक्रममा महिलाले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउछन् । सुत्केरी र एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । 
 
स्वास्थ्य शाखा प्रमुख दाहालले गाउँपालिकाले प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा आवतजावत गर्दा लाग्ने यातायात खर्चसमेत दिने गरेको बताए । पालिकाका प्रसूति केन्द्रमा सुत्केरी हुन नसकी अन्य अस्पतालमा पठाउनुपरेमा थप यातायात खर्चसमेत दिने गरिएको दाहालले जानकारी दिए । सङ्घीय सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेका लागि रु दुई हजार उपलब्ध गराउँदै आएको छ ।

यसबाहेक गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भजाँच गराउनेलाई यातायात खर्चबापत सुगमका लागि रु एक हजार र दुर्गमका लागि रु दुई हजार पाँच सय तथा पोषण खर्च रु एक हजार प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । 
 


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक मंगलबार, माघ २०, २०८२
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण सोमबार, माघ १९, २०८२
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै आइतबार, माघ १८, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने आइतबार, माघ १८, २०८२
‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका
‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP