Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री ओलीलाई तारो बनाउँदै रास्वपा
सहकारीको बचत अपचलन प्रकरण  प्रधानमन्त्री ओलीलाई तारो बनाउँदै रास्वपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज ८, २०८१
  •  प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन लामिछानेको चेतावनी
  •  न्युयोर्कमा ओलीलाई विरोध उनको कर्मको फल भएको दाबी 
  •  विदेशमा रहेका नेपाली युवालाई नेपाल फर्क भन्ने नैतिक धरातल नभएको दाबी

काठमाडौं– सरकारले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला आइतबार सनसनीपूर्ण फैलियो । गोरखा मिडिया नेटवर्कका एक जना संस्थापक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई समेत पक्राउ गर्न लागिएको हल्ला चलेको हो । 

प्रतिवेदनमा लामिछानेसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबहादुर (जिबी) राई, पूर्वडिआइजी जोशीलगायतलाई दोषी ठहर गरेको छ । सोहीअनुसार सरकारले कारबाही अगाडि बढाएको हो । तर, जोशी पक्राउलगत्तै रास्वपा सभापति लामिछाने भने हतासमा देखिए । सभापति लामिछाने आफूलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न लागिएको भन्दै हतासमा देखिएका हुन् ।

उनीसहित रास्वपाका नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । प्रधानमन्त्री ओली भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यतिबेला अमेरिकामा छन् ।सभापति लामिछानेले सोमबार पनि अबेरसम्म पार्टी कार्यालय वनस्थलीमै ठूलो संख्यामा भेला भएका नेता कार्यकर्तासँगै बिताए । सोमबार लामिछानेकै पूर्वव्यावसायिक साझेदार जोशीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पाँच दिन हिरासतमा राख्न म्याद थप अनुमति दिएको छ । जोशी पक्राउपछि आफू पनि पक्राउ पर्ने भय लामिछानेमा छ । सोही कारण सभापति लामिछानेसँगै उनका दलका नेताहरू प्रधानमन्त्री ओलीविरुद्ध क्रुद्ध भएका हुन् । उनीहरूले ओलीको सक्दो आलोचना गरिरहेका छन् । 

लामिछानेले प्रधानमन्त्री ओलीलाई अमेरिकाको न्युयोर्कबाट आँखा नसन्काउन भन्दै चेतावनी दिएका छन् । ‘न्युयोर्कबाट आँखा नसन्काउनूस् प्रधानमन्त्रीज्यू,’ लामिछानेले फेसबुकमा लेखेका छन् । उनले आफूलाई पक्राउ गरिए राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिए ।लामिछानेपछि पार्टीका अन्य नेताहरू प्रधानमन्त्री ओलीविरुद्ध क्रुद्ध भएका छन् । उपसभापति डोलप्रसाद (डिपी) अर्यालले अमेरिकामा ओली सहभागी हुने तय भएको कार्यक्रम सुरक्षा संवदेनशीलतालाई देखाउँदै स्थगित भएको प्रसंग जोड्दै त्यसलाई ‘कर्मको फल’को रुपमा अथ्र्याएका छन् ।

Hardik health

त्यसबारे अर्यालले पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘नेपाल सरकारको लेटरप्याडमा के लेखिएको छ, उहाँहरू असुरक्षित हुनुभयो रे अमेरिकामा । अचम्म लाग्छ मलाई । त्यो उहाँको कर्मको फल हो । शुभकामना छ उहाँलाई ।’उनले सहकारी प्रकरणमा छानबिन समितिले टिओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी गरे । प्रतिवेदनले ८७ अर्बको कुरा ल्याउँदा पनि लामिछानेविरुद्ध सबै लागिरहेको उपसभापति अर्यालको गुनासो थियो । 

सोही दलकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरिन् । उनले अमेरिका पुगेर ओलीले नेपालीलाई ‘देशमा फर्क’ भन्ने नैतिक नभएको बताइन् । ‘विदेशमा रहेका नेपाली युवालाई कुन नैतिक धरातलबाट नेपाल फर्क भन्ने हो,’ प्रधानमन्त्री ओलीलाई उनको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने भएकाले न्युयोर्क र बोस्टनमा रहेका नेपाली युवा विद्यार्थीलाई प्रधानमन्त्रीको सम्बोधन सुन्न अनुरोध गर्दै पूर्वशिक्षामन्त्री श्रेष्ठले आफ्नो प्रश्न गरिदिन पनि आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नुभएको छ । न्युयोर्क र बोस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है, अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला– नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलमा फर्क भन्ने हो ?’

सभापति लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ पर्ने डर छ । किनभने उनलाई सूर्यबहादुर थापा संयोजक रहेको संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिदेनमा कारबाही सिफारिस गरिएको छ । कारबाही प्रचलित कानुनअनुसार गर्न भनिएको छ । उनीसँगै कारबाही सिफारिस भएका पूर्वडिआइजी जोशी आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ परे । त्यसपछि भने रविमा आफू पक्राउ प भय सिर्जना भएको देखिएको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले अहिले लामिछानेलाई पक्राउ गर्ने कुनै योजना नभएको बताएका छन् । अनुसन्धानका क्रममा आवश्यक पर्दा पक्राउका लागि कुनै तयारी गर्ने भन्ने नहुने पनि बताए ।

उनले प्रभावसँग भने, ‘उहाँसित बुझ्नुपर्ने विषय बन्यो भनेचाहिँ कुरा अगाडि बढ्छ । अहिले त्यो अवस्था बनेको छैन ।’सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलनमा लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै गत साता संसदीय छानबिन विशेष समितिले उनीसहितका व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो । लामिछानेको सन्दर्भमा अनुसन्धान गर्ने एकाइले अहिले त्यसबारे केही नभनेको प्रहरी प्रवक्ता कार्कीले बताए । लामिछाने पक्राउ पर्न लागेको चर्चा चलेपछि चीन भ्रमणमा गएका रास्वपाका नेताहरू स्वदेश फर्किन लागेको बताइएको छ । यद्यपि, लामिछानेले भने सहकारीकाण्डमा सफाइ पाएको दाबी गर्दैै आएका छन् । 

संसदीय छानबिन समितिको प्रतिवेदनको परिच्छेद–१८ मा रहेको सुझाव तथा सिफारिससम्बन्धी विवरणमा लामिछानेका सम्बन्धमा केही विषयहरू उल्लेख गरिएको छ र उनलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवेदनअनुसार गोरखा मिडिया नेटवर्क कम्पनीका सञ्चालकहरु संस्थामा मुख्य जिम्मेवार हुन्छन् । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध गर्नबाट पन्छिन मिल्दैन ।

‘खातावाला हस्ताक्षरकर्ताहरू, जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ,’ उक्त प्रतिवेदनमा भनिएको छ ।प्रतिवदन कार्यान्वयन गर्न आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै जोशी पक्राउ परे । लामिछानेलाई पनि आफू पक्राउ गर्ने डर पैदा भएको हो ।
 


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP