Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो
तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ६, २०८१

भारत - भारतको आन्ध्र प्रदेशस्थित हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो मिसाइएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा प्रसादको रूपमा लड्डु बनाउन शुद्ध घीउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो ।

शेषाचालम पर्वतमा अवस्थित तिरुमला तिरुपति देवस्थान विश्वको सबैभन्दा धनी तीर्थस्थल मध्ये एक हो । यो तीर्थयात्रा शेषाचालम पर्वतमा छ ।भगवान् बैङ्कटेश्वरको यो मन्दिर राजा तोन्डमनले बनाएका थिए । पछि चोल, पाण्ड्य र विजयनगरका राजाहरूले पनि यस मन्दिरका लागि योगदान पुर्‍याए । मन्दिरको प्राणप्रतिष्ठा ११ औँ शताब्दीमा रामानुजाचार्यले गरेका थिए ।

भगवान् बैङ्कटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेर कहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको धार्मिक मान्यता छ ।तिरुमला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन चढाइन्छ । मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र फोटो खिच्न अनुमति छैन । अहिले चर्चामा रहेका लड्डु मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन् । यो भान्सालाई पोट्टु भनिन्छ ।

Hardik health

तिरुमला तिरुपति देवस्थानमका अधिकारीहरूका अनुसार भक्तजनहरूलाई लड्डु, वडा, अप्पम, मनोहरम, जेरी जस्ता प्रसाद वितरण गरिन्छ । यीमध्ये, लड्डु सबैभन्दा पुरानो र लोकप्रिय प्रसाद हो । प्रसादका रूपमा दिने चलन ३०० वर्षदेखि चलिआएको बताइन्छ ।सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक सङ्केत दिइएको थियो । यहाँको लड्डु चना, मखन, चिनी, काजु, किसमिस र अलैँचीबाट बनाइन्छ । तिरुमला तिरुपति देवस्थानम (टीटीडी)का कार्यकारी अधिकृत श्यामला रावले मिसावटको पुष्टि गर्दै यसअघि वनस्पति घिउ मात्रै मिसाइने पाइएको र अहिले बोसोको मात्रा पनि पाइएको बताएका हुन् ।

मन्दिरमा घिउको आपूर्ति गर्दै आएका पाँच कम्पनीमध्ये एउटाको गुणस्तरबारे प्रश्न उठेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखिएको छ । तमिलनाडुको एआर डेरी फुड्स कम्पनीबाट मगाइएको १० ट्याङ्कर घिउमध्ये छ ट्याङ्कर घिउ प्रयोग भइसकेपछि चार ट्याङ्करको नमुना परीक्षणको प्रतिवेदनमा मिसावट देखिएपछि फिर्ता पठाइएको एक अधिकारीले बताएका छन् । तर एआर डेयरी फुड्सले एक विज्ञप्ति जारी गर्दै शुद्ध घिउ दिइएको दाबी गरेको छ ।

मन्दिर व्यवस्थापन गर्ने कार्यालय टीटीडीले केही घिउको नमुना परीक्षणका लागि गुजरातको राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाको प्रतिवेदनमा घिउमा ‘एस भ्यालु’ कहिले बढी र कहिले कम देखिएको थियो । त्यसको विश्लेषणबाट बोसो मिसाइएको निष्कर्ष अधिकारीहरूले निकालेका थिए ।

पाँच वटा मापदण्डका आधारमा गरिएका परीक्षणमध्ये सबै मापदण्डमा घिउको नमुनामा मिसावट रहेको देखिएको थियो । प्रयोगशालाले वनस्पतिको तेल र जनावरको बोसो दुवै मिसावट भएको प्रतिवेदन दिएको बताइएको छ ।

एक विज्ञले उक्त प्रतिवेदनका आधारमा जनावरको बोसो मिसावट भएको हो वा होइन भन्न नसकिने बताए । ‘भारतमा सामान्यतः घिउमा पाम आयल मिसाइन्छ । तर टीटीडीको हकमा के भयो म ठ्याक्कै भन्न सक्दिनँ,’ उनले भनेका छन् । अघिल्लो सरकारले घिउ खरिदका लागि बोलपत्र आह्वान गर्दा प्रतिकिलो ३१९ भारतीय रुपैयाँका दरले गाईको घिउ उपलब्ध गराउने सहमति भएको थियो । तर धेरै विज्ञहरूले यो मूल्यमा गाईको घिउ उपलब्ध गराउन नसकिने बताएका छन् ।

प्रसादको गुणस्तरलाई लिएर एकातिर भक्तजनको भावनामा ठेस पुगेको छ भने अर्कोतिर यस विषयमा राजनीति पनि सुरु भएको छ । पूर्वमुख्यमन्त्री जगनमोहन रेड्डीले अहिलेका मुख्यमन्त्री चन्द्रबाबु नायडूको १०० दिनको शासन राम्रो नभएका कारण ध्यान मोड्नका लागि उनले यो मुद्दा उठाएको आरोप गाएका छन् ।

भाजपा, जनसेना, कांग्रेस लगायत प्रमुख दलका नेताहरूले घिउमा भएको दाबी गरिएको मिसावटको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । सेप्टेम्बरको सुरुबाट लाड्डु लिन कुपन देखाउने व्यवस्था गरिएको छ । सबैलाई एउटा लड्डु सित्तैमा दिइन्छ । त्यसबाहेक थप एउटा लड्डु लिन चाहनेले ५० रुपैयाँ भारु तिर्नुपर्छ ।

मन्दिरमा भक्तजनका लागि ७,५०० सय वटा ठूला लड्डु र ३,५०० सय वडा बनाउने गरिन्छ । सन् २००८ सम्म कसैले एउटा लड्डुबाहेक प्रसाद चाहियो भने २५ भारतीय रुपैयाँमा दुई वटा लड्डु दिइन्थ्यो । यसपछि मूल्य बढाएर ५० रुपैयाँ भारु पुर्‍याएपछि विवाद भएको थियो ।

बीबीसी


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP