Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘अकाल मृत्यु’ रोक्ने प्रभावकारी कार्यक्रम ल्याऊ
‘अकाल मृत्यु’ रोक्ने प्रभावकारी कार्यक्रम ल्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ४, २०८१

वैदेशिक रोजगारीका क्रममा बर्सेनि हजारौं युवाहरुले ज्यान गुमाइरहेका छन् । त्यसरी मृत्यु हुने कारणमध्ये पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार श्रम गन्तव्य मुलुकहरुमा हरेक वर्ष आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । यो निकै चिन्ताजनक र संवेदनशील विषय हो ।

यसरी विकराल बन्दै गएको यो विषयमा सरोकारवालाको ध्यान नपुगेको देखिन्छ । बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये विभिन्न कारणबाट एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए । जसमा १९० जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ । अघिल्ला चार वर्षमा पनि अत्महत्या क्रमशः बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६७ जना, २०७७/७८ मा १४४ जना, २०७८/७९ मा १०७ जना र २०७९/८० मा १४७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो पाँच वर्षको अवधिमा ६५५ जनाले रोजगारीका क्रममा विदेशमा आत्महत्या गरेको बोर्डले जनाएको छ।विदेशमा प्राकृतिक रुपमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। दोस्रोमा अन्य कारणबाट मृत्यु हुनेको संख्या छ भने तेस्रोमा आत्महत्यालाई लिइएको छ।    वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्नुको कारणबारे कुनै अध्ययन गरिएको छैन । आत्महत्यालगायतका अन्य कारणबाट हुने मृत्युको रोकथामका लागि आवश्यक उपायहरु अवलम्बन गरिरहेको बताइए पनि सरकारले ठोस् कार्यक्रम अघि सारेको पाइँदैन । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ ।

Hardik health

विभिन्न समस्या र सपना लिएर रोजगार गन्तव्यमा पुगेका युवाहरुले त्यहाँ अनेक प्रकारका हण्डर सहनुपर्छ । विदेशी भूमिमा दुःख गरेर भए पनि परिवारको सपना पूरा गर्ने उनीहरुको लक्ष्यमा अनेक बाधा आइपर्छन् । यताबाट म्यानपावर कम्पनीले भनेअनुसारको काम र सेवा सुविधा पाउँदैनन् । जसकारण उनीहरु मानसिक समस्यामा फस्छन् । जसले पछि आत्महत्यासम्मको अवस्थामा पु¥याउने गरेको जानकारहरु बताउँछन् । 

सरकारले आत्महत्यालगायत अन्य कारणबाट हुने मृत्युको न्यूनीकरण गर्न वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालन गरिरहेको बताएको छ । अनलाइनबाटै स्वास्थ्य तथा मनोपरामर्श सेवा दिने लक्ष्यका साथ टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याए पनि त्यसको प्रभावकारिता मूल्यांकन हुन बाँकी नै छ । आत्महत्याका घटना जुन रुपमा बढिरहेको छ, यो रोक्न सरकारले ठोस् कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सकसपछिको आशा जगाउने नयाँ वर्ष
सकसपछिको आशा जगाउने नयाँ वर्ष बिहीबार, पुस १७, २०८२
समानुपातिक सूचीमा पुरानै ढर्रा
समानुपातिक सूचीमा पुरानै ढर्रा बुधबार, पुस १६, २०८२
चुनावमा होमियो मुलुक
चुनावमा होमियो मुलुक मंगलबार, पुस १५, २०८२
वैकल्पिक शक्ति एक हुनुको सार्थकता
वैकल्पिक शक्ति एक हुनुको सार्थकता सोमबार, पुस १४, २०८२
दुर्गमका जनतालाई राहत पुग्ने निर्णय
दुर्गमका जनतालाई राहत पुग्ने निर्णय आइतबार, पुस १३, २०८२
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी बिहीबार, पुस १०, २०८२
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP