Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘अकाल मृत्यु’ रोक्ने प्रभावकारी कार्यक्रम ल्याऊ
‘अकाल मृत्यु’ रोक्ने प्रभावकारी कार्यक्रम ल्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ४, २०८१

वैदेशिक रोजगारीका क्रममा बर्सेनि हजारौं युवाहरुले ज्यान गुमाइरहेका छन् । त्यसरी मृत्यु हुने कारणमध्ये पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार श्रम गन्तव्य मुलुकहरुमा हरेक वर्ष आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । यो निकै चिन्ताजनक र संवेदनशील विषय हो ।

यसरी विकराल बन्दै गएको यो विषयमा सरोकारवालाको ध्यान नपुगेको देखिन्छ । बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये विभिन्न कारणबाट एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए । जसमा १९० जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ । अघिल्ला चार वर्षमा पनि अत्महत्या क्रमशः बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६७ जना, २०७७/७८ मा १४४ जना, २०७८/७९ मा १०७ जना र २०७९/८० मा १४७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो पाँच वर्षको अवधिमा ६५५ जनाले रोजगारीका क्रममा विदेशमा आत्महत्या गरेको बोर्डले जनाएको छ।विदेशमा प्राकृतिक रुपमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। दोस्रोमा अन्य कारणबाट मृत्यु हुनेको संख्या छ भने तेस्रोमा आत्महत्यालाई लिइएको छ।    वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्नुको कारणबारे कुनै अध्ययन गरिएको छैन । आत्महत्यालगायतका अन्य कारणबाट हुने मृत्युको रोकथामका लागि आवश्यक उपायहरु अवलम्बन गरिरहेको बताइए पनि सरकारले ठोस् कार्यक्रम अघि सारेको पाइँदैन । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ ।

Hardik health

विभिन्न समस्या र सपना लिएर रोजगार गन्तव्यमा पुगेका युवाहरुले त्यहाँ अनेक प्रकारका हण्डर सहनुपर्छ । विदेशी भूमिमा दुःख गरेर भए पनि परिवारको सपना पूरा गर्ने उनीहरुको लक्ष्यमा अनेक बाधा आइपर्छन् । यताबाट म्यानपावर कम्पनीले भनेअनुसारको काम र सेवा सुविधा पाउँदैनन् । जसकारण उनीहरु मानसिक समस्यामा फस्छन् । जसले पछि आत्महत्यासम्मको अवस्थामा पु¥याउने गरेको जानकारहरु बताउँछन् । 

सरकारले आत्महत्यालगायत अन्य कारणबाट हुने मृत्युको न्यूनीकरण गर्न वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालन गरिरहेको बताएको छ । अनलाइनबाटै स्वास्थ्य तथा मनोपरामर्श सेवा दिने लक्ष्यका साथ टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याए पनि त्यसको प्रभावकारिता मूल्यांकन हुन बाँकी नै छ । आत्महत्याका घटना जुन रुपमा बढिरहेको छ, यो रोक्न सरकारले ठोस् कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP