Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे
कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २, २०८१

नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो ।

संविधान जारी भएपछि बनेका सबैजसो सरकार सङ्घीयता कार्यान्वयनमा कमजोर देखिन थालेको छ । स्थानीय र प्रदेश तहको क्षमता विकासमा सङ्घीय सरकारले ध्यान दिन सकेन । सुरुमा प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन फितलो भयो । सात वर्षसम्म आइपुग्दा राजनीतिक सङ्घीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय सङ्घीयता प्रादेशिकस्तरमा अझै व्यवस्थित हुन सकेको छैन । सङ्घ सरकारबाट निर्माण गर्नुपर्ने कानुन, हस्तान्तरण गर्नुपर्ने अधिकार प्राप्त नहुँदा जनअपेक्षा अनुसारको काम गर्न सकिएको छैन ।

संविधानतः सङ्घसरकारले निर्माण गरेको कानुनसँग प्रदेश सरकारले निर्माण गरेको कानुन बाझिएमा स्वतः खारेज हुनेछ भन्ने उल्लेख छ । यसका कारण हामीलाई कानुन बनाउन समस्या छ भने कार्यान्वयनमा पनि समस्या देखिएको छ । प्रस्तुत छ, संविधान दिवसका सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग राससबाट लिइएको अन्तर्वार्ताको सम्पादित विवरणः

नेपालको संविधान २०७२ जारी भएपछि प्रदेशमा भएका उपलब्धिहरु केके हुन् ? अहिलेसम्म सम्पादित कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
अनेकौँ समस्याका बाबजुत पनि प्रदेश संरचनाहरूले जनताको नजिक रहेर सेवा प्रवाह गरिरहेका छन् । आफ्ना गुनासो, माग लिएर नागरिक सहजरुपमा मुख्यमन्त्री, मन्त्रीसँग भेट्न, माग राख्न आउनुहुन्छ । स्रोतसाधनले भ्याएसम्म प्रदेश सरकारले जनताको माग सम्बोधन गर्ने प्रयत्न गरिरहेको छ । सङ्घ सरकारसम्म पहुँच पु¥याउन नसकेका सर्वसाधारणले प्रदेश सरकारसँग सहज पहुँचको महुशुस गर्नु भएको हामीले ठानेका छौँ । स्थानीय सरकारसँग पनि सहकार्य र समन्वय छिटो, छरितो भएको छ । छिटो हुनुपर्ने काम ढिलो भएको छ तर जनताको अपेक्षाअनुसार गुनासो र निरासा हटाउँदै काम गर्न संविधानमा उल्लेख भएको अधिकार प्रत्यायोजन गरेर कार्यन्वयनमा जानुपर्छ । प्रशासनिक र वित्तीय सङ्घीयता कार्यन्वयनमा सङ्घ सरकार गम्भीर हुनुपर्छ । नतिजा ल्याउन प्रदेश सक्षम छ ।
 
संविधानअनुसार बीचमा रहेको प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा हालको संरचनागत र कानुनी व्यवस्था कस्तो छ ? प्रदेश सरकारलाई अझ सशक्त प्रभावकारी र विश्वसनीय बनाउन के कस्तो संरचना र कानुनी व्यवस्था छ ?
प्रदेश सरकारलाई नीति कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्न समस्या छ । हामी आफैँले कानुन बनाएर सम्पादन गर्ने कामहरु भएका छन् । संविधानतः प्रदेशलाई समन्वयकारी भूमिका निर्वाह गर्ने अङ्गको रुपमा लिइएको छ । हामीले बनाएका नीति कार्यक्रम, कार्ययोजनाहरू सङ्घ र स्थानीय तहसँग समन्वय गरेर गर्नुपर्ने पनि धेरै छन् । ती कार्ययोजना कार्यान्वयन गर्न सङ्घीय कानुनले छेक्दछ । जस्तो कि हामीसँग गण्डकी प्रदेश प्रहरी ऐन २०७७ छ, तर सङ्घले प्रहरी समायोजन नगर्दा हामीले बनाएको ऐन कार्यान्वयनमा जान सकेको छैन ।

Hardik health

प्रदेशभित्रको शान्ति सुरक्षाको दायित्व प्रदेश सरकारको पनि हो । यहाँ रहेको सुरक्षा निकायलाई बलियो बनाउन, नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम राख्न सहज बनाउन भवन निर्माण, साधन स्रोत उपलब्ध गराउन सङ्घबाट अनुमति लिनुपर्छ । अनुमति नआउँदा कतिपय कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन भएकामा पनि बेरुजुको समस्या छ । यस्ता समस्या थुप्रै छन् ।

त्यसैले प्रदेशलाई अझै सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन संविधानतः उल्लेख भएका राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकारले ध्यान दिनुपर्छ । कानुनहरू छिटो बनाउने र प्रदेश सरकारले ती कानुनमा टेकेर जनताको माग, आवश्यकताअनुसार स्रोत साधनको संरक्षण, उपभोग गर्दै अघि बढ्ने हो भने प्रदेश सरकारलाई अझै विश्वसनीय र जनताले अनुभूति गर्ने गरी काम गर्ने वातावरण सिर्जना हुनेछ ।

नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवम् प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेलाबेला आउने गरेको छ, विषेशगरी प्रदेशबाट यस विषयमा कस्तो भूमिका निर्वाह भएको छ ?
अन्तरद्वन्द्व कानुनका कारण सिर्जना भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रबारे हाम्रो संविधानले प्रष्ट बोलेको छ । संविधानमा उल्लेख भएका विषय कार्यान्वयनमा ढिला हुँदा अन्तरद्वन्द्व जस्तो देखिएको हो । केही मुद्दाहरूमा समस्या पनि छ । संविधानमा उल्लेखित र हामीले परिकल्पना गरेको राज्य पुनःसंरचना अनुसार आफ्ना काम अघि बढाउने हो भने द्वन्द्व होइन समन्वय र सहकार्यबाट तीनवटै तहको सरकारलाई काम गर्न सहज हुनेछ ।

दुई तहबीच साझा अधिकार क्षेत्र देखिएको विषय सङ्घीय ऐनअनुसार व्यवस्थापन गर्नुपर्ने र त्यसका आधारमा प्रदेश ऐन बन्नुपर्ने थियो । सङ्घीय सरकारको उदासीनताका कारण प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामबाट दिने गरी  सक्रियता देखाउन खोजेका प्रदेश सरकारहरू समेत कानुनविहीनताको अवस्थामा छन् । 

संविधानमा सङ्घीयता स्वीकारे पनि हाम्रो मानसिकताबाट एकात्मक मनोवृत्ति हटेको छैन । तहगत अधिकार व्यवस्थापनको छलफलमा यस्तो सोच बारम्बार प्रकट हुने देखिन्छ । तर पनि प्रदेशको अधिकारका लागि मैले मुख्यमन्त्रीको हैसियतले गर्नुपर्ने प्रयास सुरुदेखि नै गरिरहेको छु । यसका लागि म मुख्यमन्त्री भएपछि मैले सातवटै प्रदेशको मुख्यमन्त्रीहरु भेला गराएँ । साझा समस्या र अधिकारका सवालमा हामीले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री समक्ष यो कुराहरु राख्यौँ । समस्या र मुद्दाका सबाल सबै प्रदेशका एकै हुन् ।

त्यसपछि पनि पटकपटक सङ्घ सरकारसँग हामीले प्रदेशका अधिकारका बारेमा आवाज उठाउँदै आएका छौँ । राजनीतिक पार्टीका केन्द्रिय नेतृत्व, प्रधानमन्त्री, मन्त्रीहरूसँग पनि मैले प्रदेशका हक अधिकार, निर्माण हुनुपर्ने कानुन, प्रदेशलाई परेको अप्ठ्यारोका विषयमा पनि बताउँदै आएको छु । आवाज उठाउन छाडेको छैन, तर कार्यान्वयन गर्ने जिम्मा सङ्घको भएकाले नगर्दा समस्या नतिजामा देखिएन । प्रश्न प्रदेश माथि उठ्यो, हामी माथि उठाइयो ।
 
प्रदेश सरकार खर्चिलो भयो, आर्थिक रुपमा आत्मनिर्भर र राजनीतिकरुपमा स्वतन्त्र नभएको भनी संरचना खारेज गर्नुपर्दछ भन्ने आवाज आउन थालेको छ । यसै सन्दर्भमा प्रदेश सरकारलाई स्थिर, सक्षम र थप कामकाजी, जनपक्षीय, परिणाममुखी र सुदृढ बनाउन के गर्नुपर्छ  ?
पहिलो त प्रदेश सरकार खर्चिलो भयो भन्ने विषयका सन्दर्भमा भनौँ । यसअघि पनि प्रदेश सरहकै क्षेत्रीय संरचनाहरु थिए । जिविस, गाविस थिए । त्यो संरचना र अहिलेको प्रदेश, स्थानीय तह वडाको संरचना हेर्ने हो भने जनशक्ति व्यवस्थापन, चालु खर्चको हिसावले पनि अहिले कम खर्चिलो छ । प्रदेश हाम्रा लागि नयाँ संरचना थियो । नागरिकले राखेका सबै अपेक्षाहरु एकैपटक पूरा हुन नसक्दा प्रदेशप्रति केही गुनासो छ । तर संविधानले दिएको प्रदेशको अधिकारका सन्र्दभमा भने सबै अधिकार दिने, स्रोतको उचित बाडफाँट गरेपछि प्रभावकारी कार्यान्वयन हुन सकेन भने मात्र सफल/असफलको निश्कर्ष निकाल्नुपथ्र्यो । प्रादेशिक संरचना निर्माण भएको सात वर्ष बित्यो तर अहिलेसम्म कानुन बनेको छैन । अनि हामी प्रदेशले के ग¥यो, केही भएन, भनेर प्रश्न गरिरहेका छौँ । हात खुट्टा बाँधेर प्रश्न गर्न मिल्दैन । पहिले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ, अनि मात्रै प्रश्न गर्नुपर्छ । प्रदेश सरकारलाई परिणामुखी र सदृढ बनाउन संविधानले तोकेका प्रदेशको अधिकार हस्तान्तरण गरी कार्यान्वयमा जोड दिनुपर्छ ।
 
प्रदेश सरकारलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा संविधानमा भएको व्यवस्था अनुसार यहाँको प्रदेशमा कानुन निर्माणको प्रक्रिया कसरी अवलम्बन गर्नुभएको छ ?
प्रदेश सरकाबाट हालसम्म जारी भएकामध्ये ४७ वटा कार्यान्वयनमा रहेका छन् । प्रदेश सरकारबाट जारी भएका २५ वटा नियमावली कार्यान्वयनमा छन् । प्रदेश सरकारले पहिचान गरेका कानुनहरू निर्माण भएपछि कार्य सम्पादनमा सहज भएको छ । कतिपय कानुन सङ्घ सरकारले नबनाउँदा हामीले बनाएर पनि पूर्ण कार्यान्वयन हुन सकेको छ्रैन । जस्तो कि निजामती कर्मचारी ऐन हामीले जारी गरेका छौँ । तर सङ्घले जारी नगर्दा प्रशासनिक कामकाजमा समस्या भएको छ ।

हामी बनाएको ऐन कार्यान्वनयमा पनि समस्या देखिएको छ । तर पनि हाम्रो क्षेत्राधिकारभित्र मात्र रहेका विषयमा हामीले कानुन, नियमावली, कार्यविधिहरू बनाएर सरकारको नीति कार्यक्रमलाई कार्यान्वयन गर्दै आएका छौँ । हामीले बनाएका ऐन नियमहरुले कार्यक्रम कार्यान्वयनमा समस्या भएको खण्डमा हामीले सुधार पनि गर्दै आएका छौँ । तर के विषयमा कति पटक कसरी सुधार गर्ने भन्ने सङ्घीय कानुन नबन्दा प्रश्न उठेको छ ।
 
प्रदेश सरकारका कतिपय प्रादेशिक गौरवका योजना अलपत्र अवस्थामा छन् । विकास आयोजनालाई गति दिन के कस्ता नीतिगत र संरचनागत सुधारहरु गर्दै हुनुहुन्छ ?
प्रदेश सरकारका प्रादेशिक गौरवका योजनाहरु वृहत छन् । प्रदेशका गौरवका योजना भनेपछि त्यहाँ स्रोत, साधन धेरै आवश्यक पर्छ । त्यस्ता योजना हाम्रो मात्र क्षमताले सञ्चालन गर्न सकिँदैन । फेरि अर्थिक अधिकारको कुरा आउँछ । सङ्घ सरकारले वित्तिय सङ्घीयता हस्तान्तरण गर्न नसक्दा र केही कानुन निर्माण नगरिदिँदा प्रदेशले आम्दानीको स्रोत बढाउन नसक्दा यो समस्या भएको छ । सिमित स्रोत साधनका बीच जनताको असिमित आवश्यकता र मागलाई पूूरा गर्नु पर्दा गौरवका योजनालाई प्रदेश एक्लैले गर्न सक्ने अवस्था छैन ।

सङ्घ सरकारसँगको सहकार्यमा ती कार्यक्रम र योजनाहरू अघि बढाउनुपर्ने छ । तर हरेक वर्ष सङ्घ सरकारले दिने बजेट घट्ने, प्रदेश सरकारलाई आम्दानी बढाउने गरी कानुन निर्माणमा सहजीकरण नगरिदिने समस्याले आर्थिक रुपमा हामी आफैँ बलियो हुन नसक्दा गौरवका योजनामा अपेक्षाअनुसार उपलब्धि हाँसील गर्न सकिएको छैन ।

दोस्रो पञ्चवर्षिय योजना पारित भएर कार्यान्वयनको चरणमा गएको अवस्था छ । उक्त योजनाले निदृष्ट गरेको लक्ष्य र योजना पूरा हुने आधार के छन् ?
विकास आयोजनालाई व्यवस्थित बनाउन, जनताले देख्ने, सुन्ने, महशुस गर्ने गरी काम गर्न प्रदेश सरकारले केही प्रयत्न गरेको छ । पहिलो पञ्चवर्षिय योजनाका धेरै काम पूरा भएका छन् । पूूरा हुन बाँकी केही दोस्रो योजनामा समेटिएको छ । महत्वकांक्षी योजना हामीले दोस्रो पञ्चवर्षिय योजनामा राखेका छैनौँ । साना र टुक्रे योजना नियन्त्रण गर्न हामीले बिकास योजनामा गत वर्षदेखि नै टुक्रे बजेट कम गरेका छौँ ।

दोस्रो पञ्चवर्षीय योजना तयार गरी निर्दिष्ट लक्ष्य उद्देश्य अनुसार धेरै महत्वकांक्षी नभई प्रदेशको साधन स्रोतलाई ध्यानमा राखेर समुन्नत प्रदेश सुखी प्रदेशबासीको सङ्कल्प पुरा गर्ने गरी बजेटको आकारअनुसार योजना बनाएका छौँ । तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्ने गरी हामीले बनाएका योजना कार्यान्वयन गर्दै जाँदा नागरिकका चाहना र आवश्यकता पूरा हुँदै जानेछन् भन्ने विश्वास लिएको छु ।
 
संविधान दिवस २०८१ को उपलक्ष्यमा नेपाली जनता र विषेशगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ?
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो व्यवस्थासम्म आइपुग्दा मुलुकको लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जलि अपर्ण गर्दछु । संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक शासन प्रणलीलाई सुदृढ गर्दै सिङ्गो मुुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो ।

संविधानको भावलाई जनताको जीवनमा महशुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील छ । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धीको दिशातिर अघि बढाउन सङ्घ र स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार सधैँ तयार छ । यसका लागि सबै प्रदेशबासी नागरिकको रचनात्मक साथ सहयोगको अपेक्षा गर्दछु ।


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’
‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’ आइतबार, भदौ २९, २०८२
‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’
‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’ सोमबार, भदौ २३, २०८२
‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’
‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’ सोमबार, भदौ १६, २०८२
‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’
‘वैदेशिक रोजगारीका कारण समाज स्वस्थ छ’ सोमबार, भदौ ९, २०८२
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’ सोमबार, भदौ २, २०८२
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ सोमबार, साउन ५, २०८२
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’ आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP