Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • जिरीलाई क्यानभासमा उतार्दा
जिरीलाई क्यानभासमा उतार्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २८, २०८१

काठमाडौं -  ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ  । नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सांस्कृतिक भौगोलिक विविधताको सौन्दर्यलाई अझ बढि उजागर गर्ने उदेश्यले विविध कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल पर्यटन बाेर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले उद्घाटन गरेका हुन् । 

यसै सन्दर्भमा गत वर्ष दोश्रो जिरी महोत्सवमा नेपालका ख्यातिप्राप्त ६ जना कलाकारहरुले त्यहाँ पुगेर महोत्सवको स्थलगत ३ दिने कला कार्यशालामा जिरीमा देखेका भोगेका र अनुभव गरेका कुरालाई कलाकृति सृजना गरेका हुन् ।

तिनै कलाकृतिहरुको संगालोमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शन गरेको टुरिजम प्रमोशन फोरम नेपालका अध्यक्ष र क्यानभासभा जिरी कला प्रदर्शनीका संयोजक लिलाराम खड्काले बताए । विशेषतः पर्यटकहरुमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारेका छन्  । 

Hardik health

यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन्  । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा पाइन्छ ।  जिरीको पहिचान बनेको प्राकृतिक सौन्दर्य कलाकृतिमा देख्न सकिनेछ । कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । आफ्नो प्राकृतिक र भौगोलिक सौन्दर्य देखाउन जिरी धनी छ । यहाँको सांस्कृतिक विविधता र जिरेलसहितको मिश्रित जनजीवनले स्वदेशी र विदेशी पाहुनालाई लोभ्याउने गरेको छ । यहाँका ताल तलैया, झरना, मठ मन्दिर, गुम्बा, प्राकृतिक उद्यानहरु, हिमाली भुभागका हिँउ, याक आदिले पर्यटकको आगमन कुरीरहेको प्रदशर्नीमा राखेका तस्विरले देखाएको छ । अमुल्य जडिबुटीहरुले आगन्तुकका ध्यान खिचेको छ । जिरीको वास्तुकला र मौलिक संस्कृतिहरुले आमजनलाई खुला आह्वान गरिरहेका छन् । 

प्रदर्शनीमा ६ जना कलाकारहरु केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी रहेका छन् ।  कलाकारले एक्रेलिक र जलरङ(वाटर कलर)को प्रयोग गरि चित्र सृजना गरेको छन्  । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गरेका हुन् । प्रदर्शनी २०८१ साल भदौ २८ गते देखि भदौ ३० गते सम्म उमोजा क्याफे, एनबि सेन्टर नयाँ बानेश्वरमा संचालनमा रहने आयोजकले जनाएको छ ।  


प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालीलाई श्रीलंकाको निःशुल्क पर्यटक भिसा सुविधा
नेपालीलाई श्रीलंकाको निःशुल्क पर्यटक भिसा सुविधा बुधबार, जेठ १३, २०८३
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
जलजलामा हिमाल र बादलको लुकामारी
जलजलामा हिमाल र बादलको लुकामारी बुधबार, जेठ १३, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै मंगलबार, जेठ १२, २०८३
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार मंगलबार, जेठ १२, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP